काठमाडौं– सुपस्टार यश ३७ वर्षका भए। सन् १९८६ जनवरी ८ मा जन्मिएका यशले फिल्म क्षेत्रमा आउनुअघि धेरै संघर्ष गरेका छन्। उनी फिल्ममा करिअर बनाउने उद्देश्यले बैंगलोर पुगेको बेला उनको खल्तीमा जम्मा ३ सय रुपैयाँ थियो।
यशसँग आज करिब ७० लाख डलर अर्थात् भारतीय रुपैयाँमा करिब ५७ करोड भारुसम्पत्ति छ। उनको सम्पत्ति हरेक वर्ष क्रमशः बढ्दै गइरहेको छ। विलासी घर पनि छ। बैंगलोरको विन्डसर मनोर नजिकै रहेको प्रेस्टिज गल्फ अपार्टमेन्टमा रहेको यशको घरको मूल्य करिब ६ करोड भारु रहेको छ।
यश लक्जरी कारका सौखिन हुन्। उनको कलेक्सनमा मर्सिडीज बेन्ज जीएलएसको मूल्य करिब ८८ लाख भारु र मर्सिडीज जीएलसी २५०डी को मूल्य करिब ७० लाख भारु रहेको छ।
यशको कार कलेक्सनमा करिब ८० लाख भारुको अडी क्यू सेभेन, करिब ७० लाख को बिएमडब्लु ५२०डी र करिब ४० लाख को पजेरो स्पोर्ट्स जस्ता कार पनि रहेका छन्।
उनी फिल्मबाट सबैभन्दा बढी कमाइ गर्छन्। उनले आफ्नो पछिल्लो फिल्म 'केजीएफ च्याप्टर २' का लागि करिब ३० करोड भारु पारिश्रमिक लिएका थिए।
उनको कमाइमा ब्रान्ड समर्थनबाट संकलन पनि समावेश छ। उनी गुच्ची, रश परफ्यूम र बियर्डो जस्ता ब्रान्डका एम्बेसडर हुन्। यशले ब्रान्डका लागि करिब ६० लाख भारु लिन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।