• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
कथा कठपाइताला
64x64
अन्शु खनाल शनिबार, पुस २३, २०७९  १०:०३
1140x725

जब आँगन छोडिन्, उनलाई प्रथम पटक अनुभव भयो हिँड्नलाई पाइतला होइन उद्देश्य चाहिन्छ।

अघि भर्खरै उनी घाँस काट्न खुर्पा बोकेर जुन रुखमा चढेकी थिइन्, त्यही रुखको एउटा हाँगाको एउटा पात भोको किराले चपाइरहेको थियो। उनी रुखबाट ओर्लिइन्। घाँसको डोकोमुनि बिलाएको जिन्दगीलाई चोपैचोपले मैलिएको सेतो सलमा कुटुरो पारिन् र बसिरहेको कटेरो छाडिन्।

केही समयअघि भूकम्पले गाउँ नै सखाप पार्‍यो। दाउरा लिन दैलोबाट उनका पाइतला निस्केका मात्र थिए। उनको टाउकोमा छानोबाट खसेको काठ बजारियो। उनी घाइते बनिन्। केही दिन अस्पताल रहिन्। दुई हप्तापछि घर आइन्। 

अब घर, घर थिएन। छानो र भित्ता एकै तहमा छरपस्ट थिए। झ्याल भाँचिएर आधा हावामा तैरिरहेका थिए। बस्, ठिङ्ग उभिएको थियो एउटा ढोका। जसको फ्रेममा रातो नेलपोलिसले लेखिएको थियो– स्वागतम्।

त्यो खण्डहर उनको आफ्नै जिन्दगीको पोट्रेट जस्तो थियो। उनीसँग अब त्यो भयानक पोट्रेट हेर्नु सिवाय अरू विकल्प पनि थिएन। हेर्दाहेर्दै सबथोक धुलोको कणमा रुपान्तरण भइसकेको थियो। भाग्यले चित्र बनाउँदा यति बिध्न अमूर्तता किन मन पराउँछ, उनले कहिल्यै बुझिनन्।

बास मकैबारीमा सरेको थियो। पोहोर साल सकिनसकी आफैंले हिम्मत गरेर अधिया लगाएर जम्मा गरेको धान, कोदो सबै माटोमा मिल्यो। पालेको एउटा दुहुनो भैंसी पनि माटोमै मिल्यो।

त्यो बखत भग्नावशेषले किचिएको भैंंसी देखेर उनले आफूलाई चोट लागेको छ भन्ने बिर्सिएकी थिइन्। सकिनसकी ढुंगा उतार्दाउतार्दै कतिबेला आफू त्यहीँ बेहोस् भइन् पत्तै पाइनन्।

मान्छेलाई बाँच्न सहज आफू जन्मे, हुर्केको ठाँउ लाग्छ। र त जहाँ पुगे पनि निरन्तर फर्किरहन्छ मान्छे आफ्नो ठाउँसम्म, आफ्नाहरू सम्म। तर उनी आफूले जीवनको सबैभन्दा धेरै समय बिताएको ठाँउलाई छोडेर जाँदैछिन्। उनी आफैलाई थाहा छैन जाने कहाँ हो। मात्र एउटा कुरा निश्चय थाहा छ– यहाँबाट जानु छ। 

Ncell 2
Ncell 2

उनी आफ्नो हिँडाइको गति बढाउँछिन्।

घरमुनिको गोरेटोमा घाँटीमा बाँधिएको घण्टी बजाउँदै बाख्राहरू उनीतिरै आइरहेका छन्। उनले सेतो सलको कुटुरोलाई पेटनेर कस्सेर समातिन्। ढिस्कोतिर अडेस लागिन्। बाख्राहरूसँगै गोठालो हिँडेका छिमेकीले उनलाई परबाटै हेर्दै आएका थिए र नजिक पुगेर सोधे– कहाँ हिड्नुभो गोपाल भाउजू?

उनको असली नाम लेखिएको नागरिकता भूकम्पमा घरसँगै हरायो। अब उनको असली नाम सायद महिला समूहकोे खातामा मात्रै बाँकी छ होला। उनलाई सबैले गोपाल भाउजू भनेरै चिन्छन्। 

उनको लोग्नेको नाम गोपाल होइन, देवरको हो। लोग्नेको नाम के थियो, अब त उनलाई याद पनि छैन। उनले याद राख्ने प्रयत्न पनि गरिनन्।

नौ वर्षकी थिइन्, बिहे गरेर ल्याउँदा। उनका लोग्ने चाहिँ करिब बाइस वर्षका। दोस्रो विवाह थियो उनको लोग्नेको। बुहारी भएर आएपछि हरेक दिन बिहान नुहाउन पर्ने, लिपपोत र पूजापाठ गर्नु पर्ने। माइतीबाट बिदा हुनुअघि उनलाई आमाले सब सिकाएकी थिइन्। कतिखेर उठ्ने, कतिखेर सुत्ने, क–कसलाई ढोग्ने आमाले सिकाए अनुसार गरिन्। 

घर भित्रिएपछि थाहा भयो, उनी त पण्डित खानदानकी जेठी बुहारी भइसकिन्। जेठा पण्डित दिनभर जजमानको घरतिर हराउँथे। रातभर आफ्नी पहिलो स्वास्नीको सम्झनामा हराउँथे। उनी भने बिहानदेखि साँझसम्म सासुले अह्राएको काम सक्दा नसक्दै थाक्थिन्। बिस्तारा छुनासाथ निदाउथिन्। उनले आफ्नो पण्डितको अनुहार राम्रोसँग हेरेकै थिइनन्। भर्खरै विवाहित जीवन दोसो महिनामा हिँड्दै थियो। एकदिन जेठा पण्डित नै हिँडिदिए।

घरमा रुवाबासी भयो। उनलाई के भइरा’छ भन्ने पत्तै भएन। उनको भागबाट रङ खोसियो। श्रृङ्गार  खोसियो। उनको अनुहार हेरेर आँसु बर्सिए– कठै कलिलै उमेरमा लोग्ने बिते।

जो मान्छेसँग न कहिल्यै राम्रोसँग उनको बोली मिसियो न त नजर। जेठा पण्डित मरेको सुनेर उनी पनि रोइन्। खुब रोइन्। तर पीडाले भन्दा पनि रुनुपर्छ भन्ने बुझाइले रोइन्। वास्तवमा कहिले गुमाइयो र कसलाई गुमाइयो भन्ने बोधले मात्र मृत्युुलाई भयानक बनाउदो रहेछ। पण्डितलाई गुमाउँदा उनलाई जुन पीडा भएन त्यो पीडा विस्तारै उमेरसँगै बढ्दै गयो।

काज किरिया सकिएपछि उनको जीवन फेरि नियमित दैनिकीमा बित्न थाल्यो। सासुससुराको दैनिकीमा भने फेरबदल भइसकेको थियो। अब उनी पहिलेजस्तो सासुको सहयोगी थिइनन्। उनको पिठ्यूँमा बाँधिएको जिम्मेवारीको वजन बढेको थियो। सुत्ने र उठ्ने समय बीचको दूरी घटेको थियो।

एक बिहान उनी दैलो पोतेर चिसो खुट्टा लिएर घरभित्र जाँदै थिइन्। एक्कासी सासु कराउन थालिन्, ‘अलछिना ! राक्षसनी ! मेरो जेठोलाई खाई।’

भित्र पस्न लागेका उनका पाइतला मुलद्वारमै अडिए। तुलसीमा पनि हालिरहेका ससुरा हतारिँदै आए। पोतेर भर्खरै सुकेको भूइँमा परेका उनका चिसा पाइतालाको डाम हेरे। र आँगनतिर थुके। उनले केही बुझिरहेकी थिइनन्। अचानक यो परिवर्तन किन? हिजोसम्म कठै बाल विधुवा उनी आज कसरी अलछिना भइन् ! हिजोसम्म दयाले हेर्ने अनुहारले किन आज थुक्न थाले?

००० 

विगतको पहिरोमा बगेर हिँडेकी उनी साँझ पर्नैलाग्दा बजार आइपुगिन्। सिरौंले बजारलाई दुई किनारमा राखेर नदी जसरी बगेको छ राजमार्ग। उनी बजारको पुछारमा रहेको प्रतीक्षालयमा बसेकी छिन्। गाडीको कुनै टुंगो छैन, न उनी जाने ठाँउकै। 

उनी ओर्लिएको डाँडाको कुममा पुगिसकेको छ घाम। यतिबेला गाइवस्तु जहाँ पुगेका भए नि गोठ खोज्दै आइपुग्छन्। सजिलै पराल पाउने लालसाले गाईवस्तु दाम्लोको अठ्याई र मालिकको चुटाई दुवै सहन थाल्छ। मानिस पनि यसरी नै आफ्ना साना लालसा पूरा गर्न कैयौंपटक चोट सहन्छन्। अपमान सहन्छन्। तर जब मान्छेको सहज नै असहज हुन्छ तब? 

उनलाई याद छ, सानोमा मामाघर जाँदा सँगै खेल्ने साथीहरूले उनको खुट्टा अरूको भन्दा फरक छ भनेका थिए। उनले आमालाई सोधेकी पनि थिइन्, ‘आमा, खुट्टा यस्तै हुने होइन र?’

आमाले उनका मुलायम खुट्टालाई हातका अंजुलीमा राखेर हेर्थिन् र  काउकुती लगाइदिँदै भन्थिन्, ‘मेरी छोरीका खुट्टा सबैभन्दा सुन्दर छन्।’ उनी पनि फुरुङ्ग हँुदै  आँगन भरी दगुर्थिन्।

हजुरआमा भने उनका खुट्टालाई पानीमा भिजाउन लगाएर सुख्खा भुइमा टेक्न  लगाउँथिन्। आमा र हजुरआमा एकअर्काको अुनहार हेर्थे। खुसुरपुुुर गर्थे र ‘होइन होइन’ भन्थे। उनी आफूले टेकेको पाइतलाको डोब हेर्थिन्। बीचको भाग सुख्खा, अगाडि र पछाडिको भाग चिसो। कुनै अमूर्त फूलको छाँया जस्तो।

उनका कोमल फूलजस्ता पाइतला अब कसैका लागि सुन्दर रहेनन्। सबैको निम्ति अपसगुनको उदाहरण  भएको थियो। सासु आउने–जाने हरेकलाई उनको पाइतलाको कुरा सुनाउँथिन्। छोरोको सम्झनामा रुन्थिन्। त्यही छोरो जसले उनका पाइतला यस्तो छ भन्नेसम्म देखेका थिएनन्। न उनको पछि लागेर कहिल्यै हिँडेका थिए। त्यही व्यक्ति जो पोइल गएकी जोइको वियोगमा झुण्डिए। उनी सबैको नजरमा उसको हत्यारा भइन्। हत्या गर्ने हतियार थियो बीचमा खाडल परेको उनको पाइतला।

पाइतला भएर पनि कहाँ जाने भन्ने उदेश्य नभए पछि मान्छे कैद हुन्छ। गुलाम हुन्छ। उनीसँग जाने उद्देश्य थिएन। हिम्मत  थिएन। न माइतीले  विधवा छोरीलाई माइती लाने आँट गरे। दुईछाक भात र निदाउने ओछ्यानको निम्ति हरेक दिनको अपहेलना र आरोप सहनुको विकल्प उनले देखिनन्। 

उनको उमेर बिस्तारै बढ्दै थियोे। दिनभरको दलनले उनका खुट्टाहरू करकरी दुख्थे। उनलाई लाग्थ्यो, खुट्टाले उनलाई जिन्दगीभर रुवाउनेवाला छ। तर पनि उनी खुट्टाको खुब स्याहार गर्थिन्। तेल लगाएर मिचिरहन्थिन्। आफ्ना खुट्टाहरूलाई बचपनमा आमाले सुमसुमाए जसरी मुसार्थिन्।

०००

प्रतीक्षालयमा बस्दाबस्दै झमक्क साँझ परिसकेको छ। यसपलासम्म कुनै पनि गाडी आइपुगेको छैन। उनी थोरै विचलित हुन्छिन्। हुन त यहाँबाट थोरै दुरीमा उनको माइती छ। तर उनी त्यहाँ जानेबारे आफूलाई सोच्न दिएकी छैनन्। 

आमा मरेको केही वर्ष भयो। उनी त्यसवेला १६ वर्षकी थिइन्। खबरीले बिहानै खबर ल्याएको थियो। उनी गोठमा गोबर सोहर्दै थिइन्। माइत पुग्दासम्म लास घाट पु¥याइसकेका थिए। उनको हातमा गोबर सुकिसकेको थियो। आँगनभर गाँउका महिलाहरू सुँक्कसुँक्क गर्दै थिए। र सबैको बीचमा बेहोस भएर लडेकी थिइन् हजुरआमा। 

आमा किन, कसरी मरिन् कसैले भन्न सकेन। घरमा सानो उमेरको भाई थियो। बूढी हजुरआमा र घर नबस्ने बा थिए। आमाको मृत्युुपछि उनले माइतीको भान्सा सम्हालिन्। घर सम्हालिन्। भाइलाई स्कुल लान्थिन्, ल्याउँथिन्। घर सधैं लिपपोत गरेर राख्थिन्। भान्सामा सधैं मीठो मसिनो पाक्थ्यो। उनको उपस्थितिले माइतीघर फेरि खिलखिलाउन थाल्यो। उनलाई देख्नेहरू ‘खुब लक्षिणकी छिन् तर, कठैबरा दुःख पाइन्’ भन्थे। 

उनको जाँगरले आँगनभरी फूल फुलिरहन्थे। फूलसँग फूल्दै थिइन् उनी पनि।  उनको यौवनमा लठ्ठिएर जवानहरू धारासम्म पुग्थे। दोबाटोमा जम्मा हुन्थे। उनलाई पनि यो अनुभूतिले काउकुती लाग्थ्यो। आफू पनि महत्वपूर्ण भएको आभास हुन्थ्यो। कसैले जिस्काई हाले मुसुक्क हाँस्थिन् र हरियो धोतिको फेरले मुख ढाक्थिन्। विस्तारै उनको मुस्कान र यौवनको कुरा गाउँ डुलेर घर आइपुग्न थाल्यो। 

हजुरआमा बासँग जंगिइन्, ‘हेर छोरा, ऋण र विधुवा छोरी घरमा राख्न हँुदैन। कुन दिन अभरमा परिन्छ पत्तो हुन्न। भोलि लगेर घर पुर्‍याइदे।’

उनी झसंग भइन्, यत्रो दिनदेखि आफ्नो घर यही हो भन्ने पो सोचेकी थिइन्।

फर्किएपछि उनको जीवनमा झन् अप्ठेरो सुरु भयो। सासुको क्रोध अझै बढेको थियो। ढोकाबाट नछिर्दै मुख फोडेर भनिन्, ‘किन फर्किस् अलछिना ! अब कसलाई खान्छेस्?’

चोया काढिरहेका ससुरा केही बोलेनन्। छेउको खाटमा पल्टेर रेडियो निमोठिरहेको देवर उनीतिर फर्केर मुसुक्क हाँसे। देवर उनीभन्दा जेठा थिए। पढाइ छोडेर जजमानी गर्थे। बाँकी समय कि गाउँ डुल्थे कि रेडियोमै झुण्डिन्थे। 

छ महिना बित्यो। घर परिवारको रुखोपनमा कुनै कमी आएन। गाँउका भोज भतेरतिर गइन् भने पनि मान्छे उनको खुट्टातिर हेर्थे। अँध्यारो मुख बनाउथे। उनी चुपचाप फर्किन्थिन्। आफ्नै पाइतलातिर झुकेका आँखाहरू बोकेर बिहानैदेखि साँझसम्म चुपचाप काम गर्थिन्।

दशैंको सेरोफेरोमा घरमा देवरको विहेको कुरा जोडतोडले चल्यो। उमेर पुगिसेका छोराको विहे गराइदिन सासुससुरा आत्तिएका थिए। आफूले चाहेजस्तो लक्षिणकी बुहारी ल्याउन पाए मेरा पनि दिन फर्किन्थे भन्ने भावमा सासु उनलाई कटाक्ष गर्थिन्। घरमा धेरैपछि खुसीको आगमन हुने आभासले उनमा थोरै भए पनि स्फुर्ति छाएको थियो। मान्छेलाई खुशी हुन एक टुक्रो भम्रसम्मले पुग्छ।

देवरको  बिहे गर्ने तिथि मिति तय भइसकेको थियो। अचानक केटी पक्षकी आमाले उनको नाम लिएर अड्को थापिन्। यदी यो अलाछिना विधुवालाई घरमै राखे मेरो कान्छाको विहे हुदैन भन्दै घरकी सासु रुन थालिन्।

उनले सहजै घर छोडिदिइन्। गह्रुँगा पाइतला बोकेर गोठछेउको कटेरोमा सरिन्। उनलाई लाग्यो, यदि कसैको खुसी कसैको दुःखलाई धरातल बनाएर उभिन्छ भने त्यो नराम्रो पनि त होइन। कमसेकम यसपटक उनको पाइतला घरबाट निस्कदा एउटा खुशी घर छिर्दछ भने किन हिचकिचाउने ! उनले यही सोचिन्।

उनी कटेरो सरेदेखि देवरको व्यवहारमा भने केही परिवर्तन महसुस गरिन्। कहिल्यै नबोल्ने देवर अचानक ‘भाउजू यसो भयो’ भन्दै आफ्ना कुराहरू सुनाउन आउन थाले। दाउरा चिरिदिने, आक्कल झुक्कल पानी बोकिदिने गर्न थाले। देवरको सानो सहयोगले उनलाई थोरै भए पनि सहज भएको थियो। कहिलेकाहीँ ‘भाउजु’ भन्दै जिस्किन्थे।

उनलाई घरमा कोही त छ आफ्नो जस्तो अनुभव हुन्थ्यो। नत्र साथमा को थियो र, भागमा परेको एउटा भैंसी, दिनभर काम, रातमा थकाइबाहेक। पल्टिनसाथ निदाउँथिन्। कहिलेकाहीँ सपना देख्थिन्। सपनामा धारामा पानी भर्न जाँदा एउटा छायाले सधै पछ्याउथ्यो। उनी छिटोछिटो पाइला चाल्थिन्। छाया नजिकै आइपुग्थ्यो। उनी दौडिदा रुखको जरामा पाइतला ठोक्किएर लड्थिन्। उक्त छाया उनको खाल्टो परेको पाइतला सुमसुमाउथ्यो। उनी झल्यासै बिउँझिन्थिन्।

आज पनि उही सपना देखिन्। जब बिउझिइन् कसैले साच्चै नै उनको पाइतला सुमसुमाइरहेको थियो। उनले सासलाई बन्द गरिन्। त्यो हात बढेर उनको तिध्रामा पुग्यो। उनले हात शिरानीभित्र पु¥याइन्। त्यो हातले उनको पेटिकोट माथि सार्‍यो। त्यसै पल उनले सिरानीमा राखेको खुर्पा निकालेर प्रहार गरिन्।  लोग्ने मान्छे बेस्सरी चिच्यायो, ‘मरेँ नि बाबै !’ र गर्ल्याम्म खाट तल झर्‍यो।

होहल्लाको आवाज सुनेर अर्को घरमा सुतेका सासुससुरा बिउँझिए। कराए, ‘के भो?’

उनी कराइन्, ‘कोठामा मान्छे पस्यो।’

ससुरा हातमा टर्च लिएर आइपुगे। खाटको कुनामा पसिना र डरले भिजेकी उनी काँपिरहेकी थिइन्। भुइमा कट्टु मात्र लगाएको एउटा शरीर घोप्टो लडिरहेको थियो। काँधमा खुर्पा गाडिएको थियो। रगत बगिरहेको थियो। पछाडिबाट सासु आइपुगिन्।

रगतले भिजेको उक्त शरीरलाई ससुराले पल्टाए। त्यो अनुहार हेरेर ससुरा कालोनीलो भए। सासु गल्र्याम्म ढलिन्। उनले आफूलाई हल्का उठाइन् र रगतले लतपत अनुहार हेरीन्। लडिरहेको शरीर उनकै देवरको थियो।

उक्त घटनाको महिना दिनपछि देवरले विहे गरे। पहिलो विहे गरेको एक वर्ष नपुग्दै फेरि अर्को विहे गरे। ससुरा केही बोलेनन्। सासू आँगनमा उभिएर बोलिन्, ‘मर्दले गर्छ त।’ 

देवर बिहानै आँगनको डिलमा उभिएर दाँत माझ्थे र कटेरोतिर थुक्थे। त्यो थुक उनलाई आफ्नै मुखमा परेजस्तो लाग्थ्यो। उनी माथिल्लो घर उक्लिन छाडिन्।

००० 

मान्छेका निम्ति अस्तित्वको, आत्मसम्मानको भोकजस्तो भयानक भोक केही हुँदैन। उनलाई अब आफ्नो परिचयको भोक लाग्न थालेको थियो। गोपाल भाउजु अर्थात् गोपालकी भाउजू ! अब यो परिचय उनको निम्ति बोझ बन्न थालेको थियो। आफ्ना पाइतलाले टेकेको जमिनमा आफ्नो सपना उमार्न पाइदैन भने, आफूले हिँडेको गोरेटोले कुनै लक्ष्यसम्म पुर्‍याउँदैन भने त्यो माटो र बाटो छोड्नु नै उचित ठानिन्। 

आफ्नो आवश्यकताको निमित्त एउटा कीरा विशाल रुख चढ्न सक्छ भने उनी किन पोखरी जसरी जमेकी छिन् यहाँ ?

यो प्रश्नले उनलाई अचेटिरह्यो। बाख्राको निम्ति घाँस काट्दाकाँट्दै रुखबाट घर्सिदै  झरेकी उनी आज पहिलोपटक आफ्नो पाइतलामा उभिएकी छिन्। कठपाइतलमा। जसको आकार फरक भएकै कारण उनी एक्ली भइन्।

आफ्ना सपना र रहरलाई त्यही पाइतलामुनि कुल्चिएर परिस्थितिसँग सम्झौता गरिन्। यत्रो समय बाँचेको अभिनय गरिन्।

तर अब उनलाई थाहा छ, मान्छेको परिचय पाइतला होइन। मान्छेको परिचय ती पाइतलामा हिँडेको हिँडाइ हो। आजै उनलाई प्रथमपटक अनुभव भएको छ, हिँड्नलाई पाइतला होइन उद्देश्य चाहिन्छ।

झिसमिसे अँध्यारोलाई चिर्दै परबाट बत्ती बालेर बस आउँदैछ। र उनी पहिलोपटक हिँड्नलाई तयार छिन्।

०००
 

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  १०:०३
  • #कठपाइताला

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अन्शु खनाल
लेखकबाट थप
कलिलो उमेरमै आमा बन्दै किशोरी
नाटक र कविताले बदलेको अनुपको बाटो
काठमाडौं महानगरका स्कुलमा किन खरिद हुन सकेन स्यानिटरी प्याड?
सम्बन्धित सामग्री
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ आजभन्दा लगभग चार दशकअगाडिको परिवेश चित्रण गरिएको प्रेमभावनायुक्त उपन्यास हो ‘देवयानी’ । एक विवाहित पुरुषले कुमारी युवतीसँग कायम गरेक... शनिबार, भदौ ७, २०८२
आज विभिन्न कार्यक्रमका साथ मोती जयन्ती मनाइँदै विसं १९२३ साल भाद्रकृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्रकृष्ण कुशे औँसी कै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले... शनिबार, भदौ ७, २०८२
‘उरमाल’ले पायो मदन पुरस्कार, गिरीलाई जगदम्बाश्री मदन पुरस्कार गुठीले काबिमोको चिया टिप्ने मजदूरहरूको कथामाथि लेखिएको उपन्यास उरमाललाई २०८१ सालको मदन पुरस्कार दिने घोषणा गरेको हो। शुक्रबार, भदौ ६, २०८२
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्