अमेरिका- हलिउड फिल्म 'रोमियो-जुलियट' का अभिनेत्री ओलिविया हसी र लियोनार्ड व्हिटिङले यौन उत्पीडनको आरोमा मुद्दा दर्ता गरेका छन्।
सन् १९६८ मा रिलिज भएको फिल्मका निर्देशक फ्रेन्को जेफेरिलीको मृत्युपछि उनी र पारामाउन्ड पिक्चर्सविरुद्ध मुद्दा दर्ता गरिएको हो।
दुवै कलाकारले निर्देशक र निर्माता कम्पनीले आफूलाई झुक्याएर नग्न दृष्य खिचेको आरोप लगाएका छन्। उनीहरुले निर्माता कम्पनीसँग ५० करोड डलर क्षतिपूर्ति मागेका छन्।
फिल्म निर्माणका समयमा अभिनेत्री हसी १५ र व्हटिङ १६ वर्षकी थिइन्। अहिले उनीहरु ७१ र ७२ वर्ष पुगेका छन्।
लस एन्जलस काउन्टी सुपरियर कोर्टमा उनीहरुले यौन शोषण, यौन उत्पीडन र झुक्याएको आरोप लगाएका छन्।
उनीहरुले सुरुमा भित्री वस्त्र लगाएर खिच्ने भने पनि सुटिङको दिन मेकअप मात्रै गरेर नग्न दृष्य खिचेको बताए। त्योबेला आफूहरु सानै भएकाले विरोध जनाउन नसकेको दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।