• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

शक्ति बाँडफाँटमा सत्ता गठबन्धन निष्कर्षनजिक, उपेन्द्रलाई सांसद बनाउन जसपालाई उपराष्ट्रपति

64x64
डिबी खड्का बुधबार, पुस २०, २०७९  १९:२८
1140x725

काठमाडौं– सत्ता गठबन्धनले शक्ति बाँडफाँट लगभग टुंग्याएको छ। पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनेबित्तिकै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ। त्यसपछि प्रदेश मुख्यमन्त्री समेत छनोट गर्नुपर्ने भएकाले प्याकेजमै सहमति खोज्नेगरी मुख्य पदको बाँडफाँटमा लगभग सहमति जुटेको हो।

माओवादी केन्द्रले प्रधानमन्त्री पाइसकेको छ भने एमालेले राष्ट्रपति पाउने निधो यसअघि नै भइसकेको छ। उपराष्ट्रपति जनता समाजवादी पार्टी (जसपा) र उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाउने भएका छन्। जसपाका महासचिव एवं संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउने गरी उक्त पार्टीले उपराष्ट्रपति दाबी गरेको थियो। त्यसका लागि मुख्य दल एमाले र माओवादी केन्द्र तयार भएका छन्।

संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक-फरक लिंग वा समुदायको हुनुपर्ने उल्लेख छ। एमालेबाट पुरुष नै राष्ट्रपति बन्दा समेत फरक समुदायका कारण जसपाबाट पुरुषलाई उपराष्ट्रपति बन्न बाधा नपर्ने भएकाले जसपालाई उक्त पद दिने सहमति भएको हो।

महासचिव यादव उपराष्ट्रपति बन्दा उनी प्रत्यक्ष निर्वाचित बारा- २ खाली हुनेछ। सप्तरी- २ बाट पराजित अध्यक्ष उपेन्द्र यादव उक्त क्षेत्रबाट उपनिर्वाचन लडेर संसद्‌मा आउने तयारीमा रहेको उक्त पार्टीका एक नेताले बताए।

सत्ता साझेदार दलका अन्य नेताहरुले पनि सबै पार्टीका अध्यक्ष संसद्‌मा रहेकाले यादवलाई समेत ल्याउने बाटो खोज्नुपर्ने मत राखेको एक एमाले नेताले बताए। विशेषगरी प्रधानमन्त्री प्रचण्डले त्यसका लागि वातावरण बनाउनुपर्ने सल्लाह एमाले अध्यक्ष ‌ओलीसँग गरेका थिए। त्यसमा ओली समेत राजी भएका हुन्।

हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पाउने तय छ। तर, उक्त पार्टीले उपसभामुखभन्दा मन्त्रीमै बढी रुचि देखाएको बताइएको छ। ‘काम गर्न पाउने पद’ भन्दै उपसभामुखको सट्टा मन्त्रालयकै संख्या बढाएर लिन खोजेको एक एमाले नेता बताउँछन्।

त्यस्तो अवस्थामा भने माओवादी केन्द्रले उपसभामुख पाउनेछ। प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको कार्यकालभरी एमालेले सभामुख पाउनेछ। एमालेबाट उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई सभामुखका रुपमा पहिलो प्राथमिकतामा राखिएको छ। उनीपछि छविलाल विश्वकर्मा  र विद्या भट्टराईको पनि दाबी छ। विश्वकर्मा एमाले सचिव हुन् भने भट्टराईलाई एमालेले गत कार्यकालमा उपसभामुखको उम्मेदवार बनाएको थियो। उनी कांग्रेसकी पुष्पा भुसालसँग पराजित भएकी थिइन्।

२ प्रदेशमा एमाले,  बाँकी ५ मा आधा-आधा
प्रदेश मुख्यमन्त्रीमा समेत लगभग भागबन्डा मिलेको छ। प्रदेश १ र  गण्डकी एमालेले एकलौटी पाउनेछ। प्रदेश १ मा हिक्मतबहादुर कार्की र गण्डकीमा खगराज अधिकारी मुख्यमन्त्री बन्ने तय छ। कर्णाली, लुम्बिनी र बागमती प्रदेशमा भने आधा-आधा कार्यकालको मोडालिटीमा छलफल भइरहेको एक एमाले नेताले बताए।

nimb
nimb

सुदूरपश्चिम प्रदेश फेरि माओवादी केन्द्रकै भागमा पर्नेछ, तर नागरिक उन्मुक्ति पार्टीले समेत दाबी गरिरहेकाले त्यहाँ माओवादी केन्द्र र उक्त पार्टीबीच आधा-आधा कार्यकालको समेत सम्भावना रहेको ती एमाले नेता बताउँछन्।

माओवादी केन्द्रले तत्कालका लागि राष्ट्रिय सभामा उपाध्यक्ष लिनेछ। एक वर्षपछि खाली हुने राष्ट्रिय सभा अध्यक्षका विषयमा भने अहिले नै निर्णय गरिएको छैन। सभामुखमा एमाले निरन्तर हुने अवस्थामा माओवादी केन्द्रले नै उक्त पद पाउन सक्ने बताइएको छ।

एमालेबाट मन्त्रीमा सबै नयाँ
एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा अहिलेसम्म ४ जनालाई मन्त्रिपरषद्‌मा पठाइसकेको छ। अब तीनदेखि पाँच मन्त्रालय थप पाउने देखिएको छ। जसपा र राप्रपाको सरकारमा सहभागी हुने वा नहुने निर्णयले संख्यामा थपघट हुन सक्नेछ। एमालेले थप ३ मन्त्रालय पाउँदा तीनैजना यसअघि मन्त्री नभएकाहरुलाई अवसर दिने भएको छ।

सम्भावित मन्त्रीका रुपमा सांसदहरु छविलाल विश्वकर्मा, विद्या भट्टराई, पदम गिरी, ठाकुर गैरे, भगवती चौधरीलगायतको चर्चा भइरहेको छ। गुरुङले सभामुखमा रुचि नदेखाएको अवस्थामा विश्वकर्मा र भट्टराईमध्ये एकलाई सम्भावित सभामुखका रुपमा समेत हेरिएको छ।

संख्यात्‍मक रुपमा योभन्दा बढी मन्त्रालय पाउँदा भने पदाधिकारीबाट समेत केही नेता समेटिनेछन्। सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, रघुवीर महासेठ र टोपबहादुर रायमाझीमध्ये १ वा २ जनाले अवसर पाउने बुझिएको छ।

राष्ट्रपतिमा मौन ओली
एमालेले राष्ट्रपति पाउने भए पनि कसलाई बनाउने भन्ने विषयमा अध्यक्ष ‌ओलीले अझै मुख खोलेका छैनन्। जसले गर्दा आकांक्षीहरुमा अझै अन्योल देखिन्छ।

राष्ट्रपतिका रुपमा बलियो सम्भावनाका रुपमा एमाले उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवास नेम्वाङलाई हेरिएको छ। तर, ओलीले उनलाई पनि ‘ग्रीन सिग्नल’ दिसकेका छैनन्।

पार्टीका अन्य नेताहरुले यस विषयमा ‌ओलीको राय बुझ्न खोज्दा ‘हतार नभएको’ भन्दै टारिदिने गरेको एक नेताले बताए। सम्भावित अनुहारमा नेम्वाङसँगै अष्टलक्ष्मी शाक्य र ईश्वर पोखरेल पनि छन्।

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १९:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
अध्यक्षलाई अमर्यादित गालीगलौज गरेको आरोप, गुणराज लोहनी नेकपा बहुमतबाट निष्कासित पार्टी अध्यक्ष मण्डलको बैठकमा धर्मेन्द्र बास्तोलाको अध्यक्षतामा छलफल भइरहेका बेला अध्यक्षमाथि अमर्यादित ढंगले गालीगलौज गरेको उनीमाथि... शनिबार, भदौ १३, २०८३
लोककल्याणकारी विज्ञापनको संशोधित कार्यविधि, स्थानीय पत्रिका बन्द गर्न खोजेको आरोप उक्त  कार्यबिधि स्थानीय पत्रपत्रिकालाई पूर्ण रूपमा बन्द गर्ने नियतबस आएको आरोप लागेको छ। शनिबार, भदौ १३, २०८३
भारतीय कांग्रेस नेता थरुर र लामिछानेबीच भेट भारतीय कांग्रेस नेता तथा लेखक शशि थरुरले नेपालका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता भएको बताएक... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा , राजपत्रमा प्रकाशित भयो सुचना शनिबार, भदौ १३, २०८३
इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई ५ वर्षको जेल सजाय शनिबार, भदौ १३, २०८३
अध्यक्षलाई अमर्यादित गालीगलौज गरेको आरोप, गुणराज लोहनी नेकपा बहुमतबाट निष्कासित शनिबार, भदौ १३, २०८३
महामारीको जोखिम भएपछि २२९ शवको डीएनए संकलन गरी जमिनमुनि गाडिने शनिबार, भदौ १३, २०८३
माटोमुनिबाट बालिका रोएको आवाज आएपछि सशस्त्र प्रहरीले गर्‍यो उद्धार शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्