काठमाडौं– निर्माता किरण नेपालीले निर्माण गर्न लागेको नयाँ फिल्म ‘हात्तीछाप’मा अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित भएकी छन्।
निर्माता नेपालीले फेसबुकमा उपसनासँग सम्झौताको तस्बिर सार्वजनिक गर्दै यो सन्देश दिएका हुन्। किरण र उपासनाबीच बुधबार लिखित सहमति भएको थियो।
यसअघि किरणको फिल्म ‘दुई नम्बरी’ बक्स अफिसमा हिट भएको थियो। ‘हात्तीछाप’लाई सिमोस सुनुवारले निर्देशन गर्नेछन्। फिल्ममा उपासनासँगै सौगात मल्ल, दयाहाङ राई, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रकाश घिमिरे लगायतका कलाकार निश्चित भइसकेका छन्।
फिल्म चैत्रबाट छायाङ्कनमा जानेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।