काठमाडौँ- नेटवर्किङ व्यवसायको भ्रम देखाई लाखौं रुपैयाँ ठगी गर्ने समूहका एक जना पक्राउ परेका छन्। तनहुँ आबुखैरेनीका २५ वर्षीय लोकेश भन्ने लोकबहादुर मगरलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
सो समूहले २० जनाबाट १६ लाख ४० हजार ठगी गरेको थियो। पीडितहरुलाई भारतको गोरखपुरमा रहेको ड्रिम डेभलपर्स ट्रेडमार्ट प्रालिमा ७ दिनको तालिम लिएपश्चात् आकर्षक तलबसुविधा सहित जागिर लगाइदिने प्रलोभन देखाइएको थियो।
प्रालिका डाइरेक्टर काजी गुरुङ लगायतका व्यक्तिहरुको मिलेमतोमा संलग्न मगरलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।