• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कम्युनिटी फार्मेसीमा बढ्दो औषधि अनियमितता

विजय बस्याल/नविन पाठक मंगलबार, पुस १९, २०७९  १०:२४
1140x725

कुनै पनि जटिल स्वास्थ्य समस्या रहेको अवस्थामा बाहेक सामान्य स्वास्थ्य समस्या हुँदा हामीहरुलाई  पहिलो  स्वास्थ्य सेवा प्रदायक कम्युनिटी फार्मेसी हुन्। यसको कारण हो कम्युनिटी फार्मेसीमा सहज पहुँच, द्रुत र कम खर्चिलो सेवा। यसरी नेपालमा प्रभावकारी स्वास्थ्य सेवा प्रवाहमा कम्युनिटी फार्मेसीहरुले विगत लामो समयदेखि उल्लेखनीय टेवा पुर्‍याउँदै आइरहेका छन्।

नेपाल फार्मेसी परिषदद्वारा प्रकाशित राष्ट्रिय कुशल फार्मेसी अभ्यास निर्देशिका, २०६२ अनुसारप्रेस्क्रिप्सन ह्यान्डलिङ,औषधि बिक्रीवितरण,दस्ताबेजिकरण,औषधि खरिद र भण्डारण, बिरामीको लक्षण अनुसार प्रतिकृया, बिरामीलाई सूचना र परामर्श, औषधिको अभिलेखिकरण,स्वास्थ्य प्रवर्दन,औषधिय सतर्कता जस्ता सुविधाहरु प्रदान गर्नु कुनैपनि कम्युनिटी फार्मेसीको दायित्व हो।

हालको अवस्थामा नेपालमा औषधि व्यवस्था विभागमा दर्ता भएको फार्मेसीको संख्या २७,९०३ रहेको छ। नेपालमा रहेका अधिकाशं फार्मेसीहरु औषधि व्यवस्था विभागबाट ४५ घण्टादेखि ३ महिना तालिम प्राप्त व्यवसायीहरुद्वारा सञ्चालित छन्। यो तथ्यलाई नेपाल फार्मेसी परिषद्मा दर्ता भएका फार्मासिष्ट (३,७६१) र असिस्टेन्ट फार्मासिष्टको (७,१६२) संख्याले पनि देखाउँछ। यी आधिकारिक जनशक्तिको उपलब्धता भएता पनि अधिकाशं फार्मेसीहरुमा नातेदार (बुवा वा आमा, श्रीमान वा श्रीमती, दिदि वा भाइ), हेल्थ असिस्टेन्ट र अहेवहरु (जो कम्युनिटी फार्मेसी सेवा प्रदान गर्नका लागि वैधानिक जनशक्ति होइनन्)द्वारा औषधि डिस्पेन्सिङ भइरहेको पाइन्छ। जसको कारण नेपालमा कुशल फार्मेसी अभ्यास र सेवाको गुणस्तर  नभएको पाइन्छ जुन कुरालारई विभिन्न जर्नलहरुमा प्रकाशित अध्ययनहरुले प्रकाश पारेका छन्। 

पोखरा विश्वविद्यालयबाट प्रदान गरिने क्लिनिकल फार्मेसीको पाठ्यक्रम अन्तर्गत क्लिनिकल स्कलरशिपको दौरान हामी विद्यार्थीहरु तनुहँ जिल्लामा अवस्थित जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र र पोखरामा अवस्थित हरियो खर्क अस्पताल र पुनर्स्थापना केन्द्रमा पोस्टिङ हुँदा बिरामीहरुलाई कम्युनिटी फार्मेसीबाट बिना कुनै रोग पहिचान र परीक्षणिबनै पनि औषधिहरु दिइएको पाइयो।

बिरामीको लक्षण अनुसार प्रतिकृया गर्ने (रेस्पोन्डिङ टु सिम्टम्स्) र रिफरलको अवधाराणलाई मध्यनजर नगरी बिरामीहरुलाई विभिन्न औषधिहरु दिइएको देखियो। जुन कम्युनिटी फार्मेसीमा काम गर्ने जनशक्तिहरुको कार्यक्षेत्रभित्र पर्दैन। यसबाट हामी फार्मेसी क्षेत्रमा रहेका यस्ता सम्स्याहरुलाई उजागर गरी समाधानको उपाय सोच्नमा प्रेरित भयौं। यसै क्रममा जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रमा छाती दुखाइको मुख्य गुनासो लिएर आउनु भएकी एक ५१ वर्षिय महिलालाई कम्युनिटी फार्मेसीबाट बिना कुनै रोग पहिचान र परीक्षण एन्टिबायोटिक (एमोक्सिलिन तथा पोटासियल क्ल्याभुनेट, लेभोफोलक्सालिन,कर्टिकोस्टेरोइस(मिथाइल प्रड्निसोलोन) र दममा प्रयोग हुने औषधि (डोग्जोफाइलिन) जस्ता गम्भीर रोगहरुमा प्रयोग हुने औषधिहरु दिइएर पठाएको देखियो।

औषधिको सेवन गर्दा पनि ३-४ दिनसम्म पनि पुर्णरुपमा निको नभएको भन्दै उहाँ त्यस अस्पताल आउनुभएको रहेछ। अस्पताल आएर डाक्टरसगँ परामर्श र परीक्षण गर्दा छातीमा सामान्य संक्रमण मात्र रहेको देखियो र त्यसका लागि उपयुक्त एन्टिबायोटिक प्रयोगको अवधि पुरा गर्ने र बाँकी औषधि सेवन गर्न आवश्यक नरहेको सल्लाह र आवश्यक परामर्श दिएर पठाइयो।

यसैगरी हरियो खर्क अस्पताल र पुनर्स्थापना केन्द्रमा कान दुखाई र सामान्य रुगाले ग्रसित बच्चालाई जचाउँन आउनुभएको आमा पनि पहिले कम्युनिटी फार्मेसीमा जानुभएको र फार्मेसीबाट उहाँको बच्चालाई पनि मुखबाट प्रयोग गर्ने एन्टिबायोटिक (इराथ्रोमाइसिन इस्टोलेट) दिएको देखियो र उक्त औषधि अनावश्यक रहेकोले उक्त औषधि प्रयोग नगर्न सल्लाह दिइयो।

यसरी कम्युनिटी फार्मेसीबाट अन्य बिरामीहरुलाई पनि अनुचित औषधिहरुको डिस्पेन्सिङ भइरहेको देखिएका थिए जसमध्ये यी दुई प्रतिनिधि उदाहरणलाई मुल्याङ्कन गर्ने हो भने यस्ता घटनाहरुले एन्टिबायोटिक्स रेजिस्टेन्स, औषधिको कारणबाट हुने स्वास्थ्य समस्या (प्रतिअसर वा दुस्प्रभाव),खर्चिलो स्वास्थ्य उपचार र बिरामीलाई हुने सकसलाई बढावा दिन्छन्। औषधि ऐन २०३५को दफा १७ अनुसार समूह 'ग' मा पर्ने बाहेक अन्य औषधिहरु चिकित्सकको प्रेस्क्रिप्सन बिना वितरण गर्न पाइँदैन।

nimb
nimb

उक्त समूह 'ग' मा पर्ने औषधिहरुलाई ओभर द काउन्टर (ओटीसी) औषधि भनिन्छ र यी ‍औषधिहरु सामान्य स्वास्थ्य समस्या जस्तै रुघा खोकी, ज्वरो, पखाला, सामान्य दुखाई आदिमा प्रयोग हुन्छन्। तसर्थ यी औषधिहरु कम्युनिटी फार्मेसीबाट यस्ता सामान्य स्वास्थ्य समस्याको उपचारको लागि चिकित्सकको प्रेस्क्रिप्सन बिना पनि वितरण गर्न पाइन्छ। तथापि जर्नल अफ एड्भान्स्ड एकेडेमिक रिसर्चमा प्रकाशित अध्ययन अनुसार काठमाडाैं र ललितपुरका लगभग ४० प्रतिशत फार्मासिष्टलाई ओटीसी औषधिको बारेमा पर्याप्त जानकारी नभएको पाइएको छ। साथै विभिन्न अध्ययन अनुसार नेपालमा कम्युनिटी फार्मेसीहरुबाट चिकित्सकको प्रेस्क्रिप्सन बिना पनि एन्टिबायोटिक, कर्टिकोस्टेरोइडस्, दुखाइ निवारक जस्ता संवेदनशील औषधिहरु वितरण भइरहेको पाइन्छ।

यी औषधिहरुको अनुचित प्रयोगले जनस्वास्थ्यमा गम्भीर प्रभाव पार्दछ र यही अवस्था रहिरहेमा भविष्यमा नेपालीहरुको स्वास्थ्यमा विकराल समस्या आउनसक्छ। जस्तैः एन्टिबायोटिक्स रेजिस्टेन्स (एन्टीबायोटिक्सको लगातार प्रयोग गर्दै जाँदा यसको प्रयोगमा भएका त्रुटिहरु जस्तै अनुचित डोज, पुर्ण मात्रामा सेवन नगर्नु, रोगको पहिचान नभइ सेवन गर्नु, सुक्ष्म जीवहरु आफ्नो स्वरुप वा शारीरीक संरचना परिवर्तन गर्न सक्षम हुने र एन्टीबायोटिकको प्रभावबाट मुक्त हुने), औषधिको कारणबाट हुने स्वास्थ्य समस्या,मृत्यु र खर्चिलो स्वास्थ्य उपचार आदि। विश्व स्वास्थ्य संगठन अनुसार एन्टिबायोटिक रेजिस्टेन्सविश्व जनस्वास्थ्यका लागि चुनौतिको रुपमा उदाइरहेको छ।

एन्टिबायोटिक्स रेजिस्टेन्सको कारण असक्षमता (शारीरिक, मानसिक र सामाजिक)र मृत्युका साथै अस्पताल बसाई अवधिर खर्च पनि बढिरहेको छ। विश्व प्रसिद्ध जर्नल दि ल्यान्सेटमा प्रकाशित अध्ययन अनुसार विश्वभर २०१९ मा मात्रै लगभग ४.९५ मिलियन मृत्यु एन्टिबायोटिक्स रेजिस्टेन्ससँग सम्बन्धित रहेका थिए। 

हाल नेपालमा औषधिको अनुचित प्रयोगको ठोस तथ्याङ्क नभएता पनि यसको समस्या भने व्याप्त रहेको पाइन्छ।  यो समस्यालाई समाधान गर्न औषधिको समुचित प्रयोगको सुनिश्चितता गर्ने मुख्य जिम्मेवारी भने फार्मासिष्टको हुन्छ। फार्मासिष्टका साथै अन्य स्वास्थ्यकर्मी मुख्यत: डाक्टर र नर्सको पनि यसमा महत्वपुर्ण भुमिका हुने गर्दछ। तसर्थ कम्युनिटी फार्मेसीबाट हुने अनुचित औषधिको बिक्रि-वितरणलाई फार्मासिष्टहरुद्वारा पहिचान गरेर त्यसको समाधान गर्दै  निरुत्साहित गर्नुपर्दछ।  जनसमुदायमा पनि फार्मासिष्टहरुद्वारा औषधिको समुचित प्रयोग सम्बन्धी जनचेतना प्रदान गर्नुपर्दछ।

नेपालमा फार्मेसी पेशाको नियमन, नियन्त्रण, प्रवर्दन र विकासको लागि विभिन्न निकायहरुले काम गर्दै आइरहेका छन्। तीमध्ये औषधि व्यवस्था विभाग र नेपाल फार्मेसी परिषद् दुई महत्वपुर्ण सरकारी निकायहरु हुन्।नेपालमा फार्मासिष्टको संख्या प्रर्याप्त नभएको तथ्यलाई ध्यानमा राख्दै औषधि व्यवस्था विभाग र नेपाल फार्मेसी परिषद्ले पनि कम्युनिटी फार्मेसीबाट हुने अनुचित औषधि डिस्पेन्सिङलाई रोक्न र निर्मुल पार्न जति सक्दो छिटो आवश्यक कदमहरु चाल्नुपर्ने देखिन्छ। औषधि ऐन २०३५ अनुसार औषधिको बिक्री-वितरण, डिस्पेन्सिङवा सन्चय गर्न उपयुक्त जनशक्ति र श्रोतसाधन जुटाउनुपर्ने हुन्छ र सोको निरीक्षण गर्नु औषधि व्यवस्था विभागको जिम्मेवारी भित्र पर्दछ। साथै कम्युनिटी फार्मेसीबाट गरिने औषधिको बिक्री-वितरणको निरीक्षण पनि औषधि व्यवस्था विभागले नै गर्नुपर्दछ।

विभागबाट उल्लेखित कामहरु सामान्य रुपमा भइरहेता पनि कम्युनिटी फार्मेसीबाट भइरहेको अनुचित औषधि बिक्री-वितरणको व्याप्ततालाई हेर्दा विभागको कामहरु चुस्त बनाउनुपर्ने देखिन्छ। नेपाल फार्मेसी परिषद फार्मेसी पेशालाई व्यवस्थित र वैज्ञानिक ढङ्गले संचालन गर्न स्थापित गरिएको भएता पनि नेपाल फार्मेसी परिषद् ऐन २०५७ मा कम्युनिटी फार्मेसी सम्बन्धी केही  पनि स्पष्ट व्यवस्था गरिएको छैन। नेपाल फार्मेसी परिषद्को काम फार्मेसी पेशालाई व्यवस्थित र वैज्ञानिक ढङ्गले संचालन गर्न आवश्यक पर्ने नीति निर्माण, त्यसको कार्यान्वयन र साथै फार्मेसी सेवा प्रदान गर्न आवश्यक पर्ने जनशक्तिको योग्यता निर्धारण गर्नु हो।

तथापी नेपाल फार्मेसी परिषद् ऐन २०५७ मा कम्युनिटी फार्मेसीलाई नसमेटिएको कारण नेपाल फार्मेसी परिषद्ले प्रत्यक्ष रुपमा कम्युनिटी फार्मेसीको काम-कारवाहीलाई नियमन गर्न सक्दैन। जसका कारण सम्पुर्ण फार्मेसी पेशालाई समेट्न नेपाल फार्मेसी परिषद् ऐनको समय सापेक्ष संसोधन जरुरी देखिन्छ। औषधि व्यवस्था विभाग र नेपाल फार्मेसी परिषद्को बाहेक कम्युनिटी फार्मेसीलाई चाहिने दक्ष जनशक्तिको उत्पादनमा शैक्षिक संस्थाहरुको पनिमहत्वपुर्ण भुमिका भएकाले उक्त शैक्षिक संस्थाहरुबाट फार्मेसी शिक्षालाई प्रभावकारी, व्यवहारिक र समय सापेक्षिक बनाउन जरुरी देखिन्छ। त्यसैगरी नेपालमा फार्मेसी पेशाको विकासमा नेपाल फार्मास्युटिकल एसोसिएसनले पनि भुमिका निर्वाह गर्दै आइरहेको छ। साथै फार्मेसी पेशासँग सम्बन्धित अन्य संघ सस्थाहरु पनि फार्मेसी पेशाको विकासमा टेवा पुर्‍याउँदै आइरहेका छन्। तसर्थ यी संघ सस्थाहरुको पनि कम्युनिटी फार्मेसीको विकास र व्यवस्थित संचालनमा महत्वपुर्ण भुमिका छ। जनताको स्वास्थ्य सुरक्षा गर्न जनस्वास्थ्य सरोकारवालाहरुको महत्वपुर्ण भुमिका हुन्छ। औषधिको अनुचित प्रयोगले  जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने हुदाँ औषधिको समुचित प्रयोगमा जोड दिनु जनस्वास्थ्य सरोकारवालाहरुको जिम्मेवारी हो। 

समग्रमा कम्युनिटी फार्मेसीबाट प्रदान गरिने सेवा र यसको नियमनमा धेरै समस्या भएकाले यसको सुधारका लागि सरकार, सम्पुर्ण फार्मासिष्ट जनशक्ति,फार्मेसी पेशालाई सुधार गर्न लागि परेका संघसस्था, स्वास्थ्यकर्मी,जनस्वास्थ्य सरोकारवाला, स्वास्थ्य उपभोक्ता र शैक्षिक संघसस्थाहरुलेसंयुक्त भुमिका निर्वाह गर्नुपर्ने देखिन्छ। साथै फार्मेसी पेशालाई थप गुणस्तरीय बनाउन वैज्ञानिक अध्ययनबाट प्राप्त तथ्यांक र जानकारीको आधारमा नीति निर्माण र कार्यान्यवन गर्नु आजको आवश्यक्ता हो। 

(लेखक पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्सेसमा क्लिनिकल फार्मेसी स्नातकोत्तरमा अध्ययनरत छन्।)

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १०:२४
  • ##medicalcorruption

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सम्बन्धित सामग्री
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? नेपाली सेनाले मात्र विभिन्न क्षेत्रमा स्थल तथा हवाई माध्यमबाट उेको छ। त्रिशूली क्षेत्रमा अस्पतालको पहुँचसमेत प्रभावित भएपछि सैनिक ब्... आइतबार, भदौ १४, २०८३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? आगामी रजिष्ट्रारको सबैभन्दा ठूलो चुनौतीमध्ये एउटा प्रतिष्ठानलाई दीर्घकालीन रुपमा आर्थिक तथा संस्थागत रुपमा बलियो बनाउनु हुनेछ । यसका... शनिबार, भदौ १३, २०८३
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? सरकारले उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन गरेको दाबी गरिरहेको छ। सामाजिक सञ्जालमा सरकारी सक्रियताका तस्वीर र सूचना पनि आइरह... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ १५, २०८३
बाढीबाट प्रभावित नागरिकलाई २१ दिनभित्र सामान्य अवस्थामा फर्काउन सरकारःले गठन गर्यो कार्यदल सोमबार, भदौ १५, २०८३
विष्णुमती नदीमा बाढीको जोखिम, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह सोमबार, भदौ १५, २०८३
भोटेकोशी बाढीपछि रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसुचारु सोमबार, भदौ १५, २०८३
भोटेकोशी बाढी : १० हजार ४५१ को उद्धार सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्