• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसको नीति महाधिवेशन वैशाख पहिलो हप्ता गर्न गृहकार्य

64x64
नवीन झा आइतबार, पुस १७, २०७९  २०:३०
1140x725

काठमाडौं- केन्द्रदेखि प्रदेशसम्मको सत्ता अवसर गुमाएपछि पार्टीभित्र रक्षात्मक बन्न पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले आउँदो वैशाख पहिलो हप्तामा पार्टीको नीति महाधिवेशन बोलाउने गृहकार्य थालेका छन्।

मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सबैभन्दा ठूलो दल भएता पनि कांग्रेस सत्ताबाहिर पुगेपछि देउवा आलोचित हुँदै आएका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेसँग मिलेर प्रधानमन्त्री बनेपछि कांग्रेसका संस्थापन इतर पक्षको निशानामा देउवा परेका छन्। त्यसैले उनी पछिल्लो समय सार्वजनिक रुपमा मौन देखिएका छन्। यद्यपि, पार्टीमा आफू निकट नेताहरूसँग भने आगामी रणनीतिका तय गर्नलाई लगातार छलफलमा रहेको देखिन्छ।

सत्ताबाट बाहिरिएको तात्तातो परिस्थितिका बीचमै सभापति देउवाले निर्वाचन समीक्षा गर्नका लागि पुस २२ गतेलाई केन्द्रीय समिति बैठक बोलाएका छन्। केही दिनसम्म चल्ने आकलन गरिएको बैठकका सन्दर्भमा रणनीति अख्तियार गर्न संस्थापन पक्ष र इतर पक्षका नेताहरू जुटेका छन्।

देउवामाथि संस्थापन इतर पक्षका नेताहरू आक्रामक देखिएका छन्। त्यसमा पनि दुई महामन्त्री एक साथ सभापति देउवाविरुद्ध देखिएपछि पार्टीभित्र देउवालाई अप्ठ्यारो पर्ने आकलन एकथरीको छ। जसको छनक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले शनिबार मात्रै संयुक्त अपिल जारी गरेर दिएका छन्।

Ncell 2
Ncell 2

थापा र शर्माले शनिबार राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर निकालेको वक्तव्यमा पार्टीको आन्तरिक मामिला बारेमा गम्भीर समीक्षा गरेर मात्रै अगाडि बढ्न आग्रह गरेका छन्। उनीहरूले पछिल्लो केही समययता विकसित घटनाक्रमलाई ढाकछोप गरेर अल्मल्याउने चलखेलमा नलाग्न पनि सबैमा अपिल गरेका छन्।

तर, पार्टी सभापति देउवा र उनी पक्षका नेताहरू निर्वाचन समीक्षाको नाममा बैठकलाई केही दिन अलमल गर्दै असन्तुष्टि सेलाउने रणनीतिमा छन्। जसरी देउवाले २०७४ को निर्वाचनपछि डेढ महिनाभन्दा बढी समय केन्द्रीय समिति बैठकलाई लम्ब्याएर असन्तुष्टलाई गलाएका थिए। २०७४ को निर्वाचनमा कांग्रेस पराजय भएपछि बसेको बैठकमा देउवाले आफूप्रतिको असन्तुष्टिलाई 'म्यानेज' गरेका थिए। जिल्ला सभापतिहरूको भेला र महासमिति बैठकमा पनि सोही रणनीति अख्तियार गरेका थिए।

अहिले महामन्त्रीद्वयसहित संस्थापन इतर पक्षका केही नेताहरूले पार्टीको १४औँ महाधिवेशनलगत्तै गर्ने भनिएको नीति महाधिवेशनको माग गर्न थालेका छन्। महामन्त्री विश्वप्रकाश शर्माका अनुसार, यसअघि नै केन्द्रीय समिति बैठकले नीतिगत निर्णय गर्दै कसरी नीति महाधिवेशन गर्ने भन्ने कार्ययोजना बनाउन पार्टी कार्यालयलाई भनेको थियो। उनका अनुसार, पार्टीले बनाएको उक्त कार्ययोजना आउँदो केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने छ। र, त्यसपछि कसरी र कहिले नीति महाधिवेशन गर्ने भन्ने निर्णय केन्द्रीय समिति बैठकले गर्ने छ।

कांग्रेसले पहिलो पटक नीति महाधिवेशन गर्न लागेको हो। त्यसको कार्ययोजना नभएकाले यसअघिको बैठकबाट त्यो बनाउन पार्टी कार्यालयलाई निर्देशन दिएको हो।

महामन्त्री थापा र शर्मा दुवैले सार्वजनिक रुपमा अबको केन्द्रीय समिति बैठकबाट नीति महाधिवेशन गर्नेगरी निर्णय गराउन आफूहरूले माग गर्ने बताएका छन्। महामन्त्रीहरूको उक्त माग सम्बोधन सम्बोधन गर्ने गरी सभापति देउवा आउँदो वैशाख पहिलो हप्ता नीति महाधिवेशन गराउन तयार रहेको उनी निकटका एक नेता बताउँछन्।

१४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरूमा सभापति देउवा पक्षको वर्चस्व रहेकाले इतर पक्ष जति नै आक्रामक भएता पनि फरक नपर्ने मनस्थितिमा छन्। अर्कोतिर, केन्द्रदेखि प्रदेशसम्म पार्टी प्रतिपक्ष बन्न लागेको बेला देउवाविरुद्ध पार्टीमा जनमत निर्माण गर्न सकिन्छ कि भन्ने ध्येयमा इतर पक्ष देखिन्छ।

इतर पक्ष यो विषय केन्द्रीय समितिमा पनि आक्रामक रुपमा उठाउने रणनीतिमा देखिएका छन्। तर, केन्द्रीय समितिमा पनि सभापति देउवा पक्षको ७० प्रतिशतभन्दा बढी प्रतिनिधि भएकाले इतर पक्षको प्रस्तुति कति सशक्त हुन्छ भन्नेचाहिँ निश्चित छैन। 

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने काँग्रेस सचिवालयले जनाएको छ । मंगलबार, पुस २९, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा आफ्नो निवास महाराजगञ्जमा छलफल गरेका देउवा पार्टीमा एकता कायम गर्न महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग सम्वाद गर्न तय... सोमबार, पुस २८, २०८२
कांग्रेस विशेष महाधिवेशन लम्बियो विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंले बैठक मंगलबारसम्म लम्बिएको बताए । सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै मंगलबार, पुस २९, २०८२
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, पुस २९, २०८२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर मंगलबार, पुस २९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? मंगलबार, पुस २९, २०८२
८५ पुग्यो समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्