• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसको नीति महाधिवेशन वैशाख पहिलो हप्ता गर्न गृहकार्य

64x64
नवीन झा आइतबार, पुस १७, २०७९  २०:३०
1140x725

काठमाडौं- केन्द्रदेखि प्रदेशसम्मको सत्ता अवसर गुमाएपछि पार्टीभित्र रक्षात्मक बन्न पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले आउँदो वैशाख पहिलो हप्तामा पार्टीको नीति महाधिवेशन बोलाउने गृहकार्य थालेका छन्।

मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सबैभन्दा ठूलो दल भएता पनि कांग्रेस सत्ताबाहिर पुगेपछि देउवा आलोचित हुँदै आएका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेसँग मिलेर प्रधानमन्त्री बनेपछि कांग्रेसका संस्थापन इतर पक्षको निशानामा देउवा परेका छन्। त्यसैले उनी पछिल्लो समय सार्वजनिक रुपमा मौन देखिएका छन्। यद्यपि, पार्टीमा आफू निकट नेताहरूसँग भने आगामी रणनीतिका तय गर्नलाई लगातार छलफलमा रहेको देखिन्छ।

सत्ताबाट बाहिरिएको तात्तातो परिस्थितिका बीचमै सभापति देउवाले निर्वाचन समीक्षा गर्नका लागि पुस २२ गतेलाई केन्द्रीय समिति बैठक बोलाएका छन्। केही दिनसम्म चल्ने आकलन गरिएको बैठकका सन्दर्भमा रणनीति अख्तियार गर्न संस्थापन पक्ष र इतर पक्षका नेताहरू जुटेका छन्।

देउवामाथि संस्थापन इतर पक्षका नेताहरू आक्रामक देखिएका छन्। त्यसमा पनि दुई महामन्त्री एक साथ सभापति देउवाविरुद्ध देखिएपछि पार्टीभित्र देउवालाई अप्ठ्यारो पर्ने आकलन एकथरीको छ। जसको छनक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले शनिबार मात्रै संयुक्त अपिल जारी गरेर दिएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

थापा र शर्माले शनिबार राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर निकालेको वक्तव्यमा पार्टीको आन्तरिक मामिला बारेमा गम्भीर समीक्षा गरेर मात्रै अगाडि बढ्न आग्रह गरेका छन्। उनीहरूले पछिल्लो केही समययता विकसित घटनाक्रमलाई ढाकछोप गरेर अल्मल्याउने चलखेलमा नलाग्न पनि सबैमा अपिल गरेका छन्।

तर, पार्टी सभापति देउवा र उनी पक्षका नेताहरू निर्वाचन समीक्षाको नाममा बैठकलाई केही दिन अलमल गर्दै असन्तुष्टि सेलाउने रणनीतिमा छन्। जसरी देउवाले २०७४ को निर्वाचनपछि डेढ महिनाभन्दा बढी समय केन्द्रीय समिति बैठकलाई लम्ब्याएर असन्तुष्टलाई गलाएका थिए। २०७४ को निर्वाचनमा कांग्रेस पराजय भएपछि बसेको बैठकमा देउवाले आफूप्रतिको असन्तुष्टिलाई 'म्यानेज' गरेका थिए। जिल्ला सभापतिहरूको भेला र महासमिति बैठकमा पनि सोही रणनीति अख्तियार गरेका थिए।

अहिले महामन्त्रीद्वयसहित संस्थापन इतर पक्षका केही नेताहरूले पार्टीको १४औँ महाधिवेशनलगत्तै गर्ने भनिएको नीति महाधिवेशनको माग गर्न थालेका छन्। महामन्त्री विश्वप्रकाश शर्माका अनुसार, यसअघि नै केन्द्रीय समिति बैठकले नीतिगत निर्णय गर्दै कसरी नीति महाधिवेशन गर्ने भन्ने कार्ययोजना बनाउन पार्टी कार्यालयलाई भनेको थियो। उनका अनुसार, पार्टीले बनाएको उक्त कार्ययोजना आउँदो केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने छ। र, त्यसपछि कसरी र कहिले नीति महाधिवेशन गर्ने भन्ने निर्णय केन्द्रीय समिति बैठकले गर्ने छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कांग्रेसले पहिलो पटक नीति महाधिवेशन गर्न लागेको हो। त्यसको कार्ययोजना नभएकाले यसअघिको बैठकबाट त्यो बनाउन पार्टी कार्यालयलाई निर्देशन दिएको हो।

महामन्त्री थापा र शर्मा दुवैले सार्वजनिक रुपमा अबको केन्द्रीय समिति बैठकबाट नीति महाधिवेशन गर्नेगरी निर्णय गराउन आफूहरूले माग गर्ने बताएका छन्। महामन्त्रीहरूको उक्त माग सम्बोधन सम्बोधन गर्ने गरी सभापति देउवा आउँदो वैशाख पहिलो हप्ता नीति महाधिवेशन गराउन तयार रहेको उनी निकटका एक नेता बताउँछन्।

१४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरूमा सभापति देउवा पक्षको वर्चस्व रहेकाले इतर पक्ष जति नै आक्रामक भएता पनि फरक नपर्ने मनस्थितिमा छन्। अर्कोतिर, केन्द्रदेखि प्रदेशसम्म पार्टी प्रतिपक्ष बन्न लागेको बेला देउवाविरुद्ध पार्टीमा जनमत निर्माण गर्न सकिन्छ कि भन्ने ध्येयमा इतर पक्ष देखिन्छ।

इतर पक्ष यो विषय केन्द्रीय समितिमा पनि आक्रामक रुपमा उठाउने रणनीतिमा देखिएका छन्। तर, केन्द्रीय समितिमा पनि सभापति देउवा पक्षको ७० प्रतिशतभन्दा बढी प्रतिनिधि भएकाले इतर पक्षको प्रस्तुति कति सशक्त हुन्छ भन्नेचाहिँ निश्चित छैन। 

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै कांग्रेसले यस्तो प्रतिबद्धता जनाएको हो । सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल केही सञ्चारमाध्यमसँग कुराकानी गर्दै  मन्त्री रावलले सरकारले दीर्घकालीन महत्त्व राख्ने गरी निजामती कर्मचारीसम्बन्धी कानुन निर्माण गर्... सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन उक्त अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गरी आपत्तिजनक टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिएको छ। सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत मंगलबार, असोज २७, २०८३
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन मंगलबार, असोज २७, २०८३
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्