काठमाडौं– बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ चैत ३ गतेदेखि हलहरूमा प्रदर्शन हुने भएको छ।
बहुपति प्रथा नेपालको हिमाली क्षेत्रमा प्रचलनमा छ।
फिल्ममा शिशिर बाङ्देल र स्वस्तिमा कार्कीको प्रमुख अभिनय छ। देवजंग थापाले निर्देशन गरेको फिल्मको छायाङ्कन डोल्पामा गरिएको छ।
सिनेमाटोग्राफी सुशील अधिकारी र नमराज घिमिरेले गरेका हुन्।
फिल्ममा सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेको पनि अभिनय छ।
त्रिनेत्रम् डिष्ट्रिब्युसनले फिल्म वितरण गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।