• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

यसवर्षका फिल्म : नयाँ प्रयोग बढी, तर दर्शक कम

64x64
समर्पण श्री शनिबार, पुस १६, २०७९  २०:३२
1140x725

काठमाडौं– आज अङ्ग्रेजी वर्षको अन्तिम दिन। सन् २०२२लाई विदाइ गर्दै मानिसहरूले आजका दिन यस वर्ष आफूले गरेका कामका समीक्षा गर्छन्। कुरा गरौं नेपाली फिल्म उद्योगको। सन् ०२३को सुरुवात हुँदै गर्दा यो वर्ष नेपालको फिल्म उद्योगको अवस्था कस्तो रह्यो त?

कतिपय फिल्म आए, गए दर्शकले पत्तो पाएनन्। नयाँ प्रयोगका फिल्महरू धरै आए, तर दर्शकहरू हलसम्म तानिएनन्। कमर्सियल फिल्महरू पनि केहीले बक्स अफिसमा अनपेक्षित व्यापार गरे त केहीले कमजोर। हामी यहाँ केही फिल्मको मात्र चर्चा गर्नेछौं।

०२२ सुरु भएसँगै प्रदर्शनमा आएका सुरुवाती फिल्मले बक्स अफिसमा निराशाजनक व्यापार गरे। कोरोना महामाारीका कारण पटक पटक अफ्ठ्यारोमा परेको फिल्म ‘चपली हाइट ३’ फागुन १ गतेबाट पुन: रिलिज भयो। तर फिल्मले व्यापार उकास्न सकेन। निकेश खड्का निर्देशित उक्त फिल्मले यो घाटा नै ब्यहोर्नुपर्यो। 

त्यसअघि १८ पुसमा रिलिज भएको फिल्म ‘कठपुतली’ले पनि खासै दर्शक तान्न सकेन। ४ चैत्रबाट प्रदर्शनमा आएको फिल्म ‘चिसो एस्ट्रे’ले पनि दर्शक तान्न सकेन। 

यद्यपि,  १६ फागुनदेखि प्रदर्शनमा आएको फिल्म म ‘यस्तो गीत गाउँछु २’ले २ दिनमै ८० लाख ग्रस व्यापार गरेको थियो। समग्रमा फिल्मको व्यापार सन्तुष्टजनक नै रह्यो। 

समीक्षा राम्रो नपाए पनि अभिनेता पल शाहको स्क्यान्डलले फिल्म चल्नमा मद्दत पुगेको थियो। सुदर्शन थापा निर्देशित फिल्ममा पल र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका थियो। 

नेपाली नयाँ वर्षबाट प्रदर्शनमा आएको झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ले भने सन्तुष्टजनक व्यापार गर्‍यो। फिल्मले प्रदर्शनको पहिलो दिनमै ८८ लाखको व्यापार गरेको थियो। 

फिल्ममा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य अभिनय थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

आर्ट फिल्मको कमजोर व्यापार 
गत ३ असारमा दीपेन्द्र के खनाल निर्देशित फिल्म 'चिसो मान्छे' प्रदर्शनमा आयो। तर फिल्म प्रदर्शनको पहिलो दिन दर्शकहरूको उपस्थिति कमजोर रह्यो।फिल्म निर्माण पक्षले भने प्रोमोसन जोड लगाएरै गरेको थियो। निर्देशक दीपेन्द्र के खनालले कुनै कसरत बाँकी राखेनन्। तर फिल्मको व्यापार २ करोडभन्दा उकालो लाग्न सकेन। 

'चिसो एस्ट्रे'ले पनि समीक्षाहरू राम्रो पायो। दिनेश पाल्पाली निर्देशित फिल्मलाई समीक्षकहरूले नयाँ प्रयोगको सिनेमाका रुपमा पनि लिए‌। तर फिल्मको लगानी यसरी डुब्यो कि, निर्माताहरू पुनः फिल्म बनाउन सक्ने सामर्थ्यमा थिएनन्। 

गत २४ असारमा प्रदर्शनमा आएको अनुप बराल निर्देशित फिल्म 'दोख'को पनि पोस्टर र ट्रेलरले निकै आशा बढाएको थियो। तर प्रदर्शनको पहिलो हप्तामै फिल्म हलबाट उत्रियो।'दोख' लगत्तै प्रदर्शनमा आएको खगेन्द्र लामिछाने निर्देशित 'पानीफोटो'ले हलमा पानीसम्म भन्न पाएन। एक दशकअघि गुरुकुल थिएटरमा खगेन्द्रकै लेखन तथा निर्देशनमा 'पानीफोटो' नाटक मन्चन गरिएको थियो। त्यतिबेला लोकप्रिय नाटकमाथि खगेन्द्रले फिल्म बनाए। तर दर्शकहरू हलसम्म तानिएनन्। 

गत भदौमा प्रदर्शनमा आएको सुवर्ण थापा निर्देशित फिल्म फिल्म 'राधा'ले राम्रो समीक्षा त पायो। तर दर्शकहरूको साथ पाउन सकेन। फिल्मलाई हलवालाले निकै कम शो दिएपछि निर्देशक थापाले प्रदर्शन नै बन्द गरेका थिए। 

त्यसयता निर्देशक थापा 'राधा'को पुनः रिलिजको दौडमा छन्। ‘राधा’सँगै प्रदर्शनमा आएको दिनेश राउत निर्देशित फिल्म 'प्रकाश'ले पनि लगानी उठाउन मात्र सक्यो। जबकि फिल्मले राम्रो समीक्षाहरू बटुलेको थियो। फिल्मको प्रोमोसन र निर्माण पक्षको अपेक्षाअनुरुप भने कमाइ हुन सकेन।

पछिल्लो समय निकै चर्चा कमाएको फिल्म हो 'ऐना झ्यालको पुतली'। सुजित बिडारी निर्देशित उक्त फिल्मले नेपाली फिल्म उद्योगमा आजसम्मकै राम्रो समीक्षा पायो। कतिपयले दुई दशकयताकै उत्कृष्ट सिनेमा भने। सिर्जनशील र बौद्धिक जमातमा फिल्मले अनपेक्षित प्रशंसा पायो।

अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल बुसानको न्यु करेन्ट सेक्सनमा छनोट भयो र ढाकामा भएको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा निर्देशक बिडारीले उत्कृष्ट फिल्म मेकरको अवार्डसमेत प्राप्त गरे। 

तर फिल्मको व्यापार अनपेक्षित हुन सकेन। फिल्मलाई 'मुभी लभर्स' फेसबुक ग्रुपले प्रचारमा निकै सहयोग गर्यो। राम्रो भनिएर निकै तारिफ बटुले पनि एक करोड भन्दा माथिको व्यापार गर्न सकेन‌।

कमर्सियल फिल्मको राम्रो व्यापार 
'फरक धार' भनिएका फिल्महरू यो वर्ष अघिल्ला वर्षका तुलनामा धेरै बने। तर कमजोर व्यापारका कारण खुम्चन पुगे‌का दृष्टान्तहरु देखिए‌। यद्यपि, यो वर्ष कमेडी विधाका फिल्मले भने अनपेक्षित व्यापार गरे।

गत कात्तिक ११ गते प्रदर्शमा आएको फिल्म 'महापुरुष' १०औं हप्तामा पनि हलमा रिलिज भइरहेको छ। फिल्मको सुखद् व्यापारलाई लिएर चलचित्र उद्योगमा चर्चा पनि भइरहेको छ।

प्रदीप भट्टराई निर्देशित फिल्म 'महापुरुष'ले हालसम्म ११ करोडको व्यापार गरिसकेको छ। निर्माण टिमले फिल्मको कमाइ १० करोड पुगेपछि सेलेब्रेसन पनि गरेको थियो। बाको बिहेको विषयमाथि बनाइएको यो सिच्वेसनल कमेडीमा आधारित फिल्म हो।

गत वैशाखमा प्रदर्शन भएको रामबाबु गुरुङ निर्देशित फिल्म 'कबड्डी-४'ले हालसम्मकै उत्कृष्ट व्यापार गर्यो। फिल्मले त्यसअघिका व्यापारको रेकर्ड नै तोड्यो। करिब २५ करोडको व्यापार फिल्मले गर्यो। फिल्मका निर्देशक गुरुङ यो कुराबाट यति हौसिए कि फाइनल म्याच भनिदिएका 'कबड्डी-४'लाई तन्क्याएर 'कबड्डी ५'को तयारी गरिरहेका छन्।

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म झि़ंगेदाउ'ले ५ करोडभन्दा माथिको व्यापार गर्यो। कमेडी प्रशस्त भएकाले दर्शकहरूलाई फिल्मले हलमा सजिलै तान्न सक्यो। 

गत कात्तिकमै प्रदर्शनमा आएको फिल्म 'के घर के डेरा'ले पनि मनग्य दर्शक पायो। दीपेन्द्र के खनाललले ‘चिसो मान्छे’को कम व्यापारले मन चिसो बनाएका थिए। तर यही वर्ष रिजिल भएको उनको फिल्म ‘के घर के डेरा’४ करोडभन्दा माथिको व्यापार गर्यो। दर्शक हलदसम्म तान्न अघिल्लो फिल्ममा जुन कसरत गर्नुपरेको थियो। यो फिल्ममा भने गर्नुपरेन। 

दीपेन्द्र लामा निर्देशित फिल्म '२ नम्बरी' गत असोजमा प्रदर्शनमा आयो। फिल्मले ६ करोडभन्दामाथिको व्यापार गर्यो। कमेडी विधाका फिल्मले बजार पाउँदै गर्दा प्रेमको विषयवस्तुमाथि बनेको एक्सन विधाको फिल्म सन्तोष सेन निर्देशित 'प्रेम गीत-३' ले नेपाल र भारतमा मनग्य कमाइ गर्यो। 

त्यसैगरी ‘प्रेम गीत–३’ले पनि भारत र नेपालमा गरेर सन्तुष्टजनक व्यापार गर्‍यो। यस वर्ष समग्रमा धेरै फिल्मले कमजोर व्यापार गरे भने  केही फिल्मले मात्र सुखद् आशा राखे।  सन् ०२३ मा बन्ने फिल्महरूले फिल्म उद्योगलाई कति आशा जगाउँछन् त्यो भने हेर्न बाँकी छ। 

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  २०:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
विवाहअघि नै भावी श्रीमतीलाई कुशलको सर्त : ‘पहिला झिँगेदाउ २ हेर्न भन्छु’ चलचित्र ‘झिँगेदाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको प्रचारप्रसारमा व्यस्त अभिनेता कुशल बिष्टले ‘झिँगेदाउ २’ पह... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
टीटूके र होरा ई स्पोट्र्स ग्लोबल ओपनमा छनोट सोमबार, असोज ५, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ सोमबार, असोज ५, २०८३
रियलले बार्सिलोनासँग दूरी घटाउने मौका गुमायो सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीमा हालसम्म १४ सय ५१ शव फेला, ४६ सय ५५ जना अझै बेपत्ता सोमबार, असोज ५, २०८३
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्