• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

वालनट बिस्ट्रोबाट फिल्मको सपना देख्ने फिल्ममेकर

64x64
समर्पण श्री शनिबार, पुस १६, २०७९  १३:२४
1140x725

काठमाडौं– उनीहरूको पहिलो भेट पानीपोखरीस्थित वालनट बिस्ट्रोमा भएको थियो। प्रायः एकै समय देखिने ती दुई एकआपसमा चाहिँ अपरिचित थिए।

वल्लो टेबलमा कफी पिउँदै बसेका केटासँग पल्लो टेबलमा बसेकी केटीको आँखा जुध्यो। अर्को दिन मुस्कानबाट सम्बन्धको सुरुवात भयो। 

त्यसपछि ‘हाइहेल्लो’। 

उनीहरूले आपसमा परिचय साटे। टेबलमा बसेर कफीगफ थाले। सम्बन्ध विस्तारै प्रेममा बदलियो। र प्रेम चार महिनापछि विवाहमा।

रेस्टुरेन्टका सञ्चालक आकाश पौडेल त्यो प्रसङ्ग कहिल्यै भुल्दैनन्। रेस्टुरेन्टमा बुनिएको ती जोडीको सुन्दर प्रेमकथा उनी ‘ओखरभट्टी’मा बसेर साथीहरूलाई सुनाइरहन्छन्। 

ओखर र आँपका बोटहरू, रंगीचंगी फुल्ने फूलहरू रेस्टुरेन्टका दृश्यहरूको सधैं साक्षी भइरहन्छन्। प्रेमीहरू आउने र सौन्दर्यका कुरा गर्ने, कविहरू आउने र कविताको कुरा गर्ने, कलाकार आउने र सिर्जनाका कुरा गर्ने। आकाशको ‘ओखरभट्टी’ जीवन्त लाग्ने यी दृश्यहरू थपिरहन चाहन्छ।

आकाश फिल्मकर्फी हुन्। उनी सधैं नयाँ स्वादका कथाहरूको खोजी गर्छन्। उनको प्रयत्न पनि नयाँ स्वाद पस्कनुमै छ, चाहे फिल्ममा होस् वा रेस्टुरेन्ट। 

Ncell 2
Ncell 2
nimb
nimb

हामी उनीसँग घरी फिल्मका कुरा गर्छौं, घरी रेस्टुरेन्टका। दुवैका कथाहरू छन्। तर आकाशको चाहना हो, दुवैलाई एउटै गाँठोले जोड्नु।

हरेक मान्छेसँग अलग अलग कथा हुन्छ। कथा सेयरिङको हब बनाउने रहर थियो आकाशलाई। कोलाहलले भरिएको सहरभित्र पनि जङ्गलजस्तो शान्त स्थान बनाउने चाहना थियो। त्यो ठाउँ, जहाँ मान्छेहरू एकअर्कामा खुसी ‘सेलिब्रेट गरुन्, दुःख सेलिब्रेट गरुन्। 

वालनट बिस्ट्रो त्यही रहरको मूर्त स्वरुप हो। 

‘मलाई वालनट बिस्ट्रोमा वेभसिरिज बनाउन मन छ। जस्तो कि यहीँ कसैको प्रेम हुन्छ, र ब्रेकअप पनि,’ आकाश बुन्दै गरेको योजना सुनाउँछन्। उनको रेस्टुरेन्टमा जति पटक मानिस जान्छन्, उति पटक नयाँ अनुभूति गर्छन्। ‘साना बिरुवा हुर्कँदै गइरहेका हुन्छन्, रुखका पातहरूले रङ फेरिरहेका हुन्छन्,’ उनी भन्छन्।

 उसो त वरिपरी उभिएका रूखहरूले जङ्गलमा पुगेको भान दिन्छन्। 

आकाश सन् २००७ मा बेलायत गएका थिए। तर एक वर्ष भन्दा बढी टिकेनन्। नेपालमै फर्किए। फर्केपछि उनले दुई वटा योजनाको खाका मस्तिष्कमा कोरे।

एउटा फिल्म, अर्को रेस्टुरेन्ट। 

युकेबाट फर्केपछि उनी फिल्म पढ्न ओस्कार कलेज भर्ना भए। सँगसँगै रेस्टुरेन्टको ‘रोडम्याप’ पनि कोरिरहे। ‘काठमाडौंमा १ हजार रेस्टुरेन्ट छ भने ९ सय ९९ छाडेर मेरोमा ग्राहक किन आउने भनेर जवाफ खोजिरहेँ। भेटिएपछि काम सुरु गरेँ,’ आकाश भन्छन्।

आकाशको योजनाले सन् २०१९मा मात्र पूर्णता पायो। तर ३ करोड लगानी गरेर सञ्चालन गरिएको रेस्टुरेन्ट सुरु भएको केही महिनामै कोभिड महामारी फैलियो। ‘फिल्म बनाउने मान्छेले जस्तोसुकै चुनौती पनि झेल्न सक्ने रहेछ। मैले कोभिडको सामना गर्दा अनुभूत गरेँ,’ आकाश सुनाउँछन्।

 त्यतिबेला आफू जोगिएर रेस्टुरेन्ट जोगाउनुपर्ने चुनौती थियो आकाशमा। वरिपरी हस्पिटलहरू थिए, डाक्टरहरूले उनलाई सहयोग गरे। सिंगो लकडाउनमा मानिसहरू थुनिइरहेको बेला उनको रेस्टुरेन्ट भने चलिरहेको थियो।

कोभिडपश्चात् वालनट बिस्ट्रोमा नेपाली दाल, भात, तरकारी निकै चल्यो। उनले एउटा सर्त बनाएर खानाको प्रचार गरेका थिए। सर्त थियो, सन्तुष्ट भए पैसा तिरौं, मन नपरे नतिरौं। 

जति ग्राहकहरू आए, दोहोर्‍याएरै आउन थाले। 

खानासँगै मामाघरे नुडल्स, पोलपाल चिकेन, मायालु सलाद, पिरो पिज्जा, खप्तड आलु लगायत अर्गानिक खानाहरूका स्वाद ग्राहकलाई पस्कन्छन् आकाश। 

सानो लाइब्रेरी छ, रेस्टुरेन्टमा। आफूसँग भएको किताब त्यहाँ राखेर मन परेको नयाँ लैजान मिल्ने सुविधा। त्यसरी दिनदिनै नयाँ किताब  फेरिएका हुन्छन्  लाइब्रेरीमा।

०००

रेस्टुरेन्ट त आकाशले पेटका लागि सुरु गरे, तर मनका लागि सिनेमा बनाउने धोको भने ठूलै छ उनीसँग। 

उनी थुप्रै सिनेमा हेर्थे। सिनेमा हेर्दाहेर्दै आकाशलाई पनि आफ्नो कथा भन्न मन लाग्यो। त्यही मनलाई तिखार्न उनी नेपाल फर्किएर फिल्म कलेज भर्ना भएका थिए।

०७३ सालमा उनीरूको टिमले ‘कथा ०७२’ निर्माण गर्‍यो। आमाछोराको सम्बन्धमाथि बनेको फिल्म भूकम्पको परिवेशमा खिचिएको थियो। फिल्मका निर्देशक प्रवीन स्याङ्बो र आकाश मिलेर लोकल सिनेमा प्रोडक्सन हाउस सुरु गरेका थिए।

सिन्धुपाल्चोकको पाँचपोखरीको यात्रा कठिन र रोचक दुवै थियो उनीहरूको लागि। ‘फिल्मको सुटिङबाट फर्कँदा मेडिटेसन गरेर फर्किएजस्तो भएको थियो,’ उनी सम्झन्छन्।

फिल्म ०७५मा रिलिज भयो। तर, व्यापार निकै कमजोर। यद्यपि, फिल्मले ‘फिल्म लिट्रेसी’ भएका दर्शकहरूको मन जित्यो। विभिन्न फेस्टिभलहरूमा सहभागी भयो र प्रशंसित पनि।

उनीहरूकै टिमले बनाएको फिल्म ‘चिसो एस्ट्रे’को पनि हाल उस्तै रह्यो। 

तर ‘ऐना झ्यालको पुतली’ले भने देश विदेशमा ठूलो चर्चा कमायो। उनी फिल्मको निर्माता मध्येको एक थिए। फिल्मले बक्स अफिसमा ठूलो सफलता त चुमेन, तर फेस्टिभल र गम्भीर दर्शकहरूको निकै प्रशंसा बटुल्यो।

आकाश अब आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन्। उनलाई कमर्सियल फिल्म बनाउनु छ। ‘हाम्रो टिमले अहिलेसम्म मासको लागि फिल्म बनाएको रहेनछ। अब मासको लागि मीठो प्रेम कथा भन्नुछ,’ उनी भन्छन्।

उनले नयाँ बन्ने फिल्मको स्क्रिप्ट तयार पारिसके। अब छिट्टै सुटिङमा जाने तरखरमा छन् आकाश।

उनी जे कर्म गर्छन्, त्यसलाई फिल्मसँगै जोड्छन्। आकाशको १२ रोपनी जग्गा बुढानिलकण्ठमा छ। उनी त्यो जग्गाको प्रयोग गरेर लोकल सिनेमाको उद्यान खोल्न चाहन्छन्। ‘त्यस्तो उद्यान, भित्र स्क्रिप्ट लिएर कोही छिर्यो भने निस्कँदा फिल्म लिएर फर्कियोस्,’ आकाश योजना सुनाएर दंग पार्छन्। 

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  १३:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
यस्तो छ निर्वाण–प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य ‘टनेल २६’को टिजर शुक्रबार सार्वजनिक भएको फिल्मको टिजरमा  अनुपविक्रम शाही, आना शर्मा, संगय छेल्ट्रिम, रोशिनी दादा, निडुप दोर्जी, फुन्छोक धोन्डेन, डेकी... मंगलबार, भदौ २, २०८३
‘कंगाल करोडपति’मा जोडिए रक्षा र मञ्जिलकुमार, कलाकारको लाइनअप बलियो निर्देशक राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कंगाल करोडपति’मा अभिनेत्री रक्षा थापा र अभिनेता मञ्जिलकुमार अनुबन्धित भ... मंगलबार, भदौ २, २०८३
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन अभिनेत्री तथा निर्देशक रेखा थापा निर्देशित चलचित्र ‘माया भनेकै यस्तो होला’को आधिकारिक टिजर सार्वजनिक भएको छ। शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्