काठमाडौं– रेट्रो गु्रपको व्यानरमा निर्माण गर्न लागिएको चलचित्र ‘द आउट ल’ निर्माण घोषणा गरिएको छ। निर्माण टिमले अंगेजी नयाँ वर्षको छेको पारेर यो चलचित्रनिर्माण गर्ने घोषणा गरेको हो। साथै, चलचित्रको थिमटिजर र फस्टलुक पोस्टरसमेत सार्वजनिक गरिएको छ।
अभिनेता सुशील श्रेष्ठ, शिक्षा संर्गौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी, महेश त्रिपाठीलगायतका कलाकारको मुख्य भुमिका रहने ‘द आउट ल’पूर्ण एक्सन–थ्रिलर जनरामा निर्माण हुनेछ। विक्की महर्जनको निर्देशनमा निर्माण हुन लागेको यो चलचित्रले कानुन नमान्ने व्यक्तिको कथा बोल्नेछ।
कोरोना महामारीपछि अभिनेता सुशीलको लागि यो कमब्याक प्रोजेक्ट बन्नेछ। सन् २०१५ मा होस्टेल रिटन्र्सबाट अभिनय करिअर सुरु गरेका सुशीलले सायद २, कारखाना र बादशाह जुटमा पनि अभिनय गरेका छन्। त्यस्तै पपुलर मोडल शिक्षालाई अहिलेसम्म कुनै पनि चलचित्रमा दर्शकले देख्न पाएका छैनन्।
शशांक खड्का र अमित अग्रहरीको लगानीमा निर्माण हुने यस चलचित्रका कार्यकारी निर्माता विनोद कडायत हुन्। कडायत चलचित्र प्रेम गीत ३ का आर्ट डिरेक्टरसमेत हुन्। संयोगको कुरा त के छ भने, यो चलचित्र निर्माण टिममा अधिकांश फिल्म पढेका र ३० वर्ष मुनिका युवाहरु छन्।
निर्माता शशांक खड्काले चलचित्रको छायांकनका लागि सम्पूर्ण तयारी पूरा भएको बताए । उनले जनवरी ५ बाट निर्माण टिम फ्लोरमा निस्कने जानकारी दिए। उनले भने, ‘चलचित्रको कथा असाध्यै दमदार छ। युथ टार्गेट स्टोरी कथामा निर्माण हुने चलचित्र मेकिङ टिममा धेरैजसो पढेका र युथ भएकाले चलचित्रको आउटपुट राम्रो निस्कने विश्वास छ।’
नविन गुरुङ चलचित्रका डिओपी हुन्। २ करोड हाराहारी बजेट खर्च हुने अनुमान गरिएको यो चलचित्र आगामी वर्षको दसैंमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।