काठमाडौं– फिल्म निर्देशक दीपेन्द्र लामाले आगामी फिल्म ‘नांगो गाउँ’ निर्माण गर्ने भएका छन्। बक्स अफिसमा सफल फिल्म ‘दुई नम्बरी’ पश्चात् दीपेन्द्रले नयाँ फिल्म बनाउने घोषणा गरेका हुन्।
फिल्ममा कलाकार दयाहाङ राई र मिरुना मगर फाइनल भएका छन्। फिल्मको स्क्रिप्ट पनि दीपेन्द्रकै रहेको छ।
फेसबुक स्टाटसमार्फत् दीपेन्द्रले चैत्रबाट छायांकनमा जाने बताएका छन्।
फिल्ममा प्रस्तुतकर्ता हिमाल शर्मा, निर्माता जय श्रेष्ठ र वितरक आरआर फिल्म्स् रहेका छन्। ‘मनिष्मा फिल्म्स् प्रालिको ब्यानरमा निर्माण हुने यस पोलिटिकल चलचित्रमा मान्छेको लाचारीपन, निर्लज्जता र ढोंगप्रति व्यंग्य गरिनेछ। दर्शकले हास्य, प्रेम र कारुणिकताको आनन्द लिन पाउनेछन्,’ दीपेन्द्रले उल्लेख गरेका छन्।
फिल्ममा अन्य कलाकार भने छनोट हुन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।