• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नयाँ सांसद

सडक आन्दोलनबाट संसद् पुगेकी सीता

64x64
धनु विश्वकर्मा आइतबार, पुस १७, २०७९  १२:३७
1140x725

काठमाडौं– २०६०/०६१ सालको कुरा हो। सडकमा आन्दोलन गर्दा पटकपटक प्रहरी हिरासत पुग्थिन् सीता मिजार। आन्दोलन गर्दा उनी पाँच पटकसम्म हिरासतमा बसिन्।

राज्यपक्षको दमनले शरीर शिथिल बनेको हुन्थ्यो। तर जतिसुकै यातना भोग्नुपरे पनि ‘गणतन्त्र जिन्दावाद’को नारा लगाउन भने छाडिनन् उनले। सानै उमेरकी किशोरीले सडकमा नारा लगाउनु त्यो बेला ठूलो चुनौती थियो। घरमा छोरी बाँच्दिन कि भनेर चिन्ता गर्न थालेका थिए। 

उनी जनआन्दोलनमा घाइते भइन्। उनको दाँत भाँचियो। उपचार गरेर नयाँ हालेकी छिन्। शरीरको कुनै भाग छैन, चोटपटक नलागेको।

घरमा सीताको मुख काटिएको छ भनेर खबर गएछ। आत्तिदै फोन गरे। अब छोरी बाँच्दिन भन्दै परिवारमा रुवाबासी चल्यो।

राजनीति छोड्न परिवारले पटकपटक दबाब दियो। विद्रोहको मसाल बोकेकी सीतालाई भने राजनीति छोड्न सहज थिएन। उनी बरु परिवारको सम्पर्कमै रहिनन्। 'त्यो बेला परिवारलाई मनाउन निकै कठिन भयो,' उनले भनिन्। 

नमिता चौधरी, रुपा पोखरेल, साधना घिमिरे, विनिता अधिकारी र एञ्जिला पौडेलसँगसँगै उनी आन्दोलनमा होमिएकी थिइन्। सडकको विद्रोहबाट नै राजनीतिक यात्रा तय भयो सीताको। 

घरमा विवाह गर्न दबाब थियो। तर मानिनन्। उनलाई राजनीतिक नसा लागिसकेको थियो। परिवार भने जागिर गरेर बसोस् भन्ने चाहान्थे। उनले घरपरिवार र समाजबाट विद्रोह गरिन्। समाजमा महिला, त्यसमाथि दलित भएर प्रश्न गर्न सहज थिएन। विद्रोहलाई चुनौतीका रुपमा स्वीकार्दै उनी निरन्तर आन्दोलन र पार्टी राजनीतिमा सक्रिय भइन्।

सडक आन्दोलन तताउने तिनै सीता अहिले समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा सदस्य बनेकी छन्। उनी युवाको प्रतिनिधित्व गर्छिन्।

Ncell 2
Ncell 2
nimb
nimb

०००

सीताको जन्म २०४४ मा नुवाकोटको शिवपुरी गाउँपालिका- ८, छानापति गाउँमा भएको हो। उनको गाउँ काठमाडौंबाट २३ किलोमिटर टाढा रहेको छ। परिवारमा आमा, पाँच दिदीबहिनी र तीन दाजुभाइ छन्। बुबाको भने पाँच वर्षअघि निधन भइसकेको छ। 

उनको परिवारको मनग्ये खेतीपाती थियो। खान-लाउन दु:ख थिएन। खान पुगेर केही अन्नपात बिक्री समेत हुन्थ्यो। खेती-किसानी नै परिवारको आर्थिक स्रोत थियो।

उनीहरुले कहिले बालीघरे प्रथा गरेर खानुपरेन। सबै जातजातिका मानिसको बसोबास थियो उनको गाउँमा। परिवार पाल्न गाह्रो नभए तापनि छोरी पढाउनुपर्छ भन्ने चेतना भने आएको थिएन। छोरालाई विद्यालय सहजै पठाउने तर छोरीलाई मेलापात गराउने समाजको चलन नै थियो।

Xtrem

Xtrem

उनले भने आठ छोराछोरीमा सजिलै शिक्षा ग्रहण गर्ने वातावरण पाइन्। 'म सबैभन्दा भाग्यामानी भएझैं लाग्छ,' उनले भनिन्, 'म भन्दा कान्छा भाइबहिनीले समेत राम्रोसँग पढ्ने अवसर पाएनन्। म भने त्यो अवसरबाट बञ्चित हुनुपरेन।'

सीताले १० कक्षासम्म जनज्ञान माविमा अध्ययन गरिन्। कक्षामा सबैजसो गैरदलित समुदायका हुन्थ्ये। उनी र अर्को एक जना मात्र दलित समुदायका महिला कक्षामा थिए। सँगै पढ्ने साथीको सात कक्षामा पढ्दापढ्दै विवाह भएकोले सीता एक्लो भइन्। समुदायमा पढ्ने दलित समुदायको उनी मात्र भइन्। 

२०६० सालमा एसएलसी दिइन्। उनको घर काठमाडौं जिल्लासँग जोडिएको थियो। आफन्तहरु काठमाडौंमै  बसोबास गर्थे। सीता एसएलसी दिएर काठमाडौं आइन्। र, दिदीसँग मैतिदेवीमा बसिन्।

प्रमाणपत्र तह भने पद्मकन्या बहुमुखी क्याम्पस बागबजारमा जनसंख्या र नेपाली लिएर अध्ययन गरिन्। विद्यालयमा नै मिहिनेती र लगनशील भएकाले परिवारले सहजै काठमाडौं पठाउन माने। स्नातक पनि पद्मकन्या बहुमुखी क्याम्पसबाट समाजशास्त्र र ग्रामीण विकास लिएर अध्ययन गरिन्। उनले स्नातकोत्तर भने त्रिभुवन विश्वविद्यालयबाट गरिन्। उनले नेपाल ल क्याम्पसबाट एलएलबी समेत गरेकी छिन्।

जमिन धेरै भएको हुनाले आफन्तले नै उनको परिवारको जमिन हडपेका थिए। त्यसले गर्दा कताकता मनमा विद्रोह उत्पन्न भएको थियो। त्यसैले पनि कानुन अध्ययन गरेकी थिइन् सीताले।

विद्यार्थी राजनीतिबाट उदाएकी सीता
उनको परिवारमा अरु कोही पनि राजनीतिमा छैनन्। दाइहरुमा भने राजनीतिक चेतना थियो। कुनै पार्टीमा प्रत्यक्ष नजोडिए पनि नेपाली कांग्रेसप्रति आस्था थियो। यही क्रममा सीता पनि कांग्रेसको राजनीतिमा होमिइन्। नेपाली कांग्रेसका नेता रामशरण महत र प्रकाशशरण महतको घर र उनको घर वारिपारि थियो। जसले गर्दा कांग्रेसमा आस्था बढेको उनी बताउँछिन्।

सुरुमा राजनीतिक चासो भए पनि कसरी लाग्ने आइडिया थिएन। जब पद्मकन्या क्याम्पसमा भर्ना भइन्। त्यतिबेलादेखि उनलाई राजनीतिमा लाग्न सहज भएको थियो। त्यो समय राजसंस्था विरुद्धका नारा सडकमा उर्लिंदै थिए। कलेजमा आउँदा-जाँदा ती कुराले विद्रोह गर्ने चेत खुल्न थाल्यो। 

पहिलो पटक पद्मकन्या क्याम्पसको कक्षाको प्रारम्भिक कमिटीमा सदस्य भइन्। पछि इकाई कमिटीमा आवद्ध भइन्। पछि २०६२ सालमा नेपालमा विद्यार्थी संघबाट स्वतन्त्र विद्यार्थी युनियनमा सदस्यमा निर्वाचित भइन्। 

विद्यार्थी राजनीतिबाट उदाएका सीता पछि जिल्ला गएर जिल्ला कमिटी सदस्य भइन्। क्षेत्रीय कमिटीमा बसेर काम गरिन्। नेपाली कांग्रेसको १२औं महाधिवेशनमा जिल्लाबाट प्रतिनिधि भएर आइन्। 

त्यसपछि भने दलित संघमा केन्द्रीय सदस्य भइन्। महिला संघमा पनि आवद्ध भएर विभिन्न जिल्लामा प्रशिक्षण कार्यक्रम चलाइन्। १३औं महाधिवेशनमा दलित कोटाबाट केन्द्रीय सदस्य लडिन्। तर पराजित भइन्। १४औं महाधिवेशन पनि खुला महिला कोटाबाट केन्द्रीय सदस्य लडिन्। यस पटक पनि पराजित भइन्। तर पार्टीको कार्यक्रममा निरन्तर छन्।

दोस्रो प्रयासपछि सफल
२०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिकमा उनको नाम थियो। तर अन्तिम सूचीमा उनको नाम अटाएन। दोस्रो पटक २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि समानुपातिक सूचीमा नाम सिफारिस भएको थियो। त्यसपटक पनि अन्तिममा नाम हटाइयो। अन्ततः दोस्रो प्रयासपछि भने उनी सांसद बनेकी छन्। 

संसद् नियम-कानुन निर्माण गर्ने थलो हो। पहिलो पटक संसद् छिर्दा अवसर र चुनौती दुवै रहेको सीताले बताएकी छन्।

उनी भन्छिन्, ‘म सडकबाट आएको मान्छे हुँ। विद्यार्थी, सीमान्तकृत, दलित, जनजाति, पिछडिएका महिलाको न्यायका लागि आवाज उठाउँछु।'

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १२:३७
  • #नयाँ सांसद
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि मन्त्रालयले उक्त विधेयक संघीय संसद्‍मा दर्ता गर्ने बुझिएको छ। सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? मुद्दा दायर गर्नेमा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा, मन्त्रीहरू गिरबहादुर तामाङ, राजेन्द्र प्रजापती र राजु विष्ट तथा सांसद... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, कसको कतिमा हुँदैछ खरिद बिक्री? मंगलबार, असोज १३, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची मंगलबार, असोज १३, २०८३
वर्षाले रोक्यो क्वार्टरफाइनल, श्रीलंकासँग खेल्न नपाई नेपाल बाहिरियो मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्