म्याड्रिड (एजेन्सी)– बार्सिलोनाका खेलाडीले चर्चित स्ट्राइकर लिओनल मेसीको गोप्य कुरा उनका कट्टर प्रतिद्वन्द्वी रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोलाई बताएको स्पेनिस न्युज पेपर डन बालोनले खुलासा गरेको छ।
बार्सिलोनाका खेलाडी आन्द्रे गोमेसले पोर्चुगलको राष्ट्रिय टोलीको अभ्याससत्रमा रोनाल्डोलाई मेसीको गोप्य जानकारी दिएका छन् । उनले नोउ क्याम्पमा प्रशिक्षक इर्नेस्टो भाल्भेर्डेभन्दा मेसी प्रभावशाली भएको गोप्य सूचना रोनाल्डोलाई दिएको पत्रिकाले खुलासा गरेको छ।
बार्सिलोनामा गोमेस र मेसीबीच कटु सम्बन्ध यथावत् छ । भ्यालेन्सियाबाट बार्सिलोना भित्रिएका गोमेस बालोन डि’ओरको दावेदारका रुपमा रोनाल्डोलाई समर्थन गर्छन्।
गोमेसको बार्सिलोना बसाइँ शंकास्पद मानिएको छ । बेलायतबाट प्रकाशित हुने ‘द सन’ पत्रिकाले टोटेनहमका प्रमुख माउरिसो पोचेटिनोले गोमेसलाई भित्र्याउन गत महिना कुरा थालेको दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।