काठमाडौं– जेम्स क्यामरुन निर्देशित ‘अवतारः द वे अफ वाटर’ विश्वका विभिन्न देशमा चर्चा कमाइरहेको छ।
यो फिल्मले भारतमा पनि निकै राम्रो कमाइ गरिरहेको छ। फिल्मले ‘दृश्यम २’, ‘सर्कस’लगायत सबै हिन्दी फिल्मलाई पछि पारेको छ।
१८ नोभेम्बरमा रिलिज भएको ‘दृश्यम २’ले सुरुवातदेखि नै बक्स अफिसमा बलियो पकड बनाएको छ। तर ‘अवतार’ले रिलिज हुनेबित्तिकै ‘दृश्यम २’को गतिमा ब्रेक लगायो।
‘अवतार: द वे अफ वाटर’ले भारतमा अहिलेसम्म ३३५.४४ करोड बटुलेको छ भने २८४.७५ करोड नेट कमाएको छ।
फिल्मले हिन्दी भाषामा हालसम्म ९१.३ करोडको आँकडा छोएको छ भने बुधबार १३औं दिन करिब ३ करोड कमाएको छ।
फिल्मले तमिल, तेलुगु, मलयालम भाषामा पनि राम्रो कमाइ गरिरहेको छ। फिल्मले अहिलेसम्म विश्वभर ८ हजार २ सय ९० करोड कमाएर आफ्नै फिल्म ‘अवतार’को कीर्तिमान तोडेको छ।
कोभिड-१९ पछि ‘ अवतार २’ बक्स अफिसमा धमाका मच्चाउने फिल्ममध्ये एक बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।