मुम्बई- भारतीय अभिनेता सलमान खान ५७ वर्ष पूरा भए। मंगलबार ५७ वर्ष पुगेका उनको जन्मदिनको शुभकामना दिन फ्यानहरु उनको घरअघि जम्मा भएका थिए।
सलमानको एक झलकका लागि ठूलो संख्यामा उपस्थित शुभेच्छुकमाथि प्रहरीले लाठीचार्ज गरेको छ। सलमान रहने ग्यालेक्सी अपार्टमेन्ट बाहिरको भीडले तोकिएको सीमा उलंघन गर्न थालेपछि माहोललाई नियन्त्रणमा लिन लाठीचार्ज गर्नुपरेको मुम्बई प्रहरीले जनाएको छ।
भीड नियन्त्रणमा आएपछि सलमानले बार्दलीबाट सबैलाई धन्यवाद दिएका थिए। यसअघि सलमानले जन्मदिनको एक पार्टीसमेत दिएका थिए। जहाँ शाहरुख खानलगायत बलिउड सेलिब्रिटीले उक्त पार्टीमा रमाइलो गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।