काठमाडौं– नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल अञ्जन रुपाखेती मृत फेला परेका छन्।
नेपाली सेनाको २४ नम्बर बाहीनी जुम्लामा कार्यरत प्रमुख सेनानी रुपाखेती सोमबार बिहान बाथरुममा झुण्डिएको अवस्थामा फेला परेका हुन्।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी नारायण सिलवालले रुपाखेती मृत भेटिएको पुष्टि गरे। ‘झुण्डिएको अवस्थामा शव फेला परेको छ। प्रहरी गएर घटनाको अनुसन्धान सुरु गरिसकेको छ। पोष्टमार्टमपछि मात्र घटनाको कारण खुल्नेछ।’
रुपाखेती सरकारी क्वार्टरको बाथरुममा बिहान झुन्डिएको अवस्थामा फेला परेका थिए। कर्णेल रुपाखेतीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।