• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

शक्ति बाँडफाँटको केन्द्रमा रहेको प्रधानमन्त्री पदमा प्रचण्ड, अरु पदमा को–को?

64x64
ईश्वर बराल सोमबार, पुस ११, २०७९  ०६:३३
1140x725

काठमाडौं– आइतबार मध्याह्नपछि नेपालको राजनीतिमा अनपेक्षित रुपमा नयाँ घटनाक्रमहरुको विकास भयो। जसले अनपेक्षित समीकरण बन्यो। तर यो गठबन्धन बन्ने पूर्वआभास नभएको भने हैन। एमाले नेतृत्वमा बनेको गठबन्धनले सत्ता बाँडफाँटको केन्द्रमा रहेको प्रधानमन्त्री पद माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएपछि नयाँ राजनीतिक समीकरण बन्यो। प्रधानमन्त्री टुङ्ग्याइएसँगै संघ र ७ वटा प्रदेशका करिब ३ दर्जन महत्त्वपूर्ण पदहरुको बाँडफाँटमा आगामी छलफलहरु केन्द्रित हुने देखिन्छ। 

आइतबार बनेको सत्ता गठबन्धनमा एमाले, मोओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन्। 

शक्ति बाँडफाँटको केन्द्रमा रहेको प्रधानमन्त्री पद टुङ्गिएसँगै अब यो गठबन्धनले राष्ट्रपति, सभामुख, उपसभामुख, रिक्त रहेको राष्ट्रिय सभा उपाध्यक्ष, ७ प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु गरी १४ जना, प्रदेश सभाका सभामुख र उपसभामुख सहित १४ जना लगायत करिब ३ दर्जन पदहरुको बाँडफाँड टुङ्ग्याउनुपर्ने छ। 

नयाँ बनेको सत्ता गठबन्धनभित्र राष्ट्रपति र सभामुख पद गठबन्धनको ठूलो दल एमालेले लिने सहमति भएको नेताहरुले बताएका छन्। अब उपराष्ट्रपति, उपसभामुख, राष्ट्रिय सभाको उपाध्यक्ष लगायत अन्य पदहरुको बाँडफाँटमा दलहरुको रस्सकस्सी हुने देखिन्छ। 

यो पनि पढ्नुहोस

अब राष्ट्रपति र सभामुख को? 

संघमा बन्ने सरकारको स्वरुपसँगै प्रदेशमा पनि यहि गठबन्धनबाटै सरकार बन्ने निश्चित छ। प्रदेशहरुको संसदीय अङ्कलाई हेर्ने हो भने माओवादी केन्द्रले कम्तीमा २ प्रदेशको नेतृत्व गर्ने देखिन्छ भने बाँकी ५ वटा प्रदेशको नेतृत्व एमालेले गर्ने देखिन्छ। 

प्रदेश १ एमाले ठूलो दल, नेतृत्व पनि एमालेकै
यो प्रदेशमा एमाले–माओवादी केन्द्र गठबन्धन दुई तिहाइ नजिकको बहुमतमा छ। ९३ सदस्य रहको प्रदेश सभामा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ। यो प्रदेशमा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ सांसद सहित करिब दुई तिहाइ नजिकको सरकार बन्ने अवस्था छ। 

एमालेको नेतृत्वमा सरकार बने यो प्रदेशमा एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री बन्नेछन्। कार्की आइतबार मात्रै संसदीय दलको नेतामा चयन भएका छन्। 

मधेस प्रदेशमा एमाले–माओवादी–जसपा गठबन्धन बहुमतमा सरकारको दावीमा एमाले–जसपा  
१०७ सांसद रहेको मधेस प्रदेशमा सरकार बन्न ५४ सांसद संख्या आवश्यक रहन्छ। यो प्रदेशमा एमालेका २३, माओवादी केन्द्रका ८, राप्रपाका १, जसपाका १६, जनमत पार्टीका १३, नागरिक उन्मुक्तिका १ सांसद सहित ६२ सांसद रहेको बहुमतको सरकार बन्ने भएको छ। यो प्रदेशको मुख्यमन्त्रीमा एमाले र जसपाको दाबी हुनसक्छ। संसदीय दलको नेता टुङ्गिनसकेकोले मुख्यमन्त्री को बन्छ भन्ने स्पष्ट छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

बागमती प्रदेशमा एमाले–माओवादी–राप्रपा सुविधाजनक बहुमतमा, सरकार आलोपालो!
११० सांसद रहेको बागमती प्रदेशमा सरकार गठनका लागि ५६ सांसद संख्या आवश्यक रहेको छ। एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३ सांसदसहित सुविधाजनक बहुमतको सरकार बन्ने सम्भावना छ। 

यो प्रदेशमा एमाले र माओवादी केन्द्रले आलेपालो नेतृत्वमा सरकार बनाउन सक्छन्। तर संसदीय दलको नेता नटुङ्ग्याएकोले मुख्यमन्त्रीमा कसको अनुहार आउने भन्ने यकिन भइसकेको छैन। 

गण्डकीमा एमाले–माओवादी केन्द्र–राप्रपालाई झिनो बहुमत, सरकारको नेतृत्वमा एमाले
६० सांसद रहेको गण्डकी प्रदेशमा सरकार बन्नका लागि ३१ सांसद संख्या आवश्यक पर्छ। एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ सहित स्पष्ट बहुमतको सरकार बन्ने भएको छ। 

यो प्रदेशमा एमालेकै नेतृत्वमा सरकार बन्ने देखिन्छ। एमालेकै नेतृत्वमा सरकार बन्दा नेता खगराज अधिकारी मुख्यमन्त्री बन्नेछन्। अधिकारी एमाले गण्डकी प्रदेशका संसदीय दलका नेतामा चयन भएका छन्। 

लुम्बिनी प्रेदशमा एमाले–माओवादी गठबन्धनलाई स्पष्ट बहुमत, नेतृत्व एमालेको
८७ सांसद रहेको लुम्बिनी प्रदेशमा सरकार गठनका लागि ४४ सांसद संख्या आवश्यक पर्छ। २९ सांसदसहित एमाले पहिलो दल बनेको छ। 

यस्तै, माओवादी केन्द्रका ८ सांसद, राप्रपाका ४ सांसद, जसपाका ३ सांसद, जनमत पार्टीका ३ सांसद, नागरिक उन्मुक्तिका ४ सांसद सहितको गठबन्धन सरकार बन्ने सम्भावना छ। संसदीय दलको नेतृत्व कसले गर्ने भन्ने टुङ्गो नभइसके पनि सरकारको नेतृत्व भने एमालेले नै गर्ने देखिन्छ। 

कर्णाली प्रदेशमा एमाले–माओवादीकै स्पष्ट बहुमत, नेतृत्व माओवादी केन्द्रको
४० सांसद रहेको यो प्रदेशमा सरकार गठनका लागि २१ सांसद संख्या आवश्यक पर्छ। एमालेका १० सांसद, माओवादी केन्द्रका १३ सांसद, राप्रपाका १ सांसदसहित स्पष्ट बहुमतको सरकार बन्ने देखिन्छ। यो गठबन्धनमा माओवादी केन्द्र ठूलो दल रहेकाले सरकार पनि उसैको नेतृत्वमा बन्ने देखिन्छ। तर संसदीय दलको नेतृत्वको टुङ्गो नगरेकोले मुख्यमन्त्री को हुन्छन् भन्ने टुङ्गो छैन। 

सुदूरपश्चिम प्रदेशमा एमाले–माओवादी गठबन्धनलाई स्पष्ट बहुमत, नेतृत्व आलोपालो 
५३ सांसद रहेको सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि २७ सांसद संख्या आयश्यक पर्छ। यो प्रदेशमा एमालेका १० सांसद, माओवादी केन्द्रका ११ सांसद, राप्रपाका १ सांसद, नागरिक उन्मुक्ति पार्टीका ७ सांसद सहितको स्पष्ट बहुमतको सरकार बन्ने देखिएको छ। 

यो प्रदेशमा माओवादी केन्द्र र एमालेले सरकारको नेतृत्व आलोपालो गर्न सक्छन्। माओवादी केन्द्रले सरकार बनाए यसका नेता खगराज भट्टले नेतृत्व गर्न सक्छन्। तर संसदीय दलको नेतृत्व भने टुङ्गिसकेको छैन। 

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  ०६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
आज देशैभर कांग्रेसको पालिका अधिवेशन नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। सो पार्टीको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्न... बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सिंहदरबारमा बिहान ११:०० बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको... बुधबार, असोज ७, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ लामिछानेले नेपालको राष्ट्रिय हित तथा नेपालका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न प्रधानमन्त्री शाहको भ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
आज देशैभर कांग्रेसको पालिका अधिवेशन बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै बुधबार, असोज ७, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्