• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर २१, २०८२ Sun, Dec 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

शक्ति बाँडफाँटको केन्द्रमा रहेको प्रधानमन्त्री पदमा प्रचण्ड, अरु पदमा को–को?

64x64
ईश्वर बराल सोमबार, पुस ११, २०७९  ०६:३३
1140x725

काठमाडौं– आइतबार मध्याह्नपछि नेपालको राजनीतिमा अनपेक्षित रुपमा नयाँ घटनाक्रमहरुको विकास भयो। जसले अनपेक्षित समीकरण बन्यो। तर यो गठबन्धन बन्ने पूर्वआभास नभएको भने हैन। एमाले नेतृत्वमा बनेको गठबन्धनले सत्ता बाँडफाँटको केन्द्रमा रहेको प्रधानमन्त्री पद माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएपछि नयाँ राजनीतिक समीकरण बन्यो। प्रधानमन्त्री टुङ्ग्याइएसँगै संघ र ७ वटा प्रदेशका करिब ३ दर्जन महत्त्वपूर्ण पदहरुको बाँडफाँटमा आगामी छलफलहरु केन्द्रित हुने देखिन्छ। 

आइतबार बनेको सत्ता गठबन्धनमा एमाले, मोओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन्। 

शक्ति बाँडफाँटको केन्द्रमा रहेको प्रधानमन्त्री पद टुङ्गिएसँगै अब यो गठबन्धनले राष्ट्रपति, सभामुख, उपसभामुख, रिक्त रहेको राष्ट्रिय सभा उपाध्यक्ष, ७ प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु गरी १४ जना, प्रदेश सभाका सभामुख र उपसभामुख सहित १४ जना लगायत करिब ३ दर्जन पदहरुको बाँडफाँड टुङ्ग्याउनुपर्ने छ। 

नयाँ बनेको सत्ता गठबन्धनभित्र राष्ट्रपति र सभामुख पद गठबन्धनको ठूलो दल एमालेले लिने सहमति भएको नेताहरुले बताएका छन्। अब उपराष्ट्रपति, उपसभामुख, राष्ट्रिय सभाको उपाध्यक्ष लगायत अन्य पदहरुको बाँडफाँटमा दलहरुको रस्सकस्सी हुने देखिन्छ। 

यो पनि पढ्नुहोस

अब राष्ट्रपति र सभामुख को? 

संघमा बन्ने सरकारको स्वरुपसँगै प्रदेशमा पनि यहि गठबन्धनबाटै सरकार बन्ने निश्चित छ। प्रदेशहरुको संसदीय अङ्कलाई हेर्ने हो भने माओवादी केन्द्रले कम्तीमा २ प्रदेशको नेतृत्व गर्ने देखिन्छ भने बाँकी ५ वटा प्रदेशको नेतृत्व एमालेले गर्ने देखिन्छ। 

प्रदेश १ एमाले ठूलो दल, नेतृत्व पनि एमालेकै
यो प्रदेशमा एमाले–माओवादी केन्द्र गठबन्धन दुई तिहाइ नजिकको बहुमतमा छ। ९३ सदस्य रहको प्रदेश सभामा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ। यो प्रदेशमा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ सांसद सहित करिब दुई तिहाइ नजिकको सरकार बन्ने अवस्था छ। 

एमालेको नेतृत्वमा सरकार बने यो प्रदेशमा एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री बन्नेछन्। कार्की आइतबार मात्रै संसदीय दलको नेतामा चयन भएका छन्। 

मधेस प्रदेशमा एमाले–माओवादी–जसपा गठबन्धन बहुमतमा सरकारको दावीमा एमाले–जसपा  
१०७ सांसद रहेको मधेस प्रदेशमा सरकार बन्न ५४ सांसद संख्या आवश्यक रहन्छ। यो प्रदेशमा एमालेका २३, माओवादी केन्द्रका ८, राप्रपाका १, जसपाका १६, जनमत पार्टीका १३, नागरिक उन्मुक्तिका १ सांसद सहित ६२ सांसद रहेको बहुमतको सरकार बन्ने भएको छ। यो प्रदेशको मुख्यमन्त्रीमा एमाले र जसपाको दाबी हुनसक्छ। संसदीय दलको नेता टुङ्गिनसकेकोले मुख्यमन्त्री को बन्छ भन्ने स्पष्ट छैन। 

Ncell 2
Ncell 2

बागमती प्रदेशमा एमाले–माओवादी–राप्रपा सुविधाजनक बहुमतमा, सरकार आलोपालो!
११० सांसद रहेको बागमती प्रदेशमा सरकार गठनका लागि ५६ सांसद संख्या आवश्यक रहेको छ। एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३ सांसदसहित सुविधाजनक बहुमतको सरकार बन्ने सम्भावना छ। 

यो प्रदेशमा एमाले र माओवादी केन्द्रले आलेपालो नेतृत्वमा सरकार बनाउन सक्छन्। तर संसदीय दलको नेता नटुङ्ग्याएकोले मुख्यमन्त्रीमा कसको अनुहार आउने भन्ने यकिन भइसकेको छैन। 

गण्डकीमा एमाले–माओवादी केन्द्र–राप्रपालाई झिनो बहुमत, सरकारको नेतृत्वमा एमाले
६० सांसद रहेको गण्डकी प्रदेशमा सरकार बन्नका लागि ३१ सांसद संख्या आवश्यक पर्छ। एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ सहित स्पष्ट बहुमतको सरकार बन्ने भएको छ। 

यो प्रदेशमा एमालेकै नेतृत्वमा सरकार बन्ने देखिन्छ। एमालेकै नेतृत्वमा सरकार बन्दा नेता खगराज अधिकारी मुख्यमन्त्री बन्नेछन्। अधिकारी एमाले गण्डकी प्रदेशका संसदीय दलका नेतामा चयन भएका छन्। 

लुम्बिनी प्रेदशमा एमाले–माओवादी गठबन्धनलाई स्पष्ट बहुमत, नेतृत्व एमालेको
८७ सांसद रहेको लुम्बिनी प्रदेशमा सरकार गठनका लागि ४४ सांसद संख्या आवश्यक पर्छ। २९ सांसदसहित एमाले पहिलो दल बनेको छ। 

यस्तै, माओवादी केन्द्रका ८ सांसद, राप्रपाका ४ सांसद, जसपाका ३ सांसद, जनमत पार्टीका ३ सांसद, नागरिक उन्मुक्तिका ४ सांसद सहितको गठबन्धन सरकार बन्ने सम्भावना छ। संसदीय दलको नेतृत्व कसले गर्ने भन्ने टुङ्गो नभइसके पनि सरकारको नेतृत्व भने एमालेले नै गर्ने देखिन्छ। 

कर्णाली प्रदेशमा एमाले–माओवादीकै स्पष्ट बहुमत, नेतृत्व माओवादी केन्द्रको
४० सांसद रहेको यो प्रदेशमा सरकार गठनका लागि २१ सांसद संख्या आवश्यक पर्छ। एमालेका १० सांसद, माओवादी केन्द्रका १३ सांसद, राप्रपाका १ सांसदसहित स्पष्ट बहुमतको सरकार बन्ने देखिन्छ। यो गठबन्धनमा माओवादी केन्द्र ठूलो दल रहेकाले सरकार पनि उसैको नेतृत्वमा बन्ने देखिन्छ। तर संसदीय दलको नेतृत्वको टुङ्गो नगरेकोले मुख्यमन्त्री को हुन्छन् भन्ने टुङ्गो छैन। 

सुदूरपश्चिम प्रदेशमा एमाले–माओवादी गठबन्धनलाई स्पष्ट बहुमत, नेतृत्व आलोपालो 
५३ सांसद रहेको सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि २७ सांसद संख्या आयश्यक पर्छ। यो प्रदेशमा एमालेका १० सांसद, माओवादी केन्द्रका ११ सांसद, राप्रपाका १ सांसद, नागरिक उन्मुक्ति पार्टीका ७ सांसद सहितको स्पष्ट बहुमतको सरकार बन्ने देखिएको छ। 

यो प्रदेशमा माओवादी केन्द्र र एमालेले सरकारको नेतृत्व आलोपालो गर्न सक्छन्। माओवादी केन्द्रले सरकार बनाए यसका नेता खगराज भट्टले नेतृत्व गर्न सक्छन्। तर संसदीय दलको नेतृत्व भने टुङ्गिसकेको छैन। 

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  ०६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली उनले भने, ‘प्रधानमन्त्री सम्पत्ति शुद्धीकरण निवारणको विभागका प्रमुखलाई बोलाएर मुद्दा चलाउनुस्, प्रमाण जुटाउनुस्, गिरफ्तार गर्नुपर्‍य... शनिबार, मंसिर २०, २०८२
मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड मधेश प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै मधेश प्रदेश सरकार गठनका क्रममा तथाकथित समीकरण तोडिएर नयाँ समीकरण बनेको बताए । शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शिक्षा मन्त्री भएर पैसाको अभाव हुँदा आफूले धेरै शिक्षकहरूलाई स्थानीय भत्ता र महँगी भत्ता खुवाउन नसकेको बताएका छन्।६ लाख जनतालाई कालो... शनिबार, मंसिर २०, २०८२
ताजा समाचारसबै
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य शनिबार, मंसिर २०, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड शनिबार, मंसिर २०, २०८२
दाङको लमहीमा गोली चल्यो शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उज्यालो नेपाली पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले दिइन् राजीनामा शनिबार, मंसिर २०, २०८२
हेटौंडामा बिहानबाटै सडक विस्तार सुरू,५ सय सुरक्षाकर्मी परिचालन शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
एनपीएल-२ : सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा शनिबार, मंसिर २०, २०८२
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्