• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अब राष्ट्रपति र सभामुख को? 

64x64
नेपाल लाइभ आइतबार, पुस १०, २०७९  १९:०९
1140x725

काठमाडौ– मंसिर ४ गते निर्वाचन परिणाम आएसँगै नेकपा एमालेको संसदीय दलको कार्यालयमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ केही पत्रकारसँग कुरा गर्दै थिए। आगामी सरकारको समीकरणकै प्रशंगमा पत्रकारहरुले राष्ट्रपति को हो र प्रधानमन्त्री को भनी प्रश्न गरे।

नेम्वाङले आफ्नो कूटनीतिक शैलीमा जवाफ दिँदै भने, ‘एमालेको सर्मथनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री अनि एमालेको राष्ट्रपति बन्नुपर्छ।’ उनले राष्ट्रपतिको उम्मेदवार पूर्वसभामुख भएको र स्वतन्त्र भूमिका निभाएको व्यक्ति हुन उपयुक्त हुने भन्दै आफैँतिर संकेत गरेका थिए। 

नेम्वाङले गरेको यो संकेत मंसिर ४ गते भएको  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको परिणामले नयाँ सरकार तेस्रो ठुलो दलको नेतृत्वमा बन्ने भएको छ। माओवादी केन्द्रले ३२ सिटमा जित हात पारेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री हात पारेका छन्। एमालेसहित राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र अन्य स्वतन्त्र सांसदहरुले पनि हस्ताक्षर गरेका छन्। आइतबार विहानसम्म बालुवाटारमा चलिरहेको शक्ति वाँडफाँड एकाएक मोडियो। नेपाली काग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवैमा दाबी गरेपछि माओवादी केन्द्रले  एमालेसँग समानान्तर छलफल सुरु ग¥र्यो।

उक्त छलफल एक घण्टामै सहमतिमा बदलियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले आलोपालो सरकार चलाउने कुरामा सहमति जनाए। अनि, बहमुतका लागि राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र अन्य दललाई बालकोट नै बोलाए। उनीहरु सबैलाई राखेर छलफल गर्दै सहमति भयो। सहमतिअनुसार पहिलो कार्यकालमा प्रधानमन्त्री माओवादी केन्द्रले पाउने अनि राष्ट्रपति र सभामुख एमालेले पाउने भयो। एमालेले सरकारको नेतृत्व गर्दा सभामुख माओवादी केन्द्रले पाउनेमा ओलीले सहमति जनाए। उक्त सहमतिअनुसार एमाले नेतृत्वको सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीको दाबी पेश गरेको छ। राष्ट्रपति भण्डारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सोमबार सपथ गराउने कार्यक्रम छ। 

राष्ट्रपति र सभामुख क–कसको सम्भावना?  

Ncell 2
Ncell 2
nimb
nimb

एमालेले राष्ट्रपति पाउने भएपछि त्यसका लागि केही आकांक्षी देखिएका छन्। वर्तमान राष्ट्रपति भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी थिइन्। तेस्रो पटक राष्ट्रपति हुन नपाउने भएकाले एमालेले नयाँ उम्मेदवार मैदानमा ल्याउनुपर्ने छ।

राष्ट्रपतिको रुपमा बलियो दावेदार एमाले उपाध्यक्ष नेम्वाङ देखिन्छन्। त्यस्तै बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य पनि बलियो उम्मेदवार देखिन्छिन्। महिला अनि नेकपा विभाजनको समयमा ओलीसँगै बसेका कारण उनलाई बलियो उम्मेदवारको रुपमा देखिन्छ। संविधान सभाको अध्यक्षको रुपमा राम्रो भूमिका निभाउनुका साथै एमाले केपी शर्मा ओलीनिकट पनि भएकाले नेम्वाङ हुनसक्ने एमाले नेताहरुको दाबी छ।

त्यस्तै सभामुख पनि एमालेले पाउने सहमति भएकाले पहिलो चरणका लागि केही आकांक्षी हुनसक्ने ती नेताको दाबी छ। सभामुखका लागि गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङ बलियो दाबेदार देखिएका छन्। उपमहासचिव रहेका उनी ओलीनिकट पनि हुन्। एमाले अध्यक्ष ओलीसँग प्रष्ट कुरा गर्न सक्ने र एमाले माओवादी मिल्नुपर्ने लबिङ गर्दै आएका उनलाई माओवादीले पनि स्वीकार गर्ने देखिन्छ। नेपाली कांग्रेसको गठबन्धनभित्र निर्वाचनमा गएको बेला लमजुङमा प्रतिनिधि सभातर्फ गुरुङ उम्मेदवार भइरहँदा माओवादी केन्द्रका तर्फवाट महासचिव देव गुरुङ प्रतिस्पर्धामा थिए। तत्कालीन समयमा उनीहरु पछि हटेर एकले अर्कालाई छोड्न चाहेका थिए।

२०७४ सालको निर्वाचनमा देव गुरुङलाई सांसद बनाउन पृथ्वीसुब्वा गुरुङ प्रदेश सभामा बसेर गण्डकीको मुख्यमन्त्री बनेका थिए। यही फ्याक्टरका कारण उनी सभामुखको बलियो दाबेदार हुने देखिन्छ । यसैगरी एमालेभित्रै सभामुखका लागि विद्या भट्टराई र रघुवीर महासेठ पनि उम्मेदवारको रुपमा अघि सर्न सक्ने देखिन्छ। मधेशमा एमालेलाई पहिलो शक्ति बनाउन सफल भएका कारण उनलाई ओलीले बलियो स्पेस दिने देखिन्छ ।

रवीन्द्र अधिकारीको मृत्युपछि संसदीय राजनीतिमा आएकी उनी यसअघि उपसभामुखको उम्मेदवार भएकी थिइन्। कांग्रेसकी उम्मेदवार पुष्पा भुसालसँग पराजित भएकी थिइन् उनी। उपसभामुखमा पराजित भएको र ओलीसँग निकट रहेर काम गरेका अधिकारीको मृत्युका कारण पनि ओलीले उनलाई स्पेस दिनसक्ने देखिन्छ। उपराष्ट्रपति र उपसभामुखमा भने कुनै सहमति भएको सार्वजनिक भएको छैन। उपसभामुख फरक दलको बनाउनुपर्ने भएकाले राप्रपा वा रास्वपालाई दिनुपर्ने छ।
 

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १९:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना
सम्बन्धित सामग्री
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरसँग द्विपक्षीय भेटवार्ता भएको छ। बुधबार, असोज ७, २०८३
आज देशैभर कांग्रेसको पालिका अधिवेशन नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। सो पार्टीको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्न... बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सिंहदरबारमा बिहान ११:०० बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्