• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २३, २०८२ Thu, Oct 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
गठबन्धनमा शक्ति बाँडफाँट: देउवालाई दुई वर्षपछि शक्ति गुम्ने डर, अहिले राष्ट्रपति
64x64
डिबी खड्का आइतबार, पुस १०, २०७९  १२:४३
1140x725

काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सरकार आलोपालो चलाउने विषयमा सहमत भएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघि सारेको दुई-दुई-एक वर्षको प्रस्तावमा उनी सकारात्मक देखिएका छन्। 

तर, सत्ता गठबन्धनमा प्रधानमन्त्री आलोपालो गर्दा पहिले कसले पाउने भन्ने विषयमा भने अझै सहमति हुन सकेको छैन। प्रधानमन्त्री देउवा सरकार सञ्चालनलाई निरन्तरता दिन चाहन्छन्। दुई वर्षपछि मात्रै माओवादी केन्द्रलाई हस्तान्तरण गर्ने कुरामा उनले प्रचण्डलाई मनाउन खोजिरहेका छन्। 

दुई वर्षमा शक्ति गुम्ने डर!
कांग्रेस एक नेताका अनुसार हालै संसदीय दलको नेतामा निर्वाचित देउवा प्रधानमन्त्रीका लागि दुई पर्खिदा शक्ति कायम रहन नसक्ने देखिरहेका छन्। उनीनिकट एक नेताका अनुसार कांग्रेस भित्रका गुटमा रहेको ध्रुवीकरणले दुई वर्षमा जे पनि हुन सक्ने अवस्था छ। 

त्यसैमाथि उनीसँग संसदीय दलको नेतामा पराजित गगन थापाले त्यही दिन कांग्रेसकै नेतृत्वमा सरकारलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिएका छन्। बन्द कोठामा भएको आलोपालो प्रधानमन्त्री बन्ने सहमतिको भारी पार्टीले नबोक्ने बताइसकेका छन्। 

शक्ति बाँडफाँटमा देउवाले पहिले प्रधानमन्त्री अर्कै पार्टीलाई दिँदा संस्थापनइतर समूहले यसलाई अजेन्डा बनाउने निश्चित छ। पार्टीमा विभिन्न आश्वासन दिइएका सांसदहरुलाई शक्ति बाहिर हुँदा पूरा गर्न नसकिने देउवाले बुझेका छन्। संसदीय दलको नेतामा चयन हुँदा धेरै सांसदहरुलाई मन्त्री बनाउने आश्वासन दिइएको छ। झन्डै ४० जनालाई उनले आश्वासन दिएको चर्चा संसदीय दलको चुनावअघि नै भएको थियो। 

कांग्रेसले बढीमा ८ मन्त्री पाउने भएकाले दुई वर्षमा उनीहरुको पालो पुर्‍याउन सम्भव छैन। पालो गर्दा पनि हटाइनेहरु असन्तुष्ट रहने जोखिम रहन्छ। यसले गर्दा दुई वर्षमा हिसाब गडबड हुने देउवाले देखेका छन्। महामन्त्री थापाले संसदीय दलमा पराजित भएपछि फेरि सोही पदका लागि आफूले प्रयास गरिरहने घोषणा गरेका छन्। थापानिकट नेताहरुका अनुसार पाँच वर्षको बीचमा बहुमत सांसदको हस्ताक्षर संकलन गरेर देउवालाई संसदीय दलको नेताबाट फिर्ता बोलाउने प्रयास हुनेछ। 

जुनसुकै बेला शक्ति स्थान्तरण भइरहने नेपाली राजनीतिमा दुई वर्षपछि आफू प्रधानमन्त्री हुनेमा देउवा ढुक्क छैनन्। उमेरका हिसाबले पनि सक्रियता घट्दै गएका देउवा त्यसैले प्रधानमन्त्रीमा निरन्तरता दिन चाहन्छन्।    

अहिले राष्ट्रपति गुम्ने डर
प्रधानमन्त्रीमा देउवालाई निरन्तरता दिन प्रचण्डलगायत सत्ता गठबन्धनका दलहरुलाई कुनै समस्या छैन। तर, अहिले नेतृत्व गर्ने दलले नै राष्ट्रपति नपाउने अडान उनको छ। कांग्रेसले प्रधानमन्त्रीमा निरन्तरता खोजेको भन्दै राष्ट्रपति माओवादी केन्द्र वा एकीकृत समाजवादीका भागमा पर्नुपर्ने उनको भनाइ छ। 

Ncell 2
Ncell 2

सत्ता गठबन्धनको शक्ति सन्तुलनका लागि समेत दुई पदमा एउटै दल हुन नहुने उनको बुझाइ छ। सुरुमा आफ्नो पार्टीका लागि लबिङ गरेका उनले अहिले उक्त पदमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई अघि सारिरहेका छन्। 

नेपाल राष्ट्रपति बन्दा दलको नेतृत्व गर्ने छैनन्। त्यस्तो अवस्थामा यसअघि प्रचण्ड, नेपाल र बाबुराम भट्टराईले छलफल चलाएको समाजवादी केन्द्र निर्माणमा समेत सहज हुने देखिन्छ। 

देउवाले पार्टीकै अर्का नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिका लागि आश्वासन दिएको राजनीतिक घटनाक्रमले देखाइसकेको छ। उनले संसदीय दलको नेताको निर्वाचनमा पौडेललाई आफ्नो प्रस्तावक बनाउन सफल भएका छन्। कांग्रेस बाहेकका दललाई राष्ट्रपति बनाउने अवस्था आउँदा प्रस्ताव पौडेल नै असन्तुष्ट हुनेछन्। त्यसले देउवाविरोधी जनमत बलियो बनाउन सहयोग पुग्नेछ। साथै त्यही विषयलाई अघि सारेर देउवाको पार्टीमा चर्को आलोचना हुनेछ। 

अन्तिम छलफलमा शिर्ष तीन
बालुवाटारमा सत्ता गठबन्धनको बैठक बोलाइएको छ। त्यसअघि देउवा र प्रचण्डले 'वान टू वान'  छलफल गरेका छन्। एकीकृत समाजवादीका अध्यक्ष नेपाल उनीहरुको छलफलपछि प्रवेश गरेका छन्। 

पद बाँडफाँटको हिसाबकिताब तीन शिर्ष नेताहरुले मिलाएपछि संयुक्त बैठक बस्ने तयारी गरिएको छ। गठबन्धनको बैठकमा राष्ट्रपतिका आकांक्षी समेत रहेका पौडेल हुने भएकाले पनि तीन नेताकै बैठकमा टुंगो लगाउनुपर्ने अवस्था छ। 

उनीहरुले गर्ने छलफल नै अन्तिम हुनेछ। उनीहरुबीच मुख्य पद र प्रधानमन्त्रीको आलोपालोमा कुरा मिलेपछि सत्ता गठबन्धनमा सहभागी गराउनुपर्ने दलको विषयले प्रवेश पाउनेछ। प्रवेश गर्न चाहेका नयाँ दलहरुले उनीहरुलाई दिनुपर्ने पदहरुका विषयमा मात्रै गठबन्धनको बैठकमा छलफल हुनेछ। 

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १२:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
देउवाले बोलाए पदाधिकारी बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर बालेनकै योजनामा आफूसहित केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुपर्छ भनेर दबाब अभियान चलाइ... बुधबार, असोज २२, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह २६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । कतिपयले केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गरे हुन्न भन्ने गरेको उल्लेख गर्दै तिन... मंगलबार, असोज २१, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
टी-२० विश्वकप छनोट: नेपालले टस हार्‍यो, कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्