• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गठबन्धनमा शक्ति बाँडफाँट: देउवालाई दुई वर्षपछि शक्ति गुम्ने डर, अहिले राष्ट्रपति

64x64
डिबी खड्का आइतबार, पुस १०, २०७९  १२:४३
1140x725

काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सरकार आलोपालो चलाउने विषयमा सहमत भएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघि सारेको दुई-दुई-एक वर्षको प्रस्तावमा उनी सकारात्मक देखिएका छन्। 

तर, सत्ता गठबन्धनमा प्रधानमन्त्री आलोपालो गर्दा पहिले कसले पाउने भन्ने विषयमा भने अझै सहमति हुन सकेको छैन। प्रधानमन्त्री देउवा सरकार सञ्चालनलाई निरन्तरता दिन चाहन्छन्। दुई वर्षपछि मात्रै माओवादी केन्द्रलाई हस्तान्तरण गर्ने कुरामा उनले प्रचण्डलाई मनाउन खोजिरहेका छन्। 

दुई वर्षमा शक्ति गुम्ने डर!
कांग्रेस एक नेताका अनुसार हालै संसदीय दलको नेतामा निर्वाचित देउवा प्रधानमन्त्रीका लागि दुई पर्खिदा शक्ति कायम रहन नसक्ने देखिरहेका छन्। उनीनिकट एक नेताका अनुसार कांग्रेस भित्रका गुटमा रहेको ध्रुवीकरणले दुई वर्षमा जे पनि हुन सक्ने अवस्था छ। 

त्यसैमाथि उनीसँग संसदीय दलको नेतामा पराजित गगन थापाले त्यही दिन कांग्रेसकै नेतृत्वमा सरकारलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिएका छन्। बन्द कोठामा भएको आलोपालो प्रधानमन्त्री बन्ने सहमतिको भारी पार्टीले नबोक्ने बताइसकेका छन्। 

शक्ति बाँडफाँटमा देउवाले पहिले प्रधानमन्त्री अर्कै पार्टीलाई दिँदा संस्थापनइतर समूहले यसलाई अजेन्डा बनाउने निश्चित छ। पार्टीमा विभिन्न आश्वासन दिइएका सांसदहरुलाई शक्ति बाहिर हुँदा पूरा गर्न नसकिने देउवाले बुझेका छन्। संसदीय दलको नेतामा चयन हुँदा धेरै सांसदहरुलाई मन्त्री बनाउने आश्वासन दिइएको छ। झन्डै ४० जनालाई उनले आश्वासन दिएको चर्चा संसदीय दलको चुनावअघि नै भएको थियो। 

कांग्रेसले बढीमा ८ मन्त्री पाउने भएकाले दुई वर्षमा उनीहरुको पालो पुर्‍याउन सम्भव छैन। पालो गर्दा पनि हटाइनेहरु असन्तुष्ट रहने जोखिम रहन्छ। यसले गर्दा दुई वर्षमा हिसाब गडबड हुने देउवाले देखेका छन्। महामन्त्री थापाले संसदीय दलमा पराजित भएपछि फेरि सोही पदका लागि आफूले प्रयास गरिरहने घोषणा गरेका छन्। थापानिकट नेताहरुका अनुसार पाँच वर्षको बीचमा बहुमत सांसदको हस्ताक्षर संकलन गरेर देउवालाई संसदीय दलको नेताबाट फिर्ता बोलाउने प्रयास हुनेछ। 

जुनसुकै बेला शक्ति स्थान्तरण भइरहने नेपाली राजनीतिमा दुई वर्षपछि आफू प्रधानमन्त्री हुनेमा देउवा ढुक्क छैनन्। उमेरका हिसाबले पनि सक्रियता घट्दै गएका देउवा त्यसैले प्रधानमन्त्रीमा निरन्तरता दिन चाहन्छन्।    

अहिले राष्ट्रपति गुम्ने डर
प्रधानमन्त्रीमा देउवालाई निरन्तरता दिन प्रचण्डलगायत सत्ता गठबन्धनका दलहरुलाई कुनै समस्या छैन। तर, अहिले नेतृत्व गर्ने दलले नै राष्ट्रपति नपाउने अडान उनको छ। कांग्रेसले प्रधानमन्त्रीमा निरन्तरता खोजेको भन्दै राष्ट्रपति माओवादी केन्द्र वा एकीकृत समाजवादीका भागमा पर्नुपर्ने उनको भनाइ छ। 

nimb
nimb

सत्ता गठबन्धनको शक्ति सन्तुलनका लागि समेत दुई पदमा एउटै दल हुन नहुने उनको बुझाइ छ। सुरुमा आफ्नो पार्टीका लागि लबिङ गरेका उनले अहिले उक्त पदमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई अघि सारिरहेका छन्। 

नेपाल राष्ट्रपति बन्दा दलको नेतृत्व गर्ने छैनन्। त्यस्तो अवस्थामा यसअघि प्रचण्ड, नेपाल र बाबुराम भट्टराईले छलफल चलाएको समाजवादी केन्द्र निर्माणमा समेत सहज हुने देखिन्छ। 

देउवाले पार्टीकै अर्का नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिका लागि आश्वासन दिएको राजनीतिक घटनाक्रमले देखाइसकेको छ। उनले संसदीय दलको नेताको निर्वाचनमा पौडेललाई आफ्नो प्रस्तावक बनाउन सफल भएका छन्। कांग्रेस बाहेकका दललाई राष्ट्रपति बनाउने अवस्था आउँदा प्रस्ताव पौडेल नै असन्तुष्ट हुनेछन्। त्यसले देउवाविरोधी जनमत बलियो बनाउन सहयोग पुग्नेछ। साथै त्यही विषयलाई अघि सारेर देउवाको पार्टीमा चर्को आलोचना हुनेछ। 

अन्तिम छलफलमा शिर्ष तीन
बालुवाटारमा सत्ता गठबन्धनको बैठक बोलाइएको छ। त्यसअघि देउवा र प्रचण्डले 'वान टू वान'  छलफल गरेका छन्। एकीकृत समाजवादीका अध्यक्ष नेपाल उनीहरुको छलफलपछि प्रवेश गरेका छन्। 

पद बाँडफाँटको हिसाबकिताब तीन शिर्ष नेताहरुले मिलाएपछि संयुक्त बैठक बस्ने तयारी गरिएको छ। गठबन्धनको बैठकमा राष्ट्रपतिका आकांक्षी समेत रहेका पौडेल हुने भएकाले पनि तीन नेताकै बैठकमा टुंगो लगाउनुपर्ने अवस्था छ। 

उनीहरुले गर्ने छलफल नै अन्तिम हुनेछ। उनीहरुबीच मुख्य पद र प्रधानमन्त्रीको आलोपालोमा कुरा मिलेपछि सत्ता गठबन्धनमा सहभागी गराउनुपर्ने दलको विषयले प्रवेश पाउनेछ। प्रवेश गर्न चाहेका नयाँ दलहरुले उनीहरुलाई दिनुपर्ने पदहरुका विषयमा मात्रै गठबन्धनको बैठकमा छलफल हुनेछ। 

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १२:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
सरकारले भन्यो: चीनतर्फ तालबाटग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यसबारे जानकारी गराएका हुन् । शुक्रबार, भदौ १२, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ३ निर्णय शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको बैठकपछि शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका... शुक्रबार, भदौ १२, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
‘नाडा अटो शो’को आज चौथो दिन, बुकिङ गर्नेले चाडपर्वमा गाडी पाउने शुक्रबार, भदौ १२, २०८३
बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता शुक्रबार, भदौ १२, २०८३
काठमाडौं–धुन्चे सडकखण्ड साना सवारीका लागि सञ्चालनमा, रसुवा पुनः सडक सञ्जालसँग जोडियो शुक्रबार, भदौ १२, २०८३
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  चार अर्ब ९ करोड पुग्यो, पछिल्लो ३६ घण्टामै एक अर्ब ९१ करोड सहयोग संकलन शुक्रबार, भदौ १२, २०८३
हिमपहिरोपछि बनेको तालमा पानीको सतह बढ्दै, जोखिम कायमै : चिनियाँ दूतावास शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्