• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

ओलीले लेख्दै छाडेका कविताहरू... 

64x64
नेपाल लाइभ शुक्रबार, पुस ८, २०७९  १८:५६
1140x725

केपी शर्मा ओलीज्यू, तपाईं आफूलाई कति भाग्यमानी ठान्नु हुन्छ ?

छानेर नि हैन, हैन जानी–जानी
तर जन्मे नेपालमै 
मत भाग्यमानी
कति भाग्यमानी

भर्खरै हामीले सुनेको शिशिर योगीले गाएको यो गीत अप्रेसन गरिसकेपछि, बेडमा होस् खुल्दा केही पनि गर्न नसक्दा, अप्रेसन सफल भएर बेडमा सुतेका बेला रचना गरेको हुँ । 

भाग्यमानीको दुईवटा अर्थ हुन्छ । एउटा भगवानले गरिदिएको, भगवानले बनाइदिएको, भगवानले कमाइदिएको भन्ने । अर्को आफ्नै कमाइ, मेहनत र परिश्रमले होइन स्वतः आइलागेको। साह्रै राम्रो संयोग । कुनै सकारात्मक उपलब्धि स्वतः आइलाग्यो भने पनि भाग्यमानी भन्छौं हामी । 

यसै त भगवानले गराइदिने कुराका राम्रा नराम्रा पक्षहरू छन् ।

इतिहासको सानो सन्दर्भ स्मरण गर्न चाहन्छु । जर्मनी युरोपको ठूलो र महत्वपूर्ण देश हो । १९ औं शताब्दीको अघिल्लो अवधिमा जर्मनीमा जे हुन्छ ईश्वरले भनेको हुन्छ, जे गर्छ ईश्वरले गर्छ भन्ने थियो ।  

मैले गीतमा भाग्मानी निकम्मा भाग्यवादमा विश्वास गरेर होइन । मेरो देशमा अब किड्नी ट्रान्सप्लान्ट, अर्गान ट्रान्सप्लान्टजस्ता सर्जरी पनि भएका छन्। सर्जरी गर्ने विज्ञ नेपालमा जन्मिएका छन् । त्यतिखेर म प्रधानमन्त्री थिएँ । प्रधानमन्त्रीजस्तो मान्छेले पनि सुविधा खोज्दै अन्त जानु परेन। मैले भरोसा गरेँ आफ्नो देशलाई, आफ्नो अस्पताललाई। मैले आफ्ना डाक्टर र नर्सहरूलाई भरोसा गरेँ । म सफल भएको छु। त्यसैले यो देशले विकास गर्न सक्छ । 

म छानेर नेपालमा जन्मिएको होइन । तर, यो देशमा जन्मिनु, यो शिवभूमिमा जन्मिनु, यो बुद्धभूमिमा जन्मिनु, यो व्यासभूमि, यो विद्वानहरूको भूमिमा जन्मिनु असाध्यै भाग्यमानी लाग्यो मलाई । त्यसरी मैले आफूलाई भाग्यमानी मानेँ र गीतमा लेखेँ । 

Ncell 2
Ncell 2
nimb
nimb

मिर्गाैला प्रत्यारोपण गर्दाको समय त्यो कसरी गर्ने भनेर डाक्टर चिन्तित थिएँ । डराइरहेका थिए। तर, तपाईंले नडराउनु भन्नु भयो। बाँच्छु भनेर मनोबल बढाइरहनु भयो ? त्यतिखेर म नेपालमै मिर्गौला प्रत्यारोपण गर्न तयार छु भन्ने निर्णय कसरी लिनुभयो ?

त्यसबेला म प्रधानमन्त्री थिएँ र सरकारले मेरो उपचार खर्च बेहोथ्र्याे । तर, बाहिर जाँदा ३० देखि ५० लाखसम्म साधारणतया खर्च हुन्थ्यो । त्योभन्दा बढी पनि हुन्थ्यो। तर, नेपालमा आफैँले मेहनत गरेर त्यो सुविधा र उत्कृष्टता हामीले प्राप्त गरेका छौं। नेपालमै डाक्टरहरू त्यो क्षमता राख्नुहुन्छ ।

त्यस स्तरको ज्ञान, अभ्यास, उपकरण सबै हामीसँग उपलब्ध छ, हामीले विकास गरेका छौं भने पद ओहोदाको कारणले महँगो पैसा तिर्न बाहिर जानु पर्दैन । ती चिज हामी यहाँ गर्न सक्छौं भने फेसनका रूपमा टाउको दुख्यो कि विदेश कुद्न पर्दैन । 

जे कुरा यहा हुँदैन त्यसको लागि बाहिर गएर गर्ने हो। सक्नेले बाहिर गएर उपचार गर्छ नसक्नेले के गर्ने?

Xtrem

Xtrem

हाम्रो देशमै त्यो सुविधा भइसकेपछि मैले हाम्रै डाक्टरहरुलाई सोधेँ, तपाईंहरु सक्नुहुन्छ ? उहाँहरुले सक्छु भन्नुभयो । मैले पनि यही भन्न खोजेको हो, तपाईंहरुले सक्नुहुन्छ । प्रत्यारोपण गरिरहनुभएको छ भने मेरोमात्र नसक्ने भन्ने कुरा छैन । तपाईंहरु गर्नुहोस् । उहाँहरुले गर्नुभयो । सफलतापूर्वक गर्नुभयो । उहाँहरुलाई धन्यवाद छ । हाम्रो स्वास्थ्य क्षेत्रमा भएको प्रगति खुसीको कुरा हो । हामीले राम्रो प्रगति गरेका छौं भनेर भन्नु पर्छ । यद्यपि पर्याप्त छैन ।

गीतकार केपी ओली कति सशक्त?

दुई मिर्गाैला प्रत्यारोपरण गर्दा, पाँच-सातवटा अप्रेसन गर्दा पनि असशक्त भइन । तर हरेक कुरामा म एकदमै शसक्त छु भनेर पनि भन्दिनँ । सशक्तता खाली मनको कुरा हो, भावनाको कुरा हो । मैले आफ्नो भावना अभिव्यक्त गरेँ । त्यो भावना गलत छैन, सही छ । 

काठमाडौंको मेयरमा बालेन शाहले जितेपछि तपाईंलाई भेट्न जानुभयो । त्यसबेला तपाईंले तबला उपहार दिनु भयो । र्याप गाउने बालेनलाई तबला किन ?

मलाई के जानकारी थियो भने बालेन शाह अर्थात् बालेन्द्र शाह गएको स्थानीय तहको निर्वाचनबाट काठमाडौंका मेयर तबला बजाउने गर्नु हुन्छ । उहाँको माटोको तबला थियो ठाउँ सार्दा फुट्यो । मसँग मेटले तबलाथियो । राम्रो थियो, ठाउँ सार्दा पनि नफुट्ने खालको थियो । बलियो तबला, राम्रो क्वालिटीको तबला दिँदा यताउता सार्दा पनि फुट्दैन भनेर दिएको हो । मलाई उपाहार दिन मन लाग्यो मैले दिएँ । 

संगीतभन्दा बाहेकको लगाव?

जीवन भनेको, सिंगो जीवनको कुरा गर्दा, म बच्चा थिएँ, किशोर युवा, अधवैशी भएँ, अहिले पनि अधवैशे अधवैशे नै छु । बाँचीबर्ती रहे बूढो हुनु पनि अनिवार्य नै छ ।  म बिरामी भएपछि साथीहरुले चिन्ता गर्नु भयो । 

मैले एकपल्ट साथीहरुलाई यो कुरा भनेको थिएँ । मेरो हजुरआमा १०१ वर्षमा बित्नुभयो । मेरो हजुरबुबा पनि सयवर्ष पुगनपुग हुँदाबित्नु भयो । हेर्दाहेर्दै मेरो बुबा बूढोबूढो देखिन थाल्नुभयो । अहिले पनि म त्यही भन्छु ।

मेरो बुबा हुनुहुन्छ र दुईचार किलोमिटर अहिले पनि हिँड्नु हुन्छ । मेरो स्वास्थ्यभन्दा उहाँको अलि राम्रो छ । न सुगर न केही । खाना बार्नु पर्दैन उहाँलाई । अझै हिँड्नु हुन्छ । स्वास्थ उहाँको राम्रो छ । बुबा अलि बूढो बूढो हुन थाल्नुभएको छ ।

जीवन भनेको एउटामात्रै उमेर होइन । म बालक हुँदाको, म किशोर हुँदाको पनि  हो । उमेर भनेको विभिन्न समयको हो नि त । जीवनको रंगहरुजस्तै जीवनका रसहरु पनि विभिन्न प्रकारका हुन्छन् । क्यानभासका रंगजस्तै वा साहित्यका रसहरुजस्तै अथवा संगीतका स्वर, सुर र तालहरुजस्तै विविधता हुन्छ जिन्दगीमा। 

राजनीति भनेको खेतमा धान फलाउने कुरा हो कि होइन, बारीमा मकै फलाउने, सुन्तलाका बोट विरुवा लाउने कुरा हो कि होइन ? उद्योगहरुको स्थापना गर्ने कुरा हो कि होइन ? हाम्रा ऐतिहासिक धरोहरहरुको संरक्षण राजनीति हो कि होइन । राजनीति चुलो बाल्नु हो कि होइन ?

म दुर्गम गाउँमा जन्मिएको हो । मेरो गाउँमा भर्खर बाटो पुग्यो । बिजुली र बाटो पुगेको दुई चार वर्ष भयो । अझै राम्ररी पक्की भइसकेको छैन बाटो । राणा शासनपछि तुरुन्तै विद्यालय पुग्यो । शिक्षामाखासै पछाडि होइन तर विकासका अरु मापदण्डमा धेरै पछाडि हो । 

मेरो ठाउँ यस्तो हो जहाँ सपना देखिथ्यो, तर ठूलो सपना देखिँदैन थियो । हाम्रोतिर एक मानाको बन्दोबस्त भन्ने चलन थियो । कोही छोरी माग्न आयो एक मानाको बन्दबस्त छ कि छैन भन्ने हुन्थ्यो । यो नै ठूलो सपना थियो । 
सफा खाना खानु पर्छ भने थाल त माझ्नु पर्छ । नमाझीकन कसरी सफा हुन्छ । माझ्ने काम सानो सफामा खाने काम ठूलो । काम सानो सफा खाना खाने काम ठूलो । कसरी ? मैले मेलो पाएको थिइनँ । 

सानै उमेर आमा बित्नु भएकोले पनि थुप्रै काम सिकियो । मलाई गाउँघरमा बाती काट्नेदेखि लिएर, टपरी दुनाबात्ने,  कामदेखि लिएर, गुन्द्रीको भत्यौरी, तान बुन्नेदेखि लिएर गजुरा सुकुल बुन्नेदेखि पराल खोसेला सबका पिरा बनाउन आउँछ मलाई । जुन काम देख्यो म त्यो सिक्ने मान्छे हो । यहाँ पोखरा जेलमा बस्दा कपडा बुन्ने काम पनि गरेँ । मन परेका दिदीबहिनीहरुलाई सारी बनाएर पठाइ पनि दिन्थेँ कहिले कहिले । 

आफैंले लगाउने लुगा पनि बुन्थेँ । कमिज सुरुवाल काट्न सिलाउन आउँछ । जेलमा हुँदा आफैं काट्थेँ, आफैं सिउँथे । मैले लगाउने कमिज सुरुवाल आफैंले काटेका हुन्थेँ । सिलाउन पायो भने । म जे काम पनि सिक्न रुचि राख्थेँ र कुनै काम सानो ठूलो भन्ने लाग्दैनथ्यो कहिले पनि । पछिसम्म पनि म खाना बनाउने काम गरिराख्छु । अहिले पनि, खाना बनाउन बढ्तै समय लाग्छ । त्यसैले म भाँडा माझ्छु । 

साथीहरुसँग जेलमा बस्दा पनि भाडा माझ्ने काम गर्थेँ । छोटो समयमा काम सिद्धिन्छ भने र म भाँडा माझ्थेँ । त्यसैले फुर्सद भयो, समय भयो भने म जहाँ जे पनि गर्थेँ ।

विद्यार्थी हुँदा, युवाहुँदा, नेताहुँदाकहिले गोठाला-गोठालीहरु भेटिए भने उनीहरुसँग पनि म रमाएर बस्थेँ । खोलादेख्नै हुँदैनथ्यो । पौडी खेल्नमिल्ने खालको खोलामापौडी खेल्थेँ । मेरो एकदमै रोजाइको कामपौडी हुने गथ्र्यो ।

खेलकुदमा एकदम रुचि राख्थेँ । त्यसैले तपाईंले घर गृहस्थीमा आफूलाई चाहिने काम आफैं गर्न सक्छु । म पाइलट हुन पाइनँ त्यसैले मलाई उडाउन आउँदैन । 

मैले गाडी चलाउन २०२६ सालमा सिकेँ । सिक्ने कुरामा पछि परिनँ । 

म साधारण ठिटै हुँदा खेरी १७, १८ वर्षको हुँदा गाउँमा त्यसबेला जेएमसी भन्ने दोस्रो विश्वयुद्धको थोत्रो ट्रक पाइन्थ्यो । 

ह्यान्डलबाट घ्वाईघ्वाई घुमाएर स्टार्ट गर्नुपर्ने । त्यसैबाट मैले ड्राइभिंग सिकेको हुँ । मलाई जे देख्यो त्यही सिक्नुपर्ने । त्यसैले जुनसुकै कामपनि मेरो रुचिभित्र पर्छ । हाम्रो जीवनमा अवाश्यक पर्ने काम सबै काम गर्छु ।

घर नजिकै दमिनी आमाको घर थियो । हाम्रो घर अगाडि बस्नुहुन्थ्यो । कैची चलाउँदा उहाँले बिग्रन्छ भन्नु हुन्थ्यो । 

उहाँको काम गरेको हेर्थेँ । फलामको कतर्नो बल्टुले बाँधेको छ तर बिग्रन्छ भन्नुहुन्थ्यो । बिग्रने ठावै छैन, छोयो भने बिग्रन्छ भन्नुहुन्थ्यो । कहिले कहिले सोध्थेँ, के भएर बिग्रिन्छ आमा यो ? तर मेरो स्वभाव कस्तो भने चलाउँचलाउँ हुन्थ्यो । तर उहाँले तिम्रो चाल ठिक छैन त्यता हेर्दैछौ भन्ने । 

मलाई अचम्म लाग्थ्यो । २० सालमा मैले अर्काको साइकल सिकेँ । साइकल पनि नचला बिग्रन्छ भन्थे । जुनसुकै कामपनि मेरो रुचिको कुराभित्र पर्छ । त्यसकारण हाम्रो जीवनमा आवश्यक पर्ने प्रचलित कुरामा रुचि राख्छु ।

निर्वाचनको मौनअविधिबाहेक भान्सामा कति समय दिनु हुन्छ ?

यहाँ मैले साग केलाएको कुरा आयो । साँग केलाउने मात्रहोइन मैले कयौं वर्षसम्म खाना बनाएको छु । मलाई छिम्कन, निफन्न, सार्न सबै आउँछ । राजनीति गर्ने मान्छेले खानु पर्दैन ? खानुपर्छ भने साग खानु पर्दैन । साग खाने हो भने केलाउनु पर्दैन ?

भ्याएसम्म, सकेसम्म रमाउनु पर्दैन ? संसारमा केहीदुःखी मान्छे हुन्छन् जो कहिल्यै मुस्कुराउँदैनन् । कहिल्यै प्रसन्न चित्त हुँदैन मानौं यो संसारको सबै पिर चिन्ता उसलाई मात्रै भएको होस् ।

आफ्नो भागको पिर, आफ्नो भागको चिन्ता, आफ्नो भागको कर्तव्य हुन्छ । हामीले काम-कर्तव्य आफ्नो भागको गर्ने हो । मैले जे काम गर्नुपर्छ कामचोर नभई नठगीकन गर्नुपर्छ । र मैले प्रसन्न चित्त रहनुपर्छ । 

बाजाबजाउने, गाउने, नाच्ने ठाउँ , देउसी खेल्ने ठाउँ भेटियो भने धुमधुम्ती बस्ने होइन । त्यहाँ नाच्ने हो ।
राजनीति गर्ने मान्छे कसरी नाच्छ ?क्यारम कसरी खेल्छ ? फुटबल कसरी खेल्छ ? राजनीति गर्नेमात्रै चित्र कसरी कोर्छ ? यो सबैले देख्नुभएको छ । 

केपी ओलीको साहित्य विषेशता के हो ? कविता कुन सन्दर्भमा लेख्नु भएको थियो ?

म यही खर्पनमा हालेर 
हर दिन बेलुका... 
खर्पन भन्ने कविता देखाइयो दर्शकलाई ।

म पोखरा जेलमा थिएँ । पोखरामा खर्पन बोक्ने चलन थियो जस्तो लागेको थिएन । पोखरा जेलको गेटमा एक जना खपर्नमा साग बोकेर आएँ । मैले उनलाई देखेपछि उनी भएर यो कविता लेखेँ । म त जेलभित्र बन्दी थिएँ । मै भएर त म यो कविता लेख्न सक्तैनथेँ । मैले आफूलाई खर्पन बोक्नेमा परिणत गर्नुपथ्यो । मैले त्यो व्यक्तिको रुपमा आफूलाई रुपान्तरित गरेर यो कविता लेखेको थिएँ । 

कविता लेख्नुअघि मैले खर्पन बोकेको मान्छेको चित्र बनाएँ । त्यसपछि कविता लेखेँ । 

मेरो बानी के छ भने उहिले भूमिगतकालदेखि जहाँजहाँपुग्यो मेरो लेखाइ, कहिले कथा, कहिले निबन्ध, कहिले कविता, कहिले गीत लेख्दा बोकेर हिँड्न सम्भव हुँदैनथ्यो । जहाँ पुग्थेँ त्यहाँ लेख्थे त्यहीँ छोड्थेँ । अहिले माननीय  हुनुभएको छ केआर खम्बूजी । जो २६, २७ सालको आन्दाेलनकारी हुनुहुन्थ्यो । पछि, त्रिभूवन विश्वविद्यालयमा ३५, ३८ सालसम्मै त्यहाँको सबैभन्दा परिचित विद्यार्थी उहाँ नै होला । सम्पर्क सूत्र उहाँ नै होला । त्यस्तो चिनिएको व्यक्तित्व हुनुहुन्थ्यो । पछि उहाँले जर्मनीबाट पिएचडी गर्नुभयो । उहाँसँग मेरो लामै संगत भएको थियो । उहाँ विराटनगर आउँदा माधव नेपाल पनि त्यही कलेजमा पढ्नु हुने रहेछ । केआर खम्बूले नै मलाई माधव नेपालसँग परिचय गराउनुभएको थियो । उहाँसँग पनि मेरा कतिपय कविता छुटेका रहेछन् । उहाँको संस्मरण पछिल्लो समय निस्कियो, छायाँका लस्करहरु । 

पिएचडीपछि उहाँ क्याम्पसमा पढाउँदै गर्दा नेत्रज्योति गयो । त्यस स्थितिमा उहाँले छायाका लस्करहरु लेख्नुभएको हो । त्यो पुस्तकमा मेरो अर्को एक जना साथी, जसकोमा मैले दुईचार पटक आश्रय लिएको थिएँ । उहाँकोमा मैले कविताहरु छोडेको रहेछु । 

र, त्यतिबेला मैले मेरो नाम कालीचरण भनेर लेखेको रहेछु, भूमिगतकालमा । त्यो कविताहरु छापिएको छ ।ती कविपता प्रकाशनका लागि भूपनिधि पन्तलाई धन्यवाद। 

म त लेख्यो, छोड्यो, हिँड्यो । त्यसमा कसैले मसला बेचोस् कि जेसुकै गरोस् । कुनै अर्थ राख्दैनथ्यो । म सुरक्षित गर्न सक्दिनँथे । 

जेलमा अनेक कृति लेखेँ । सयौं कविताहरु लेखेँ तर  जेलमाखोसिन्थ्यो, लुटिन्थ्यो । लेखेर के गर्ने खोसेर लैजान्थ्यो भनेर निरास हुन्थेँ । अलिअलि हतोत्साहित पनि भएको हो । लेखेर के गर्ने ? दुःख गर्यो लुटेर लग्यो । त्यसपछि कुनै ग्रहण ग्रन्थ लेख्नेतिर लागिएन । छोटा निबन्ध र फुटकरहरु मात्रै लेखेँ । 

यसै प्रसंगमा पोखरा जेलमा हुँदाखेरी कतिपय यस्ता कविता लेखेको हुँला । भूपनिधि पन्तजी जो २०४२ सालको आन्दोलनमा उहाँलाई पनिपक्रेर ल्याएको थियो । अलिक समय जेलमेट हुनुभएको थियो । 

मैले लेखेँ, छोडेँ वा उहाँले यत्तिकै राख्छु भनेर माग्नुभयो मलाई याद छैन ।

तनहुँका भन्ज्याङ पत्रिकाका सम्पादकसँग चिनजान भएको थियो । भन्जाङका सम्पादक विश्वबन्धु भण्डारी, त्यस पत्रिकाका सुरुवातकर्ता। भन्जाङ पत्रिका निकाल्दा उहाँ पनि जेल परेकोले त्यहीँ चिन जानभयो ।

उहाँको भूपनिधिजीसँग कुरा भएछ । अनि मसँग पनि केपी ओलीको कविता छ भनेर कुरा भएछ । यो कविता भन्ज्यांग, पहिले अखबारजस्तो, बिस्तारै साहित्यिक पत्रिकामा उहाँले प्रकाशित गर्नुपर्छ । त्यसपछि यो खर्पन कविता चर्चामा आयो ।  

४१ सालमा लेखिएको यो कविता ३५ वर्षपछि भूपनिधिजीले उजागर गरिदिनुभयो । मैले पेन्सिलले स्केच बनाएर पेन्सिलले नै लेखेको कविता हो । मैले कवितालेख्ने भूपी शेरचनको कविताजस्तो लेख्छन्, हेर्छन् फेरि केर्छन् भन्ने कविताजस्तो मेरो बानी छैन ।

मेरो त्यस्तो चलनछैन । म त लेख्छु, छोड्दिन्छु । (अखण्डः र, धेरै वर्षपछि भेट्छन् ।)

ओलीःहाँस्दै कोइकोइ । 

जेलमा महाकाव्य हरायो ?

त्यो अलिकति सिद्धिन बाँकीथियो । करिब ६ महिना मेरो रचना लुटपाट भएको थिएन । त्यो छ महिनाको बीचमा खण्डकाव्य, महाकाव्य, फुटकर रचनाहरु लेखिरहन्थेँ । एउटाचाहिँ १६ खण्डसम्म लेखिसकेको थिएँ, त्यो लुटियो । त्यो लुटिएपछि त्यतापट्टि नलागौं भन्ने भयो । त्यो एकदम प्रचलित नाम राखिएको थियो ।

आमा बित्नु भयो । तीन वर्षदेखि अहिलेसम्म म आमाको चेहरा सम्झिरहन्छु । तीन वर्षको उमेरमै आमा गुमाएकोले होला आमा शब्दप्रतिको आत्मीयता विशेष छ । अरुलाई पनि यस्तै हुन्छ होला । 

त्यसकारण त्यो महाकाव्यको नाम आमा नै  राख्न मन लागेको थियो । तर त्यो लुटेर लगियो, अब इतिहासको कुरा भयो । 
कविताभन्दा बाहेक निवन्धको विधामा पनि यहाँको दुई आँखा, दुई कान एक मुख पढ्न पाएको थिएँ । यसको विम्बले मलाई रोमाञ्चक बनाएको थियो । यो कुन सन्दर्भमा देखिएको थियो ?

मैले साथीहरुलाई सामान्य कुरामा सम्झाउँथे । त्यही सन्दर्भमा एक पटक साथीहरुलाई सम्झाउँने क्रममा केही कुराहरु राखेको थिएँ । त्यसमा केही अंश–अशंका कुराहरु थिएँ । एउटा अशंमा के थियो भने हाम्रो दुईवटा कान हुन्छन्, चनाखोसँग सुन्नु पर्छ । हेर्नको लागि दुईवटा आँखा छन् । हेर्न पनि सिक्ने कुरा हो । सिक्नु धेरै पर्छ, तर दुईवटा कानले सुनेर सिक्ने हो । आँखाले हेरेर सिक्ने हो । तर मुख एउटा मात्रै छ त्यसैले सही कुरा मात्रै बोल्ने, चाहिने कुरा मात्रै बोल्ने हो , सकेसम्म राम्रो सुन्नु पर्याे, राम्रो कुरा मात्रै हेर्नु पर्याे ।  हाम्रो ज्ञानेन्द्रीयमध्ये सबैभन्दा बढी आँखा र कानले धेरै ज्ञान आर्जन गर्छ । मुख त एउटामात्रै छ । बोलेर ज्ञान कम हुन्छ । सुनेर मात्रै धेरै ज्ञान हुन्छ । बोलेर हुँदै नहुने त होइन । बोलर पनि हुन्छ । तर ज्ञान आर्जन कम हुन्छ । त्यसकारण बोल्दा विचार थोरै बोल्नु पर्छ भन्ने हो । 
भद्रगोल जेलमाहुँदा ०३७ सालतिर लेखिएको निवन्ध थियो । 

कविता र निवन्धभन्दा बाहेक साहित्यको अरु विधा पनि लेख्नु भयो कि ?

मलाई एकपटक हार्माेनियबजाउँन बस्दा एक जना साथीले सोध्नु भयो, ‘हार्माेनियम बजाउन आउँछ ? भनेर, मैले आउँछ भने । हार्माेनियमको पछाडिबाट थिच्नु पर्छ  । अगाडिबाट हावा दिएपछि बजिहाल्छ नि । मेरो जस्तो बजाउने तरिका बेग्लै छ  । अरुकोसँग मिल्दैन । मलाई धेरै आउँछ , तर अरुकोसँग मिल्दैन । मेरो आफ्नै मौलिकपारा छ । 

१४ वर्षे जेल जीवनमा धेरै अध्ययन गर्नु भयो । त्यो कसरी प्राप्त हुन्थ्यो  ?

मलाई सुरुमै गोल घरमालपियो । त्यहाँकेहीपनिदिइदैन । पानीखाने भाँडो पनिदिइदैन । त्यहाँ ठूलो लडाई गरेर माटाको सुराई झिाकाइयो । सिसाको कुनै पनिचिजदिइदैन थियो ।  त्यहाँ सबै कुरामा संका गरिन्छ । दुःखदिने नियतले मात्रै लगिन्थ्यो ।त्यहाँपत्रिका, किताबकलम, कागजकेहीदिइदैन थियो । रेडियोमा जडान गरेर माइक राखिएको हुन्थ्यो । त्यसमा रेडियो नेपाल नेपालको समाचार मात्रै सुन्न पाइन्यो । बेलुकी सुत्नेबेलावीरगन्जको हवारीहरुले हिन्दीगीतकालागिफर्माइसहरु पठाउँथे । त्यसको विज्ञापन मात्रै आउँथ्यो । त्यो बाहेक केही सुन्न पाइँदैन थियो । त्यसबेला म निकै बिरामी परेको थिएँ । त्यसबेला गेटको छेउमा डाक्टरहाँजाँच गर्न लग्यो । तर त्यस्तो एउटा रमाइलो किस्सा छ । फर्किदा मैले चुरोटको विज्ञापन गर्न खोजेको होइन । तर सत्यकथाभन्न चाहन्छु । गोलघरमा फ्ल्याट चुरोट पाउँथ्यो । त्यो खाएर कसैले फ्याकेको रहेछ । बहिर १० खीली चुरोट पाइन्छ भन्ने लेखेको हुन्थ्यो । जेलभित्र मैले चुरोटको खोल भेटेँ । मैले त्यो कागज भेटाएँ । मैले कागजनखेको केहीमहिनाभएको थियो । त्यो चुरोटको खोल भेट्दा वाकागज भेट साथी भेटेजस्तो भयो मलाई । कागज भेट्दा आफन्त भेटाए जस्तो भएको थिजयो ।संयोगले एउटा पेन्सिल सानो टुक्रो पनि भेटाएँ । मेरो लागित्यो सुन्दर संयोग थियो । चुरोटको खोल र पेन्सिलको टुक्रा टिप्दा भेट्दा मलाई सबैले हेर्थेँ । मानसिक रोगी रहेछ क्याहो भनेर हेरे । जे भेटायो त्यही टिप्दै हिड्छ ।सबै जनाअचम्तिभए । तर मलाई असाध्यै नियन्त्रण राख्नखोजिन्थ्यो । आफूलाई शासन देखाउनखोज्ने त्यहाँकाकामदार थिए । जेलभित्रपनिविभिन्नश्रेणीका नायके हुन्थे । मलाई एकजनाकामदारले आफूलाई शासकीय रुपमा देखाउँनखोज्जे र मलाई नियन्त्रण देखाउनखोज्थे । तीनको जीवनकाहीनी सुनेको थिएँ । एकदमै मार्मिक जीवनकाहनीथियो । उनीमाथिप्रहरी, वकिललगायत सबैले नभएको कुरालाई पनिभएको बनाएर ठूलो सजायको भागीदार बनाएको थियो । उनको त्यस्तो पिडा थियो ।उनको जीवन साच्चै ठिठ लाग्यो थियो । उनको जीवन र परिवारसँग जोडेर हेर्दा निकै मार्मिक थियो । त्यो चुरोटको खोलमाउनकै जीवन सम्झिएर लेखेँ । र उनलाई मैले सुनाए । मैले चुरोटको खोलमालेखेको कविता सुनाउँदै गर्दा उनी आँखाबाट आँसु खसाल्दै रुए र मलाई त्यो कवितामागे । मैले उनलाई तपाईकै लागि लेखिदएको भनेर दिएँ । त्यसपछि मलाई चुरोटको खोलको खाँचो भए । त्यसपछि मैले कागजपाएँ । पेन्सिलसिमेन्टमा घोट्दै तिर्खादै लेख्थेँ । त्यसरी लेखनको सुरुवातभयो । पछि चुरोट खोलमा चाङ कविताहरु लखेँ । तीजेलर सबै चुरोटको खोलमा देखिएको कविताजतन गरेर राखेका थिए । पछि सबै उठाएर लग्यो ।  तीजेलर पनिविते । मलाई तीनले फुलिस्के कागज र पेन्सिलउपलब्ध गराए । 

यो लेखनको विषय भयो, अध्ययन गर्न कसरी वातावरण बन्यो ?

गोलघरको बाहिर पट्टि लाइबे्ररी छ । त्यसमा केहीहजार किताबहरु होलान् । लाइब्रेरीको सदस्य भएपछि दिनमादुई तीन वटाको दरले पढ्न सुरु गरेँ । त्यहाँउपलब्धभएका सबै शास्त्र पढेँ । त्यहाँ जे उपलब्धछ सबै अध्ययनगर्दै गएँ । सबै शास्त्रमा केही न केही ज्ञान हुँदो रहेछ । सबै रुची साथ पढेँ । त्यसले मलाई लाभ नै गर्याे । त्यो लाइब्रेरीको एक वर्ष लगभग सबै पढेर सकेँ । कपितय पुस्तकहरु दोहोर्याएर पनि पढेँ । 

त्यसबेला जेलमा हुनुन्थ्यो, अनि समय थियो । अहिले धपेडी बनाउने खालेको राजनीतिको जेलमा हुनुहुन्छ । अहिले लेख्ने पढ्ने समय कसरी समय व्यवस्थापन गर्नु हुन्छ ?

पढ्ने लेख्ने समय रातिमात्रै हो । दिउँसो समय निकाल्छु भनेर सम्भव छैन । म अलिकम सुत्छु । तर समयमिल्यो भने सुतिहाल्छु । जति बेला सुत्छु त्यतिबेला नै निदाई हाल्छु । जति समयको लागि सुत्छु त्यति समयको लागि सुत्छु । चार घण्टा सुत्ने भन्यो भने त्यति मात्रै सत्छु । त्यसैले विहान उठेदेखि व्यस्ताहुने भएकोले रातिको समयमामात्रै अध्ययन गर्छु । 

यहाँको अनुभूतिमा पढ्नु र लेख्नु कुनचाहिमजाको विषयहो ? लेख्नु भनेको ज्ञानलाई संगठित गर्नु हो । पढ्नु सरसरती सुचनाप्राप्त गर्नु हो । तर ज्ञानको रुपमात्यसलाई संगठित गर्नको लागि लेख्नै पर्छ । ज्ञानलाई संगठित गर्न योजना नै गर्नु पर्छ । नत्र ज्ञान संगठित हुँदैन । 

यहाँको  स्रटाहरु सत्यमोहन जोशी, माधव घिमिरे, वैरागीकाइला, भक्राजआचार्यहरुसँग भेटाघाट हुन्थ्यो । उहाँहरुसँगको भेटमा के लागि स्राटाहरुलाई बोलाउनु हुन्थ्यो र उहाँहरुकहाँ जानुहुन्थ्यो ?

राष्ट्रकवि माधव प्रसाद घिमिरेर र शताब्दीपुरुष सत्यमोहन जोशीवा वैरागीकाइलालगयत सबै लेखकहरु हाम्रालागितीर्थ जस्ता हो । उहाँहरुको सम्मानकालागिउहाँहरुको घरमाजाने गर्छु । तीर्थ गर्न जसरी पनि जान्छु उहाँहरुकहाँ । उहाँहरुकहाँ गएपछि अनौठो बत्सल्यप्राप्त हुन्छ । त्यस वात्सल्यले एक ढंगले ज्ञान प्रवेश हुन्छ । त्यसबाट त्यसप्रकारण दिव्यवाणी हुन्छ । सम्रगी ज्ञान प्रवेश हुन्छ । त्यसकारण उहाँसँग भेट्छु । उहाँहरुलाई आफैले बोलाएर साहित्यकबाजजित गर्छु । कोभिड पछि बन्दभएको छ । फेरि त्यस्तो कार्यक्रम फेरि गर्छु । 

खर्पनमा चित्र कोर्नु भएको थियो । यहाँको चित्रकारिता कसरी सिक्नु भयो कति लेख्नु भयो ?

जुनसुकै कुरा पनि रुचि राख्थेँ । पौडी खेल्ननजान्दै पनिपोखरी हामफाल्थेँ । कहिलेकही संकट पनिपर्थेँ । त्यही संकटबाट सिक्थेँ । मलाई जिज्ञासा धेरै हुन्थ्यो । त्यसैले 

चित्रकारिताविद्यालयकहिले कहीसिकाउँने कुरा हुन्थ्यो । नाटक सिकाउँने कामपनिहुन्थ्यो । नाटक र चित्रकारितमा केटाकेटी बेलामाभागलिन्थेँ । त्यसबेलाभागलिने कामहुन्थ्यो । वक्तित्वकलाकार्यक्रमहरु हुन्थ्यो । मैले पनिचित्रकोर्ने गर्थेँ । कलमवापेन्सिल जे भेटाए पनिचित्र कोर्ने गर्थेँ ।  मैले त्यसबेला पढेको छैन सिकेको छैन । मैले अलिअलि गर्छु ।

विश्वकप रातभर बसेर हेर्नुभयो ?

विश्वकपको अन्तिमफाइनल रोमान्चक थियो । अर्जेन्टिनाको पक्षमाथिएँ । तटस्थ ढंगले अर्जेन्टिनाको । मौकामिल्दापहिले खेल्थेँ । बुझ्छु पनिनियमपनि आउँछ ।पास दिएको मिल्यो मिलेनभनेर पनिबुझ्छु । यस पटकको फाइनल म पनि उठेर हेरेँ । युवा उमेर उठेर हेरिन्थ्यो । तर म उठेर हेरेँ ।  खेलको सेन्टिमेन्टसँग बगेको थियो । खेल पनि रातिभएकोले काममायामार्नु पनि परेन । त्यसैले राति खेल हेर्न पाउँदानिकै आनन्दआयो । 

कुन–कुन खेलमा विज्ञता र रुचि छ ?

विज्ञता कतिलाई भन्ने ?मभन्दानजान्ने खेलाडी पाएँभने हराउन सक्छु । त्यसैले केलाई विज्ञता भन्ने ?त्यसकारण फुटबल, भलिबल, टिटी, स्नोकर, क्यारमबोर्ट खेल्छु । नजान्ने पाएँभने हराउँछु ।सानेबेलामागिर पनि खेल्थेँ । त्यसबेलाक्रिकेट थिएन । अहिलेको गिर जस्तो जस्तो थिएन ।त्यसबेलागिर निकै खतरनाक हुन्थ्यो । अलिकमखेल्थेँ । गिरको बल खतरनाक हुन्थ्यो ।

तपाई पहिले एकदमै कडा नास्तिक हुनहुन्थ्यो रे । उत्तर कोरिया गएको बेला किम जुङको सलाक अगाडि झुक्न लगाएँ । त्यसपछि आस्तिक बनेर फर्किएँ भन्ने सन्दर्भ सुनेको थिएँ । त्यो कुन प्रशंगमा भएको थियो ?

उहाँहरुको चलनअनुसार नेताको सालकअघि पुगेपछि ‘गो डाउन प्लीज’ त्यसपछि झुकेर सम्मान गर्नु पर्ने रहेछ । त्यहा बुद्धाको स्तुपापनि छ । त्यहा बुद्धाको मूर्तिको भएको ठाउँ पुगेपछि मैले पनिगो डाउन प्लीजभने, मलाई त्यसअघि मूर्ति अघि निउरीनुपर्छ भन्ने लाग्दैन थियो । त्यहानेताको अगाडि पुग्दानिउराउन परेपछि मैले पनि बुद्धको मूर्ति अघि पुगेपछि सबैले ढोक्न लगाएँ । त्यो यथार्थ घटना थियो । त्यसले मलाई फिलोसोफिकल कुरामा म सत्यमाविश्वास गर्छु । त्यसकारण मेरो दृष्टिकोणको मुलथिम सत्यसँग नलड्ने, शक्तिसँगनझुक्ने भन्ने मुलथिमथियो । म यस ममलाशुक्रात र बुद्ध जस्तो सत्यको ममलामाअंगिकार गर्ने गर्छु ।योग को सन्र्दभमा शिवबाट सुरु भएर योगका प्रणेताहरु त्यसकाविकास कर्ता भनेर मानिने कपिलमनी र त्यसलाई पछि विकाससित गरेको पताञ्जली योगको पहिलो शुत्र आठ वटा  छन् । त्यसमापहिलो सुत्र यमो,यमो भनेको अहिंसा र सत्य । सत्य र अहिंसा नै यसको सत्य कुरा नै हो । त्यसै मैले योगमा जोड दिएको छु । सत्यको मार्ग अपनाएको छु । योगीहुँभन्ने तर छलछाम गर्ने ?त्यस्तो योगीहुँदैन । यदियोग गर्ने हो भने सत्यमा अडिन्छु । सत्यधारण गर्छु, सत्यमाविश्वास गर्छु । असत्यको बाटो हिड्दिनभनेर कबुल गर्नु पर्छ । अनिमात्रै योग सुरु हुन्छ । तसअर्थ मैले दार्शनिकहिसाबले वस्तुवादी दर्शन, यथार्थवादीदर्शन, तथ्यवादीदर्शन, जे सत्य हो त्यो कटुसत्य हो । 

एउटा भनाइ छ, उमेर हरेक मान्छे कम्युनिस्ट र कवि हुन्छ । तपाईं कम्युनिस्ट निरन्तर हुनुभयो । अहिले कविचाँहि कति हुनुहुन्छ ? दुवै हुनुभयो त्यो बेला ?

यो गलत व्याख्य हो । कवि हुने भनेको वैशंको उत्तालोपन हो । सामाजिक न्याय, समनता खोज्यो भने वैंशको उत्तालोपन हो । पछि परिपक्व भएपछि सामाजिक न्याय, समनता किन चाइयो, समृद्धि किन चाहियो ?
समृद्ध नेपाल सुखी नेपालीलगायतको कुरा किन चाहियो ?

यसो त होइन होला । यहाँथुप्रै कविहरु उभिनु भएको  ।सबै लेखक कविहरु थुप्रै यहाँ हुनुहुन्छ । त्यसैले वैंश लहर होर साहित्य? साहित्य वैंशको लहर होइन । मान्छेले के चाहान्छ ? सबै मान्छेको गन्तव्यभनेको सुख प्राप्तिहो । सुख पाउँन चाहान्छ मान्छे ? त्यसैले मान्छे सुख नै खोज्छ । ऋषीमुनीले पनि मान्छे सुख चाहन्छ भनेर भनेका छन् । साहित्य वैंशको उत्तालो र गैरजिम्मेवार खालको पन होइन । समाज परिवर्तन र साहित्यसिर्जनाको कुरा, कविहुने कुरा, कवि मन हुने कुरा उमेर अनुसारका भावनाहरु हुन सक्छन् । रसहरु पनि परिवर्तन हुन सक्छ । विभिन्नरसहरु हुन सक्छन् । बीर रस वैंशमाहुँदैन । अलि बुढेसकाललागेपछि श्रृंगार रस हुँदैन भन्ने कुरा होइन । 

मेघदुत कुन उमेरमाकालीदासले लेखेका थिए? अज्ञना सकुन्तलकुन उमेरमा लेखेका थिए । केटाकेटी सानो छदा होइनअलि पछि लखेका थिएँ । कालिदासको कथा सबैलाई यादहोला । युवा छदा त उनी निरअक्षर थिए ।त्यसकारण श्रृंगार रस र प्रेमभावका कुरा भन्दापनि । साहित्यहरु प्राय मेघदुत होस् वा नाटक लेख्दाउनी छिप्पिसकेका थिए । त्यसकारण साहित्यत्यस्तो होइन ।

(पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पोखरामा आयोजित १०औं नेपाल लिटरेचर फेस्टिबलमा डेढ घण्टा आफ्ना जीवन यात्राबारे सुनाए। उनले आफ्ना राजनीतिक जीवनबारे निकै कम बोले। गैर–राजनीतिक जीवनबारे उनले नयाँ र रमाइला प्रसंगहरू सुनाए। पत्रकार अखण्ड भण्डारीले सहजीकरण गरेको कार्यक्रममा ओलीले सुनाएका अनुभूतिको सम्पादित अंशः) 

 

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  १८:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्