• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

अमेरिकी नागरिक फेनिजको नजिर, जसले ‘बिकिनी किलर’ शोभराजलाई जेलमुक्त गरायो

64x64
नारायण अधिकारी बिहीबार, पुस ७, २०७९  १४:३८
1140x725

काठमाडौं– कुख्यात ‘बिकिनी किलर’ चार्ल्स शोभराजलाई जेलमुक्त गर्न बुधबार सर्वोच्च अदालतले आदेश दियो। न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई जेलमुक्त गर्न मात्रै होइन १५ दिनभित्र स्वदेश (फ्रान्स) पुर्‍याउन समेत भन्यो। 

सर्वोच्चको उक्त आदेशसँगै १९ वर्षभन्दा लामो जेल जीवनबाट शोभराज बाहिर निस्कने भएका छन्। केन्द्रीय कारागार सुन्धारमा जेल जीवन बिताइरहेका शोभराज थुनामुक्त हुने प्रक्रिया समेत अघि बढिसकेको छ।

शोभराजलाई जन्मकैद (२० वर्ष)को सजायको फैसला गर्ने जिल्ला अदालतमार्फत् पत्र कारागार कार्यालय सुन्धारा पुगेपछि उनी औपचारिक रुपमा रिहा हुनेछन्। कारागार व्यवस्थापन विभागका सूचना अधिकारी रामचन्द्र सिवाकोटीले भने, ‘अदालतले नै छाड्नु भनिसकेपछि हामीले थुनामा राखिराख्ने कुरा भएन। पत्र आएपछि उहाँ छुट्नुहुन्छ।’

सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै शोभराजलाई छाड्नका लागि दिएको आदेश भक्तपुर जिल्ला अदालत हुँदै कारागार कार्यालय जगन्नाथदेवल पुगेपछि उनी रिहा हुनेछन्। कारागार कार्यालय जग्गनाथदेवलका जेलर इश्वरप्रसाद पाण्डेले अहिलेसम्म भक्तपुरबाट पत्र नआइसकेको र आएपछि रिहाइको प्रक्रिया अघि बढाइने नेपाल लाइभलाई बताए। ‘शोभराजलाई भक्तपुर जिल्ला अदालतले दोषी ठहर गरेकाले भक्तपुर जिल्ला अदालतबाट औपचारिक पत्र आएपछि उनको रिहाइ प्रक्रिया अघि बढ्छ,’ जेलर पाण्डेले भने। 

सर्वोच्चले भक्तपुर जिल्ला अदालतलाई फैसला कार्यान्वयका लागि पठाइसकेको छ। भक्तपुर जिल्ला अदालतले बिहीबार नै कारागार कार्यालय जगन्नाथ देवललाई पत्र पठाउने तयारी गरेको छ। स्रोतका अनुसार उक्त पत्र आएपछि बिहीबार नै शोभराज रिहा हुनेछन्। 

कारागारबाट रिहा गरेपछि सर्वोच्चले भनेजस्तै उनलाई १५ दिनभित्र फ्रान्स पठाउनुपर्ने हुन्छ। त्यतिन्जेलका लागि उनलाई अध्यागमनको निगरानीमा राखिने स्रोतले नेपाल लाइभलाई जानकारी दियो।  

शोभराजलाई रिहाइ गराउने अमेरिकी नागरिकको नजिर 
सिरियल र बिकिनी किलरको रुपमा कुख्यात शोभराज तोकिएको भन्दा १ वर्ष कैद भुक्तान गर्न बाँकी हुँदा नै रिहा हुनुमा एक अमेरिकी नागरिकको नजिर मुख्य बनेको छ। ५० प्रतिशत कैद भुक्तानी, कोराना माहामारी, कहिले वृद्ध र बिरामी भएको दाबीसहित आफ्नो रिहाइको माग गर्दै शोभराजले सर्वोच्चमा निवेदन दिइरहेका हुन्थे। 

सुरुमा शोभराजले कारागार कार्यालयलाई नै आफू कैदमुक्त हुनुपर्ने भन्दै निवेदन दिएका थिए। शोभराजको निवेदनपश्चात २०७५ वैशाख २० गते उनको बाँकी रहेको २६ प्रतिशत कैद छुटका लागि कारागार कार्यालयले सिफारिस पनि गरेको थियो। उक्त सिफारिसको जानकारी प्रमुख जिल्ला अधिकारीलाई पठाइए पनि कार्यान्वयन नभएको भन्दै शोभराजका तर्फबाट उच्च अदालत पाटनमा समेत रिट दायर भएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

यो पनि पढ्नुहोस

चार्ल्स शोभराज: कोरोना बन्ला त कैद छुटको अवसर?

त्यसबेला पाटनले कानुनी प्रक्रियामार्फत् भेदभाव नराखी टुंग्याउन आदेश दिएको थियो। ०७५ असार २० गते उच्च अदालतका न्यायाधीशद्वय केशवकुमार जोशी र रमेशकुमार पोखरेलको इजलासले रिट खारेज गर्ने, तर शोभराज ज्येष्ठ नागरिक भएकाले छुट पाउने सुविधा दिनु भनी निर्देशनात्मक आदेश जारी गरेको थियो। 

उच्च अदालतको आदेश पेस गर्दै शोभराजले २०७५ भदौ १७ गते कारागाार व्यवस्थापन विभागका महानिर्देशकलाई निवेदन दिए। फैसला कार्यान्वयनका लागि उनले दिएको निवेदनमा कारागारले चलानी नम्बर १०६१ भएको पत्र लेख्यो। कारागार व्यवस्थापन विभागमा समेत उनले उच्च अदालतको फैसला कार्यान्वयनको निवेदन र कारागारको चलानीपत्र बुझाए। तर महानिर्देशकले शोभराजको निवेदनमा कुनै प्रतिक्रिया जनाएनन्। 

त्यसपछि शोभराजको तर्फबाट शकुन्तला थापा र निहीता विश्वास २०७५ कात्तिक २० गते सर्वोच्च पुगेका थिए। 

कारागार नियमावलीको प्रावधानमा विदेशी नागरिकले पनि बिना भेदभाव छुट पाउनुपर्ने मागसहित शोभराजको निवेदन पुगेर शकुन्तला र निहीता सर्वोच्च पुगेका थिए। कुनै पनि अपराधका कसुरदार भए पनि ७० वर्ष उमेर कटेपछि ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने नियमावलीको व्यवस्था आफूलाई पनि लागू हुने मागसहित शोभराजले रिट दायर गरेका थिए।

आफूलाई रिहा गरिनुपर्ने मागदाबीसहित शोभराजले एक अमेरिकी नागरिकको नजिर समेत पेस गरेका थिए। शोभराजले यसअघि नेपालको कारागारमा रहेका अमेरिकी नागरिक फेनिज मेसिनटोस नजिर पेस गरेका थिए। मेसिनटोसको मुद्दामा सर्वोच्चले ७ वर्ष कैद सजाय भएकोमा ३ वर्ष ८ महिना २१ दिन जेल बसेपछि बाँकी कैद छुट दिएको थियो। क्यान्सरको गम्भीर बिरामी भएको कारण देखाउँदै उनलाई ३ वर्ष ३ महिना ७ दिन कैद, ७५ वर्षको वृद्ध भएको आधारमा दिने फैसला सर्वोच्चले गरेको थियो। 

उनी सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन लिएर गएका थिए। २०७५ भदौ २५ गते उनी रिहा भएका थिए।

शोभराजले सोही नजिर देखाउँदै आफू पनि ७० वर्ष उमेर नाघेको ज्येष्ठ नागरिक भएकाले सुविधा पाउनुपर्ने दाबी गरेका थिए। अन्ततः तोकिएको समयभन्दा करिब १ वर्ष अघि नै शोभराज रिहाइ हुने भएका छन्।

शोभराजको अपराध–यात्रा
सन् १९४४ मा भियतनाममा जन्मिएका शोभराजका बाबु भारतीय मूलका हुन्। पछि उनलाई आमाका प्रेमीले हुर्काएका थिए। 

शोभराजको अपराध यात्रा सन् १९६३ मा १९ वर्षको उमेरबाट सुरु हुन्छ। त्यसबेला उनले पेरिसको १ घरमा चोरी गरेका थिए। त्यसबेला पक्राउ परेका उनले झन्डै १ वर्ष जेल जीवन बिताए। जेलमा त्यहाँको अन्डरवर्ल्ड समूहका सदस्य फिलिक्स इसकोन्जीसँग उनको चिनजान भयो। 

जेलबाट छुटेपछि शोभराजले उनकै समूहमा आबद्ध भएर अपराध मच्चाउन थाले। त्यसबेला उनले अपराधभन्दा पनि सूचना संकलनको काम गरेको बताइन्छ। त्यसपछि उनले पेरिसमा चोरी आतंक मच्चाए। सो क्रममा प्रहरीले निगरानी थालेपछि उनले पेरिस नै छाडे।

त्यसपछि उनी पूर्वी युरोप हुँदै सन् १९७० मा भारत आए। मुम्बईमा उनी कार चोर्ने र बेच्ने गर्थे। भारतको मुम्बईस्थित होटल अशोकामा चोरी गरेकै कारण पक्राउ परेका उनी छुटेपछि अफगानिस्तान छिरेका थिए। त्यहाँ पनि उनी समातिए। तर, बिरामी परेको नाटक गरेर अस्पतालबाटै फरार भएर इरान, टर्की हुँदै ग्रिसतिर हान्निए। ती देशमा चोरी र लुटपाट आतंक मच्चाएपछि थाईल्यान्ड पुगे। त्यहाँ त उनले ३ जना पर्यटकको हत्या नै गरे।

Shovraj_Bayan1671699319.jpg
शोभराजको बयान

हत्या गरिएका ३ जना पर्यटकको राहदानी बोकेर उनले काठमाडौंको यात्रा तय गरे। नेपाल आएका उनले यहाँ पनि विदेशी पर्यटकको हत्या गरे।

शोभराजले २०३२ पुस ६ गते क्यानेडियन नागरिक लोरेन्ट क्यारियरको हत्या गरेर शव टुक्रा पारी भक्तपुरको मनोहरा खोलामा फालेका थिए। 

उनीविरुद्ध भक्तपुर चित्तपोलका गोकर्णबहादुर कार्कीले २०३२ पुस ६ मा मुद्दा दायर गराएका थिए। त्यसअघि काठमाडौंमा भएको कोन्नी ब्रोनिचको हत्यामा उनैको संलग्नता देखिएको थियो।

अमेरिकन युवती कोनी ब्रन्चिजको हत्या मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका शोभराज प्रहरीलाई छक्याउँदै भाग्न सफल पनि भए।

उनी नेपालको विमानस्थलबाट हात्ती नै छिराइदिन्छु समेत भन्थे। २०६० मा नेपाल आउँदा भने उनी प्रहरीको पञ्जाबाट फुत्किन सकेनन्। २० वर्ष कैद सजाय तोकिएका उनी २०८० असोज १ गते छुट्दै थिए। तर सर्वोच्च अदालतले बुधबार नै बन्दी प्रत्यक्षीकरणको रिटामा फैसला गर्दै तत्कालै छाड्ने आदेश दिएपछि उनी रिहा हुने भएका छन्। 

शोभराजको उपचारमा राज्यको वार्षिक १ लाख खर्च
शोभराज मुटुको बिरामी हुन्। उनको मुटुको शल्यक्रिया समेत गरिसकिएको छ। मुटुको भल्वले कामै गर्न छाडेपछि २०७४ जेठमा शहीद गंगलाल अस्पतालमा करिब ३ घण्टा लगाएर डा रामेश कोइरालाको टिमले शल्यक्रिया समेत गरेको थियो। 

योसँगै उनी दमका रोगी पनि हुन्। बेलाबेला बिरामी परिरहने शोभराजलाई अस्पताल लगिरहनुपरेको कारागार प्रशासनले नेपाल लाइभलाई जानकारी दियो। ७८ वर्ष भइसकेका शोभराजको उपचारमा प्रत्येक वर्ष १ लाख रुपैयाँका हाराहारीमा राज्यको खर्च भइरहेको कारागार स्रोतले नेपाल लाइभलाई बतायो। 

शोभराजको उपचारमा मात्रै करिब २० लाख रुपैयाँ खर्च भइसकेको छ। शोभरजाकै आग्रहमा केही निजी अस्पतालमा समेत उनको उपचार हुने गरेको थियो। 

निजी अस्पतालको उपचार खर्च भने शोभराज आफैंले तिर्दै आएका छन्। निजी अस्पतालका लागि राज्यले तिरेभन्दा झन्डै दोब्बर रकम शोभराज आफैंले तिरेको प्रशासनले जनाएको छ। 

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १४:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्