• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ १०, २०८२ Sat, May 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
चार्ल्स शोभराज: कोरोना बन्ला त कैद छुटको अवसर?
64x64
नारायण अधिकारी सोमबार, चैत १७, २०७६  ११:१२
1140x725
फोटो- द काठमाडौं पोस्टबाट

काठमाडौं- कोराना भाइरसको संक्रमण नेपालमा देखिएपछि त्यसको उच्च जोखिममा कैदीबन्दी रहेको भन्दै सर्वोच्च अदालतको चैत ७ गते बसेको फुटकोर्ट बैठकले निश्चित मापदण्ड पुगेका कैदीबन्दी रिहा गर्ने भन्दै एउटा निर्णय गर्‍यो।

केन्द्रीय कारागार सुन्धारामा कैदी जीवन बिताइरहेका ‘विकिनी किलर’ चार्ल्स शोभराजले सर्वोच्चको उक्त निर्णय सञ्चार माध्यममार्फत थाहा पाएपछि कारागार प्रशासनसँग यसबारे जानकारी लिए।

तर, प्रशासनले सर्वोच्चको उक्त निर्णयमा शोभराज नअटाउने जवाफ फर्कायो।

सर्वोच्चको फुलकोट बैठकको निर्णय शोभराजलाई समेट्ने किसिमको पनि थिएन। मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ अनुसार कैद वापतको रकम लिई कैदी रिहा गर्न सकिने उल्लेख थियो। दफा १५५ अनुसार एक वर्षसम्मको कैदको हकमा रिहा हुनसक्ने प्रावधान छ।

जसकारण शोभराज सर्वोच्चको यो निर्णय अनुसार रिहा हुन उपयुक्त देखिएनन्। जबकी उनलाई जन्मकैद (२०) वर्ष कैदको फैसला सुनाइएको छ।

सर्वोच्चको फुलकोटको निर्णयको अघिल्लो दिन महान्यायाधीवक्ता कार्यालयले गरेको गरेको एक निर्णयमा भने शोभराज समेटिने किसिमको थियो।

निर्णयको बुँदा नम्बर ६ मा ‘फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ अनुसार कैद कट्टा हुन सक्ने कानुनी व्यवस्था तत्काल कार्यान्वयन गर्न र सो सम्बन्धी कानुनी व्यवस्थामा सुधार गर्न प्राथमिकतापूर्वक प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई लेखी पठाउने’ उल्लेख गरिएको थियो।

दफा ३७ अनुसार चालचलनमा सुधार आएमा र निजले ५० प्रतिशत कैद सजाय भुक्तान गरेमा निजलाई भएको कैद सजाय कारागारले तोकिएबमोजिम कट्टा गर्न सक्ने भनिएको छ।

Ncell 2
Ncell 2

यस दफा अनुसार जन्मकैदको सजाय पाएको व्यक्तिले समेत कैद छुट पाउने उल्लेख गरिएको छ। सोही कानुनी व्यवस्थालाई प्रयोग गर्दै शोभराजले कैद मिनाहाका लागि जेल प्रशासनमा निवदेन दिएका छन्। 

‘उहाँको निवेदन परेको छ। छुटका लागि निवदेन हाल्न पाउनु उहाँको अधिकार पनि भयो। छोड्ने नछोड्ने भन्ने कुरा हामीमा भर पर्दैन’ कारागार स्रोतले नेपाल लाइभसँग भन्यो।

तर केन्द्रीय कारागारका जेलर लम्क्षीप्रसाद बाँस्कोटा भने शोभराजको निवेदन नपरेको दाबी गर्छन्। उनले नेपाल लाइभको कुराकानीमा भने, ‘अहिलेसम्म उहाँको निवेदन परेको छैन। केन्द्रीय कारागारबाट अहिलेसम्म विभिन्न मुद्दाका ३० जना कैदीबन्दी रिहा भइसकेका छन्। बाँकी ३० जनाले निवेदन दिएका छन्। त्यसमा उहाँको नाम छैन।’

शोभराजलाई छाड्ने अधिकार सरकारको
यसरी परेका निवेदन उपर मुद्दाको कसुर हेर्दै विभिन्न अदालत तथा जिल्ला प्रशासन कार्यालय रिहा गदै आएका छन्। तर शोभराजको हकमा भने सरकारले निर्णय गर्नुपर्ने हुन्छ।

कैद छुटको माग गर्दै गत वर्षको कात्तिक २१ गते शोभराज सर्वोच्च अदालत पुगेका थिए। कारागार नियमावलीको प्रावधानमा विदेशी नागरिकले पनि बिना भेदभाव छुट पाउनुपर्ने मागसहित शोभराज सर्वोच्च पुगेका थिए। कुनै पनि अपराधका कसुरदार भए पनि ७० वर्ष उमेर कटेपछि ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने नियमावलीको व्यवस्था आफूलाई पनि लागू हुने मागसहित उनले रिट दायर गरेका थिए। 

शोभराजका तर्फबाट मुद्दामा बहस गर्दै आएकी अधिवक्ता शाकुन्तला थापाले दायर गरेको निवेदनउपर गत वर्षको फागुन १३ गते फैसला गर्दै शोभराजलाई कैद छुट दिने विषय सरकारको अधिकार क्षेत्र भएको फैसला सुनाएको थियो। जसकारण अब कुनै पनि अदालतको आदेशबाट उनको कैद मिनाहा सम्भव छैन।

सर्वोच्चले त्यसबेला भनेको थियो, ‘उनको छवि अन्तर्राष्ट्रिय रुपमा नै कुख्यात अपराधीको छ। यसअघि पनि यस्तै मुद्दामा सर्वोच्चले छुट दिने अधिकार सरकारको भनिसकेको छ।’

जसकारण शोभराजको उक्त निवेदन उपर सरकारले निर्णय गरेर उनलाई रिहा गर्न सक्ने अधिकार पनि छ। उक्त निवेदन कारागार प्रशासनबाट कारागार व्यवस्थापन हुँदै गृहमन्त्रालय पुगेपछि कैद मिनाहा गर्ने या नगर्ने भन्ने विषय सरकारको निर्णयमा भर पर्छ।
७६ वर्ष भइसकेको शोभराज कानुनी प्रावधान अनुसार नै वृद्ध र ७५ प्रतिशत कैद भुक्तान गरिसकेका व्यक्तिमा पर्छन्। 

यदी उनको कैद मिनाहा भएन भने उनी २०८० असोज १ गतेसम्मम जेलमै बस्नुपर्ने छ। शोभराज सर्वोच्च अदालतको फैसलाले २०६० असोज २ गतेदेखि जेलमा छन्। ०३२ सालमा अमेरिकी नागरिकको हत्या अभियोगमा उनलाई सर्वोच्चले जन्मकैदको सजाय सुनाएको थियो। यसबीचमा ०७१ मा भक्तपुर जिल्ला अदालतले पनि एक क्यानडेली नागरिकको ०३२ सालकै हत्या अभियोगमा पनि उनलाई जन्मकैदको सजाय सुनाएको थियो।

अभियोगका बारेमा शोभराजले अदालतमा दिएको  बयान


कैद मिनाहा पाउँ भन्दै नजिर समेत पेश
शोभराजले कैद मिनाहा लागि दिएको यो पहिलो निवेदन भने होइन। यसअघि उनले दिएको निवेदन अनुसार केन्द्रीय कारागारले २०७५ वैशाख २० गते शोभराजको बाँकी रहेको २६ प्रतिशत कैद छुटका लागि सिफारिस गरेको थियो। उक्त सिफारिसको जानकारी प्रमुख जिल्ला अधिकारीलाई पठाइए पनि कार्यान्वयन नभएको भन्दै शोभराजका तर्फबाट उच्च अदालत पाटनमा समेत रिट दायर भएको थियो।

त्यसबेला पाटनले कानुनी प्रक्रियामार्फत भेदभाव नराखी टुंग्याउन आदेश दिएको थियो।

निवेदनसँग शोभराजले आफूले कैद मिनाहा पाउनुपर्ने नजिर समेत पेश गर्दै आएका छन्। यसअघि उनले अमेरिकी नागरिक फेनिज मेसिनटोसको मुद्दाको नजिरलाई देखाउँदै छुट माग गरेका थिए। आफ्नो निवेदनमा अहिले पनि उक्त कुरा समेटेको स्रोतले जानकारी दियो। मेसिनटोसको मुद्दामा सर्वोच्चले ७ वर्ष कैद सजाय भएकोमा ३ वर्ष ८ महिना २१ दिन जेल बसेपछि छुट दिएको थियो। क्यान्सरको गम्भीर बिरामी भन्दै उनलाई छुट दिइएको थियो।

अहिले पनि शोभराज आफू मुटुको बिरामी भएको, वृद्ध र ७५ प्रतिशत कैद भुक्तान गरिसकेको भन्दै कैद मिनाहा लागि निवेदन दिएका छन्।

शोभराजको अपराध—यात्रा
सन् १९४४ मा भियतनाममा जन्मिएका शोभराजका बाबु भारतीय मूलका हुन्। पछि उनलाई आमाका प्रेमीले हुर्काएका थिए। 
उनले अपराध यात्रा सन् १९६३ मा १९ वर्षको उमेरबाट सुरु हुन्छ। त्यसबेला उनले पेरिसको एक घरमा चोरी गरेका थिए। त्यसबेला पक्राउ परेका उनले झन्डै एक वर्ष जेल जीवन बिताए। जेलमा त्यहाँको अन्डरवर्ल्ड समूहका सदस्य फिलिक्स इसकोन्जीसँग उनको चिनजान भयो। 

जेलबाट छुटेपछि शोभराजले उनकै समूहमा आबद्ध भएर अपराध मच्चाउन थाले। त्यसबेला उनले अपराधभन्दा पनि सूचना संकलनको काम गरेको बताइन्छ।

त्यसपछि उनले पेरिसमा चोरी आतंक मच्चाए। सो क्रममा प्रहरीले निगरानी थालेपछि उनले पेरिस नै छाडे।

त्यसपछि उनी पूर्वी युरोप हुँदै सन् १९७० मा भारत आए। मुम्बईमा उनी कार चोर्ने र बेच्ने गर्थे। भारतको मुम्बईस्थित होटल अशोकामा चोरी गरेकै कारण पक्राउ परेका उनी छुटेपछि अफगानिस्तान छिरेका थिए। त्यहाँ पनि उनी समातिए। तर, बिरामी परेको नाटक गरेर अस्पतालबाटै फरार भएका उनी इरान, टर्की हुँदै ग्रिसतिर हान्निए। ती देशमा चोरी र लुटपाट आतंक मच्चाएपछि थाइल्यान्ड पुगे। त्यहाँ त उनले तीन जना पर्यटकको हत्या नै गरे।

हत्या गरिएका तीन जना पर्यटकको राहदानी बोकेर उनले काठमाडौंको यात्रा तय गरे। नेपाल आएका उनले यहाँ पनि विदेशी पर्यटकको हत्या गरे।

२०३२ पुस ६ गते क्यानेडियन नागरिक लोरेन्ट क्यारियरको हत्या गरेर शव टुक्रा पारी भक्तपुरको मनोहरा खोलामा फालेका थिए, उनले।
उनीविरुद्ध भक्तपुर चित्तपोलका गोकर्णबहादुर कार्कीले २०३२ पुस ६ मा मुद्दा दायर गराएका थिए। त्यसअघि काठमाडौंमा भएको कोन्नी ब्रोनिचको हत्यामा उनैको संलग्नता थियो।

अमेरिकन युवती कोनी ब्रन्चिजको हत्या मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका शोभराज प्रहरीलाई छक्याउँदै भाग्न सफल पनि भए।

उनी नेपालको विमानस्थलबाट हात्ती नै छिराइदिन्छु समेत भन्थे।

२०६० मा नेपाल आउँदा भने उनी प्रहरीको पञ्जाबाट फुत्किन सकेनन्। त्यसयता उनको जीवन केन्द्रीय कारागारमा बितिरहेको छ।

प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  ११:१२
  • #coronaupdate
  • #charlessobhraj

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
गोर्खा मिडियाको प्रवन्ध निर्देशक हुनुअघि नै रवि आर्थिक कारोबारमा संलग्न थिए : सर्वोच्च अदालत शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
एक वर्षे कर्जाको ब्याजदर एकल उच्च वा न्यून दोहोरो अंक कायम हुने शुक्रबार, जेठ ९, २०८२
जग्गा मुद्दामा घुस लिने खरिदारसहित तीन जना पक्राउ शुक्रबार, जेठ ९, २०८२
प्रमुख १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्