काठमाडौं– घरेलू बक्स अफिसमा कुल २७४.३१ करोडको कमाई गरेको एसएस राजामौलीको आरआरआरले भारतमात्र नभई विश्वभर धुम मच्चाएको थियो।
रामचरण र जुनियर एनटीआरले फेरि एक पटक विश्वभर बलिवुड फिल्मलाई पुर्याउने भएका छन्। दर्शकहरुले यो फिल्मलाई यति मन पराएकी यसको सिक्वेल बनाउन माग सुरु भएको छ।
ग्लोबलस्त्रतमा कयौं प्रतिष्ठित अवार्डहरुमा यो फिल्म मनोनित पनि भयो। यसरी सफल भएको यो फिल्मको सिक्वेलको तयारी सुरु भएको छ। यो कुराको संकेत फिल्मका निर्देशक एसएस राजमौलीले गरेका छन्।
सुरुवातीमा आरआरआरकझ सिक्वेल बनाउने उनको कुनै योजना थिएन। तर, फिल्मलाई विश्वभरबाट आएको सफलतालाई लिएर निर्देशक राजमौली उत्साहित हुँदै सिक्वेल बनाउने तयारीमा लागेका हुन्।
आरआरआरको सिक्वेलबारे कुरा गर्दै राजामौलीले भनेका छन्, ‘जब हामी यो फिल्म बनाइरहेका थियौं। हामीसँग त्यो समयमा यसको सिक्वेल बनाउने बारेमा कुनै आइडिया थिएन,’ उनले भने, ‘यसको सुरुवाती सफलता देखेर केही चर्चा गरेको र केही राम्रा आइडिया सामुन्ने आएको थियो तर अहिले हामीलाई लागेन कि सिक्वेलका लागि राम्रो आइडिया आएको छ।’
तर, अन्तर्राष्ट्रिय सफलतापछि सिक्वेलका लागि नयाँ आइडियाहरु सामुन्ने आएको उनले बताए। ‘मेरो काकाको छोरा एम एम कीरावनी। जो मेरो कोर टीमको एक हिस्सा पनि हुन्। उनले एउटा आइडिया ल्याएका छन् मलाई यो राम्रो लागेको छ,’ उनले भने, ‘यसमा हामीले काम गर्न पनि सुरु गरिसकेका छौं।’
राजमौलीका पिता विजयेन्द्र प्रसादले फिल्मको स्क्रिप्ट लेखिरहेका छन्। उनका सबै फिल्ममा विजयेन्द्रले नै स्क्रिप्ट लेख्दै आएका छन्। ‘अहिले उहाँ आरआरआरको सिक्वेलको कथामा गम्भीरतापूर्वक काम गरिरहनुभएको छ,’ राजामौलीले भने, ‘छिटोभन्दा छिटो यसलाई पूरा गरिने छ।’
उनले स्क्रिप्ट पूरा भएपछि यसलाई कसरी बनाइन्छ र कहिले बनाइन्छ तथा यसलाई स्क्रिनमा कसरी ल्याउने भन्नेबारे निर्णय गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।