काठमाडौं– बादी समुदायबाट पहिलो पटक उच्च शिक्षा हासिल गरेका बादी समुदायका युवतीहरूले सरकारले शिक्षामा विभेद गरेका कारण आफ्नो समुदायमा युवतीहरू बाध्यात्मक यौन व्यवसाय अँगाल्न बाध्य भएको बताएका छन्।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै बादी समुदायबाट पहिलो पटक ब्यापारमा स्नाकोत्तर गरिरहेकी देबीसरा बादी तथा अधिबत्ता बनेकी सीता बादीले ब्यवस्था बदलिँदा पनि बादी समुदायको अवस्था नबलिएको भन्दै आक्रोश व्यक्त गरे।
‘सरकारले बादी छोरीहरूको शिक्षामा सहयोग पनि गर्दैन अनि कुनै संस्थाले पढाउदा पनि कक्षा १० पछि संस्थाले पढाउन नपाउने कानुनी अड्चन छ। यसले विभिन्न संस्थामा पढिरहेका युवतीहरू यौन ब्यवसायमा फर्किएका छन्,’ उनीहरूको गुनासो छ।
सुर्खेतको झुप्रा खोलाबाट लाइट हाउस नामक संस्थाले काठमाडौं ल्याएर पढाइदिए पछि आफैं व्यापार गरिरहेकी देबीसरा सरकार सहयोगी बन्ला भन्दा उल्टो बादी युवतीहरूलाई यौन व्यवसायमा लाग्न बाध्य बनाइरहेको गुनासो गर्छिन्।
आमाको नाममा नागरिकता बन्ने कानुन बने पनि बाबुको पहिचान सरकारी निकायले खोज्दा धेरैको नागरिकता बन्न सकेको छैन।
तिनै तहका सरकार बादी समुदायका समस्याप्रति उदासिन बनेका कारण बादीका समुदायका समस्या जस्ताको तस्तै भएको जानकारहरू बताउँछन्। कार्यक्रममा बोल्दै देबीसरा र सीताले ०६२ सालमा उमा बादीहरूले गरेको पेटीकोट आन्दोलनको स्मरण गर्दे फेरि बादीहरूले नांगै सिंहदरबार घेर्न पर्ने अवस्था आएको बताए।
नेपालका ३५ जिल्लामा ७० हजार जनसंख्या बादी समुदायको छ। २०४६ साल भन्दा पहिला पूर्ण रुपमा फिरेन्ते जातिका रुपमा रहेको बादी समुदाय पछिल्लो समय खोला किनारमा सुकुम्बासीका रुपमा बसोबास गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।