• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

एसपी सरुवा: ‘मालदार ठाउँ’ पीएसओको कब्जामा

64x64
नेपाल लाइभ मंगलबार, पुस ५, २०७९  २०:०४
1140x725

काठमाडौं– प्रहरी प्रधान कार्यालयले आइतबार निकालेको प्रहरी उपरीक्षक (एसपी)को काज सरुवामा नेताका पीएसओ (पर्सनल सेक्युरेटी अफिसर) कै बोलवाला देखिएको छ। 

सोमबार २३ एसपीको काज सरुवा निकाल्दा ८ जिल्लाका प्रहरी प्रमुखहरु फेरिएका थिए। ती ८ जिल्लाका इञ्चार्ज पाउनेहरु अधिकांश शक्तिकेन्द्र निकट रहेका देखिएका छन्। अझ आकर्षक मानिने जिल्लाहरुमा वर्तमानदेखि पूर्व प्रधानमन्त्रीका पीएसओहरु हाबी भएको देखिएको छ। 

एसपीका लागि सबैभन्दा आकर्षक मानिने जिल्लामध्ये तराईको पर्सा हो। भारतसँगको मुख्य सीमानाका रहेको पर्सा ‘आर्थिक कमाइ’का हिसाबले निकै आकर्षक मानिन्छ। आकर्षक मानिने पर्साको इञ्चार्ज प्रधानमन्त्री शेरबहादुर देउवाका पूर्वपीएसओ कोमल शाहले पाएका छन्। प्रधानमन्त्री निकट रहेका शाह बालुवाटारकै रुचिमा पर्सा पुगेका हुन्।

यसअघि डीएसपीबाट एसपीमा बढुवा हुँदा पनि शाहले छलाङ मारेका थिए। गत असारमा प्रहरी प्रधान कार्यालयले ३६ जना डीएसपीलाई एसपीमा बढुवा गरेका थियो। विभिन्न ३ मितिमा डीएसपी बनेकाहरु आफ्नो ब्याचको पहिलो नम्बरमा हुँदा समेत छुट्दा उनै कोमल शाहले भने छलाङ मारेका थिए। डीएसपीसम्म २५ नम्बरमा रहेका शाह एसपी बढुवामा छलाङ मार्दै आफ्नो ब्याचमा दोस्रो नम्बरमा आएका थिए। त्यतिबेला उनी देवाकै पीएसओको रुपमा कार्यरत थिए। अहिले फेरि सरुवामा उनै शाह हाबी भएका छन्। 

मध्य तराईको अर्को जिल्ला सर्लाहीको इञ्चार्ज पाउने नरेशराज सुवेदी पनि नेताकै पीएसओ भइसकेका व्यक्ति हुन्। माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का पीएसओ सुवेदी शक्तिकेन्द्रकै ‘पावर’मा सर्लाही पुगेका हुन्। यसअघि उनी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तालिम शाखा महाराजगञ्जमा कार्यरत थिए। 

शक्तिकेन्द्रकै रोजाइमा तराईको अर्को आकर्षक जिल्लाको प्रमुख बनेका व्यक्ति हुन् एसपी विश्वराज खड्का । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, सानोगौचरमा रहेका खड्कालाई धुनषाको प्रहरी प्रमुख बनाएर पठाइएको छ। यसअघि उनले दरबारमार्ग वृत्त प्रमुखको जिम्मेवारी पाएका थिए। 

पूर्वगृहमन्त्री खुमबहादुर खड्काका भतिजा समेत रहेका विश्वराज  कांग्रेसका नेताहरुसँग राम्रो हिमचिम भएकै कारण विवादित हुँदा पनि पटक–पटक इञ्चार्ज पाइरहने अफिसर हुन्। 

यसअघि महानगरीय प्रहरी वृत्त बालाजु र इलाका प्रहरी कार्यालय गजुरीमा रहँदा प्रहरी आचरण विपरीत काम गरको भन्दै प्रहरी प्रधान कार्यालयले खड्काको जिम्मेवारी खोसेको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

ललितपुर परिसरमा कार्यरत रहँदा त १ लाख रुपैयाँ घुसकाण्डमा मुछिएपछि उनी कारबाहीमै परेका थिए। राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएका अधिकृत हुन् खड्का।

अर्को आकर्षक जिल्ला बाँकेको कमाण्ड सम्हाल्ने अर्का पीएसओ हुन् सन्तोषसिंह राठौर। उनी प्रचण्डकै पूर्व पीएसओ हुन्। शक्तिकेन्द्रकै आशीर्वादका कारणलाई उनलाई बाँकेको प्रहरी प्रमुख बनाइएको छ। 

काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्वेषण तथा योजना विकास शाखामा दरबन्दी रहेर केन्द्रीय विशेष कार्यदलमा रहेका राठौर खुमलटारको पहुँचमा आकर्षक मानिने पश्चित तराईको जिल्ला बाँकेको इञ्चार्ज भएका हुन्। 

यसअघि पनि राठौरले आकर्षक मानिने प्रहरी वृत्त सोह्रखुट्टेको इञ्चार्ज भएका थिए। राठौर यसअघि सर्लाही जिल्लाको इञ्चार्ज समेत भइसकेका व्यक्ति हुन्। शक्तिकेन्द्रको पहुँचमा आकर्षक मानिने ठाउँको इञ्चार्ज पाउँदै आएका राठौर सर्लाहीमा हुँदा विवादित बनेका थिए। २०७८ को दशैंमा एसपी राठौरसँगै सर्लाहीका सीडीओ, सशस्त्रका सर्लाही प्रमुखसहितको टोली सार्वजनिक स्थलमा बसेर तास खेलेको भिडिओ सार्वजनिक भएको थियो। उक्त विवादपछि उनी मधेस प्रदेश प्रहरी कार्यालयमा तानिएका थिए। 

त्यसैगरी कैलालीको इञ्चार्जमा देबेन्द्रबहादुर पाल, सिन्धुलीको इञ्चार्जमा राजकुमार सिलवाल, सुर्खेतको इञ्चार्जमा योगेन्द्रसिंह थापा र झापाको इञ्चार्जको दुर्गाराग रेग्मीले पाएका छन्। 

एसपी श्याककृष्ण अधिकारी र योगन्द्रसिंह थापाको भने इञ्चार्ज–टु–इञ्चार्ज सरुवा भएको छ। बाँकेको एसपी भएर काम गरेका अधिकारीलाई त्यहाँबाट अर्को इञ्चार्ज राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल पठाइएको छ। 

अधिकारीभन्दा अघिसम्म राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको इञ्चार्ज रहेका योगेन्द्रसिंह थापाले सुर्खेतको इञ्चार्ज पाएका हुन्। इञ्चार्ज–टु–इञ्चार्ज सुरुवा नगर्ने नीति विपरीत उनीहरुको भने इञ्चार्ज–टु–इञ्चार्ज सरुवा भएको छ।

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  २०:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ?
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो?
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्