• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

एसपी सरुवा: ‘मालदार ठाउँ’ पीएसओको कब्जामा

64x64
नेपाल लाइभ मंगलबार, पुस ५, २०७९  २०:०४
1140x725

काठमाडौं– प्रहरी प्रधान कार्यालयले आइतबार निकालेको प्रहरी उपरीक्षक (एसपी)को काज सरुवामा नेताका पीएसओ (पर्सनल सेक्युरेटी अफिसर) कै बोलवाला देखिएको छ। 

सोमबार २३ एसपीको काज सरुवा निकाल्दा ८ जिल्लाका प्रहरी प्रमुखहरु फेरिएका थिए। ती ८ जिल्लाका इञ्चार्ज पाउनेहरु अधिकांश शक्तिकेन्द्र निकट रहेका देखिएका छन्। अझ आकर्षक मानिने जिल्लाहरुमा वर्तमानदेखि पूर्व प्रधानमन्त्रीका पीएसओहरु हाबी भएको देखिएको छ। 

एसपीका लागि सबैभन्दा आकर्षक मानिने जिल्लामध्ये तराईको पर्सा हो। भारतसँगको मुख्य सीमानाका रहेको पर्सा ‘आर्थिक कमाइ’का हिसाबले निकै आकर्षक मानिन्छ। आकर्षक मानिने पर्साको इञ्चार्ज प्रधानमन्त्री शेरबहादुर देउवाका पूर्वपीएसओ कोमल शाहले पाएका छन्। प्रधानमन्त्री निकट रहेका शाह बालुवाटारकै रुचिमा पर्सा पुगेका हुन्।

यसअघि डीएसपीबाट एसपीमा बढुवा हुँदा पनि शाहले छलाङ मारेका थिए। गत असारमा प्रहरी प्रधान कार्यालयले ३६ जना डीएसपीलाई एसपीमा बढुवा गरेका थियो। विभिन्न ३ मितिमा डीएसपी बनेकाहरु आफ्नो ब्याचको पहिलो नम्बरमा हुँदा समेत छुट्दा उनै कोमल शाहले भने छलाङ मारेका थिए। डीएसपीसम्म २५ नम्बरमा रहेका शाह एसपी बढुवामा छलाङ मार्दै आफ्नो ब्याचमा दोस्रो नम्बरमा आएका थिए। त्यतिबेला उनी देवाकै पीएसओको रुपमा कार्यरत थिए। अहिले फेरि सरुवामा उनै शाह हाबी भएका छन्। 

मध्य तराईको अर्को जिल्ला सर्लाहीको इञ्चार्ज पाउने नरेशराज सुवेदी पनि नेताकै पीएसओ भइसकेका व्यक्ति हुन्। माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का पीएसओ सुवेदी शक्तिकेन्द्रकै ‘पावर’मा सर्लाही पुगेका हुन्। यसअघि उनी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तालिम शाखा महाराजगञ्जमा कार्यरत थिए। 

शक्तिकेन्द्रकै रोजाइमा तराईको अर्को आकर्षक जिल्लाको प्रमुख बनेका व्यक्ति हुन् एसपी विश्वराज खड्का । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, सानोगौचरमा रहेका खड्कालाई धुनषाको प्रहरी प्रमुख बनाएर पठाइएको छ। यसअघि उनले दरबारमार्ग वृत्त प्रमुखको जिम्मेवारी पाएका थिए। 

पूर्वगृहमन्त्री खुमबहादुर खड्काका भतिजा समेत रहेका विश्वराज  कांग्रेसका नेताहरुसँग राम्रो हिमचिम भएकै कारण विवादित हुँदा पनि पटक–पटक इञ्चार्ज पाइरहने अफिसर हुन्। 

यसअघि महानगरीय प्रहरी वृत्त बालाजु र इलाका प्रहरी कार्यालय गजुरीमा रहँदा प्रहरी आचरण विपरीत काम गरको भन्दै प्रहरी प्रधान कार्यालयले खड्काको जिम्मेवारी खोसेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

ललितपुर परिसरमा कार्यरत रहँदा त १ लाख रुपैयाँ घुसकाण्डमा मुछिएपछि उनी कारबाहीमै परेका थिए। राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएका अधिकृत हुन् खड्का।

अर्को आकर्षक जिल्ला बाँकेको कमाण्ड सम्हाल्ने अर्का पीएसओ हुन् सन्तोषसिंह राठौर। उनी प्रचण्डकै पूर्व पीएसओ हुन्। शक्तिकेन्द्रकै आशीर्वादका कारणलाई उनलाई बाँकेको प्रहरी प्रमुख बनाइएको छ। 

काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्वेषण तथा योजना विकास शाखामा दरबन्दी रहेर केन्द्रीय विशेष कार्यदलमा रहेका राठौर खुमलटारको पहुँचमा आकर्षक मानिने पश्चित तराईको जिल्ला बाँकेको इञ्चार्ज भएका हुन्। 

यसअघि पनि राठौरले आकर्षक मानिने प्रहरी वृत्त सोह्रखुट्टेको इञ्चार्ज भएका थिए। राठौर यसअघि सर्लाही जिल्लाको इञ्चार्ज समेत भइसकेका व्यक्ति हुन्। शक्तिकेन्द्रको पहुँचमा आकर्षक मानिने ठाउँको इञ्चार्ज पाउँदै आएका राठौर सर्लाहीमा हुँदा विवादित बनेका थिए। २०७८ को दशैंमा एसपी राठौरसँगै सर्लाहीका सीडीओ, सशस्त्रका सर्लाही प्रमुखसहितको टोली सार्वजनिक स्थलमा बसेर तास खेलेको भिडिओ सार्वजनिक भएको थियो। उक्त विवादपछि उनी मधेस प्रदेश प्रहरी कार्यालयमा तानिएका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसैगरी कैलालीको इञ्चार्जमा देबेन्द्रबहादुर पाल, सिन्धुलीको इञ्चार्जमा राजकुमार सिलवाल, सुर्खेतको इञ्चार्जमा योगेन्द्रसिंह थापा र झापाको इञ्चार्जको दुर्गाराग रेग्मीले पाएका छन्। 

एसपी श्याककृष्ण अधिकारी र योगन्द्रसिंह थापाको भने इञ्चार्ज–टु–इञ्चार्ज सरुवा भएको छ। बाँकेको एसपी भएर काम गरेका अधिकारीलाई त्यहाँबाट अर्को इञ्चार्ज राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल पठाइएको छ। 

अधिकारीभन्दा अघिसम्म राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको इञ्चार्ज रहेका योगेन्द्रसिंह थापाले सुर्खेतको इञ्चार्ज पाएका हुन्। इञ्चार्ज–टु–इञ्चार्ज सुरुवा नगर्ने नीति विपरीत उनीहरुको भने इञ्चार्ज–टु–इञ्चार्ज सरुवा भएको छ।

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  २०:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्