• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

३३ वर्षीया सुस्मा राई: पहिलो बच्चा अस्पतालमा पाइन्, दोस्रो घर र तेस्रो धुलाम्य बाटोमा!

'यस्तो दु:ख कसैलाई नहोस्, मेरो गाउँमा पनि सडक बनोस्'
64x64
कल्पना घिमिरे बुधबार, पुस ६, २०७९  १६:३४
1140x725

खोटाङ– गत मंसिर २७ गते ललितपुरका सगेन्द्र श्रेष्ठले ‘यस्तो अनुभव फेरि भोग्न नपरोस्, यस्तो दुःख अरु कसैलाई नहोस्’ भन्दै एक महिलाले धुलाम्मे रोडमा बच्चा जन्माएको फोटो र सहयोग गर्दाको भोगाइ फेसबुकमा पोस्ट गरे।

यो घटना खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको हो। हलेसी तुवाचुङ नगरपालिका- ५, बतासेघाटकी ३३ वर्षीया सुस्मा राईलाई २८ गते राति १ बजे सुत्केरी व्यथाले च्याप्यो। व्यथाले निकै गाह्रो बनाएपछि सुस्माले अस्पताल लैजान आफ्ना श्रीमान् सरोज राईलाई भनिन्।

रातिको समय थियो। अस्पताल घरबाट निकै टाढा थियो। त्यसकारण श्रीमानले उनलाई घरैमा हेरचाह गरिरहे। वरपर छिमेकीलाई पनि बोलाए। 

'उहाँले एकछिन् पर्ख, उज्यालो भएपछि जाउँला। यहीँ पो जन्मिन्छ कि भन्नुभयो। मलाई भने निकै गाह्रो भइरहेको थियो,’ उनले भनिन्।

यसअघि सुस्माले २ वटा बच्चा जन्माइसकेकी थिइन्। पहिलो छोरी १२ वर्षअघि कटारीको अस्पतालमा जन्माएकी उनले दोस्रो छोरा ९ वर्षअघि घरैमा जन्माएकी थिइन्। तेस्रो बच्चा पनि घरमै सजिलै जन्मिन्छ भन्ने उनीहरुलाई लागेको थियो। तर सोचेजस्तो भएन। व्यथाले च्याप्दै गएपछि उनका श्रीमान् आत्तिए। 

छिमेकीले पनि अस्पताल लैजान सल्लाह दिए। उनलाई अस्पताल पुर्‍याउन निकै गाह्रो थियो। बाटो साँघुरो थियो। गाडी, एम्बुलेन्स चल्न सक्ने बाटो थिएन। बिरामीलाई बोकेरै अस्पताल लैजानुपर्ने अवस्था भयो।

319037731_727114741767687_8535445471588856115_n (1)1671520949.jpg

सरोजको आफ्नै मोटरसाइकल थियो। मोटरसाइकल जान सक्ने बाटो भएकाले मोटरसाइकलमै श्रीमतीलाई अस्पताल लैजाने निधो गरे। मोटरसाइकलमै जाँदा पनि अस्पताल पुग्न डेढ घण्टा लाग्ने बाटो थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

बिहानको ८ बजेको थियो। सरोज सुस्मालाई बाइकमा राखेर निस्किए। ‘नगरपालिकाको एम्बुलेन्स त थियो। तर बाटो साघुँरो भएका कारण एम्बुलेन्स जाँदैनथ्यो। बोकेर पुर्‍याउन दिनभरि लाग्थ्यो। बरु मोटरसाइकल जानसक्ने भएकाले मोटरसाइकलमा गयौं,’ उनले भनिन्।

घरबाट हिँडेको झण्डै एक घण्टा बितिसकेको थियो। सुस्मालाई झनझन व्यथाले च्यापेको थियो। बाटोमा गाह्रो हुँदा सरोजले बिसाउँदै फेरि बाइकमा राखेर गुडाउँदै थिए। केही समयपछि व्यथाले निकै च्याप्यो। उनी बाइकको पछाडि अडिएर बस्न सकिनन्। त्यसपछि श्रीमानले मोटरसाइकलबाट ओराले। सुस्मा धुलो सडकमा लडिबुडी गरिरहिन्। श्रीमानले उठाउन खोज्दा पनि सकिरहेका थिएनन्।

त्यही बेला २ जना युवक त्यही बाटो मोटरसाइकलमा आउँदै थिए। ती युवकसँग सरोजले सहयोग मागे। उनीहरु मोटरसाइकल रोकेर सहयोग गर्न लागे। 

‘धुलाम्मे रोडमा म पीडाले छट्पटाएकी थिएँ। श्रीमानले मलाई समातेर उठाउन खोज्नुभएको थियो। म बाइकमा बस्न सक्ने अवस्थामा थिइनँ। त्यही बाटो भएर आएका भाइहरुले सहयोग गर्नुभयो,’ सुस्माले सुनाइन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

घाम लागे पनि जाडो मौसम भएकाले चिसो हावा चलिरहेको थियो। सुस्मा धुलोमा पल्टिएकी थिइन्। ‘मलाई अति गाह्रो भयो। बच्चा जन्मिन लागेको महसुस भयो। पेटमा थिच्नु, बच्चा झर्न लाग्यो भनेर मैले भनें। त्यसपछि श्रीमानले पेट थिचिदिनुभयो। ती सरहरुमध्ये एक जनाले मेरो हात समात्नुभयो। अर्कोले ज्याकेट भुइँमा ओछ्याउनुभयो। त्यसपछि मैले बल गरे,’ उनले भनिन्।

बिहान ९ बजेको थियो। सुस्माले बल गरेपछि केही छिनमा बच्चा जन्मियो। बच्चाको आधा जिउ ज्याकेटमा आधा जिउँ भुँइमा परेको थियो। ‘बच्चा जन्मिएपछि सबै जना खुसी भयौँ। आँखा खोल्न नसकेर बच्चा हात र खुट्टा चलाउँदै रुन थाल्यो। बल्ल शान्ति मिल्यो,’ सुस्माले अनुभव सुनाइन्।

‘बाटोमा जन्मेको बच्चाको नाम राख्ने? भनेर सहयोग गर्ने एक जनाले भन्नुभयो। मेरो श्रीमानले ‘इन्जिनियर’ राख्नुपर्छ भन्नुभयो। ‘हो यो बच्चाले यो बाटो बनाएर अरुको दुःख मेट्नुपर्छ’ भन्दै सरहरु हाँस्दै हुनुहुन्थ्यो,' उनले भनिन्।

एकछिनमा सुस्मा उठिन्। पानी तिर्खा लागेको थियो। तर पानी थिएन। बच्चा त जन्मियो, तर साल झर्नै बाँकी थियो। बच्चाको साल काट्नुपर्ने, तर कसरी काट्ने? समस्या भयो।

320150203_2976839399287996_7809437430143825459_n1671520949.jpg

अलि तल कोशीवारि उनीहरुका आफन्त बस्थे। सुस्माका श्रीमानले खबर गरेपछि आफन्तहरु पानी, लुगा, धागो र ब्लेड लिएर आए। त्यसपछि सालनाल काटेर घर फर्किए।

‘म पनि बाइकमै बसेर घर फर्किएँ। सहयोग गर्ने सरहरुलाई पनि उतै लग्यौं। उहाँहरु हाम्रा लागि भगवान बनेर आउनुभयो। हामीलाई ठूलो गुन लागाउनुभयो। सबैले यसरी कहाँ सहयोग गर्छन् र,’ सुस्माले भनिन्।

ती दुई सहयोगी युवकहरु कोल्यावरेटिभ स्कुल नेटवर्कमा काम गर्ने भएकाले उदयपुर जिल्लाका केही विद्यालयको सहकार्यमा प्रोजेक्टको कामका लागि त्यहाँ पुगेका रहेछन्। तीमध्ये सगेन्द्र श्रेष्ठ कोल्यावरेटिभ स्कुल नेटवर्कका को-डिरेक्टर हुन्। उनको घर ललितपुरको महालक्ष्मी नगरपालिका- ८ मा पर्छ। अर्का प्रशान्त ज्ञवाली उनका साथी हुन्।

खोटाङ विकट पहाडी जिल्ला हो, जहाँ केही स्थानमा मोटरबाटो पुगिसके पनि कच्ची भएकाले ठूला सवारी साधन गाउँगाउँमा पुग्दैनन्। मुख्य बजार क्षेत्रमा मात्र सवारी साधन चल्छन्।

गाउँमा सविधायुक्त अस्पताल छैनन्। उपस्वस्थ्यचौकी पुग्न पनि घण्टौं हिँड्नुपर्छ। खोटाङका ग्रामीण भेगमा अझै पनि बिरामी बोकेरै अस्पताल पुर्‍याउनुपर्ने अवस्था छ। अस्पताल टाढा भएकाले बाटोमै बच्चा जन्मिने र प्रसव व्यथाले च्याप्दा पनि गर्भवतीलाई तीन/चार दिनसम्म घरमै बस्नुपर्ने बाध्यता छ। 

‘हलेसी नगरपालिका भित्रको अवस्था त यस्तो छ भने गाउँपालिकाहरुको अवस्था के होला?,' सुस्मा राई प्रश्न गर्छिन्, 'हाम्रो जिल्लाका नेताहरु केही गर्दैनन्। चुनाव आएपछि भोट माग्न आउँछन्। जितेपछि काठमाडौंमा बस्छन्। गाउँको अवस्था यस्तो छ। एउटा एम्बुलेन्स लैजान मिल्ने बाटो छैन। कसले गर्ने हो।’

उनको सुझाव छ, ‘मैले त पीडा भोग्नु पर्‍यो। अब आउने दिनमा अरुले यस्तो पीडा भोग्नु नपरोस्। मेरो गाउँमा ठूलो बाटो बने हुन्थ्यो।'

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  १६:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्