• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सरकार गठनका लागि दौडधुप तीव्र 

एक–अर्कामाथि दबाब बढाउने रणनीतिमा कांग्रेस र माओवादी

64x64
नवीन झा आइतबार, पुस ३, २०७९  २०:१९
1140x725

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सात दिने म्यादसहित संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्। आउँदो १० गते साँझ छ बजेभित्र नयाँ प्रधानमन्त्री सिफारिस गर्न राष्ट्रपतिले दलहरूलाई समय दिएकी छन्।

राष्ट्रपति कार्यालयको सूचनासँगै नयाँ सरकार गठनको औपचारिक प्रकिया सुरु भएको छ। हुन त दलहरूको बीचमा अनौपचारिक तहमा यसबारे यसअघि देखि नै गृहकार्य चलिरहेको छ। 

आइतबार राष्ट्रपतिको आह्वान अगाडि मात्रै सतारुढ दुई प्रमुख घटक नेपाली कांग्रेस र नेकपा माओवादीको बैठकले आ–आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेका छन्। कांग्रेस कार्यसम्पादन समिति बैठकले संसदीय दलको निर्वाचनका लागि कार्यदल गठन गर्दै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गर्‍यो।

उता, माओवादीको पदाधिकारी बैठकले पनि आफ्नै नेतृत्वमा सरकार गठन गर्ने र त्यसको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने निर्णय गर्‍यो। माओवादीका उपसमहासचिव जनार्दन शर्माले गठबन्धनको सरकार गठन हुँदा पहिलो चरणमा आफ्ना पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बन्नुपर्ने बताए। 

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने ४ मंसिरको निर्वाचपछि संसद्ंमा सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन स्वाभाविक रहेको भन्दै त्यसका लागि पहल गर्ने कार्यसम्पादन समितिले निष्कर्ष रहेको बताए।

कांग्रेस र माओवादी दुवैको आइतबार बसेको बैठकले आ–आफनै नेतृत्वमा नयाँ सरकार बनाउने निष्कर्षले दुवैले एक–अर्कामाथि दबाब बढाउन खोजेको देखिन्छ।

वर्तमान सत्ता गठबन्धनका दुई घटकले नै नयाँ सरकारको नेतृत्वको दाबी गरेपछि राष्ट्रपतिले दिएको समयसीमामा को नयाँ प्रधानमन्त्री बन्छ भन्ने चासो झन् रोचक बन्न पुगेको छ। त्यति मात्र होइन वर्तमान गठबन्धनको निरन्तरता पनि शंसय उत्पन्न भएको छ। तर, गठबन्धनका नेताहरू वर्तमान गठबन्धनले निरन्तरता पाउने दाबी गर्छन्।

एमालेले आफ्नो जनमत प्रतिपक्षमै बस्ने भएकाले आफू प्रतिपक्षमै बस्ने र नयाँ सरकारको खेलमा नलाग्ने बताइरहेको छ। तर, अनौपचारिक रुपमा भने एमालेले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग छलफल अघि बढाएको छ। सहकार्यका लागि यी दुई दलसमक्ष प्रस्ताव पठाइसकेको छ। वर्तमान गठबन्धन भत्काउने रणनितीमा रहेको एमालेले माओवादी अध्यक्ष प्रचण्डलाई अब बन्ने  सरकारको पहिलो आधा कार्यकाल प्रधानमन्त्री दिने र पछिको बाँकी आधा कार्यकाल एमाले नेतृत्वमा सरकार बनाउने प्रस्ताव गरेको छ। तर, त्यसका तत्कालीन नेकपामा प्रचण्डले केपी ओलीमाथि आरोपसहित ल्याएको १८ पृष्ठको दस्तावेज फिर्ता लिनुपर्ने अडान राखेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रचण्ड भने त्यसतर्फ जानुभन्दा पहिला अहिलेकै सत्ता गठबन्धनबाटै प्रधानमन्त्री बन्न सकिन्छ कि भन्ने रणनीतिमा लागेका छन्। जसका लागि उनले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरे। देउवाले भने संसदीय दलको नेता चयनपछि यसबारेमा छलफल गर्ने बताएका छन्। 

शनिबार प्रधानमन्त्री देउवासँग भेट्नुअघि प्रचण्डले कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाणसँग आफ्नै निवासमा भेटेका थिए। गृहमन्त्री खाणसँगको छलफलपछि उनले आफ्ना पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए। त्यसपछि मात्र उनी बालुवाटार गएका थिए।

बालुवाटारमा दुई नेताबीच भएको छलफलमा प्रचण्डले शक्ति बाँडफाँटदेखि अबको सरकारको नेतृत्व माओवादीलाई दिन प्रस्ताव गरेका थिए। कांग्रेस नेताहरूले प्रचण्डको प्रस्तावलाई सार्वजनिक रुपमा अस्वीकार गरेका छैनन् तर, पहिला आफ्नै नेतृत्वमा अगाडि बढ्नुपर्ने लाइनमा छन्।

प्रचण्डसँगको छलफलपछि देउवाले शनिबार साँझ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बालुवाटार बोलाएका थिए। आइतबार बिहान कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पुनः माओवादी अध्यक्ष प्रचण्डसँग उनकै निवास खुमलटार पुगेर भेट गरेका थिए। खड्काले प्रचण्डसँग नयाँ सरकार गठन र अबको शक्ति बाँडफाँटको बारेमा कुराकानी भएको नेपाल लाइभलाई बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘निर्वाचनको मत परिणाम पूर्णरुपमा आइसकेको छ। राष्ट्रपतिले नयाँ प्रधानमन्त्री चयनका लागि आह्वान पनि गरिसक्नु भएको छ’, खडकाले भने ‘त्यही भएर हामी गठबन्धनका घटकहरू बीचमा त्यसबारेमा छलफल हुनु स्वाभाविकै हो।’ 

उनीहरूबीच आइतबार पनि भेटवार्ता भएको छ। देउवालाई भेट्न प्रचण्ड आइतबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए। पार्टीको पदाधिकारी बैठकलगत्तै प्रचण्ड पेरिसडाँडबाट बालुवाटार पुगेका हुन्।

वर्तमान गठबन्धन रहे पनि वा भत्किए पनि संसद्को नयाँ गणितमा साना दलहरूको भूमिका समेत महत्त्वपूर्ण देखिएकाले उनीहरूतर्फ प्रमुख दलहरूको नजर केन्द्रित छ। कांग्रेस, माओवादी र एमालेका शीर्ष नेताहरू साना दलसँग लगातार संवादमा छन्। तर, साना दलहरू प्रमुख दलहरूको बीचमा हुने सत्ता समीकरणको सहमतिलाई पर्खेर बसेका छन्।

वर्तमान सत्ता गठबन्धनभित्र कांग्रेस र माओवादीबीचमा सहमति भए लोसपा र जनमत पार्टीले समर्थन  गर्ने लगभग पक्का देखिन्छ। गठबन्धन भत्किएमा एमाले–माओवादीलाई राप्रपा र जसपाले साथ दिने लगभग पक्का छ। यसबीचमा कांग्रेस र एमाले दुवैले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सहयात्रामा ल्याउन सकिन्छ कि भनेर छलफल चलाइरहेका छन्।

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  २०:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको फोटोसहितको समाचार सार्वजनिक भएपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक सञ्जालमार्फत... आइतबार, कात्तिक १, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० जनाको सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन... शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्