• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

संस्कृत बोल्ने गाउँ: जहाँ हरेक घरमा छन् इन्जिनियर, सबै जाति–धर्म बराबर, मुस्लिम पनि बोल्छन् संस्कृत

64x64
नेपाल लाइभ शनिबार, पुस २, २०७९  ०६:२८
1140x725

काठमाडौं– ‘हाम्रो देशका कैयौं भाषा बोलिन्छ। तर सामाजिक एकता स्थापित गर्नका लागि जो क्षमता संस्कृतमा छ त्यो अरु कुनै भाषामा छैद्द। जब उद्देश्य देश विकासको हो भने संस्कृतको प्रयोगबिना सम्भव छैन। संस्कृतलाई हिन्दीका साथै राष्ट्रभाषा बनाइयोस्’ १२ डिसम्बर सोमबार यो माग लोकसभामा गरिएको थियो। यस्तो माग गर्ने व्यक्ति थिए–भाजपा सांसद कुँवर पुष्पेन्द्र सिंह चन्देल।

उनले संस्कृत भाषा मात्र नभएर विज्ञान भएको बताए। यस्तै कर्नाटकको एक गाउँ छ जहाँ सबै मानिस संस्कृत बोल्छन्। उक्त गाउँको नाम हो मत्तूरु। बाहिरबाट हेर्दा कुनै सामान्य गाउँजस्तो देखिन्छ। तर भित्र जाँदा मात्र थाहा हुन्छ यो गाउँ सामान्य छैन। 

मानिसहरु ठूला–ठूला घरहरुमा बस्छन्। भुइँमा बसेर खाना खान्छन् र भुइँमै सुत्छन्। यो भारतको एक मात्र संस्कृतभाषी गाउँ हो। ४ हजार जनसंख्या रहेको यो गाउँमा बालबालिकादेखि बृद्धसम्म संस्कृत नै बोल्छन्।

सडकमा हिँड्दै गरेका मानिस तपाईंलाई ‘नमस्कार:, भवान् कथमसि? (तपाईं आराम हुनुहुन्छ), किं त्वं अस्माभि: सह भोजनं करिष्यसि (के तपाईं हामीसँगै खाना खानुहुन्छ), कुत आगच्छसि (कहाँबाट आउनुभयो) र कुत्र गच्छसी अर्थात कहाँ जाँदै हुनुहुन्छ’ बोल्दै गरेको देख्न सक्नुहुन्छ। 

हर धर्म र जाति सबै बराबर

यहाँका स्थानीय मात्र होइन, बाहिरबाट कोही बसाई सरेर आउनुपर्दा संस्कृत सिक्नु अनिवार्य गरिएको छ। गाउँमा मदिरा र मासुजन्य पदार्थका कुनै पसल छैनन्। यहाँ हिन्दूका साथै मुस्लिम पनि बस्छन्। उनीहरु पनि संस्कृत नै बोल्छन्। गाउँको चारैतिर मन्दिर बनेका छन्। यहाँका मानिसहरु वर्ण व्यवस्थालाई मान्दैनन्। उनीहरुका लागि हर धर्म र जाति सबै बराबर हुन्। 

शिमोगा जिल्लामा रहेको मत्तूरु गाउँ जिल्ला मुख्यालयभन्दा करिब १० किलोमिटरको दूरीमा बसेको छ। यहाँका अधिकांश मानिस सुपारी खेती गर्छन्। गाउँमा वाईफाई इन्टरनेट, लग्जरी गाडी र शानदार बंगला छन्। तर माहोल भने कुनै गुरुकुल जस्तो छ।

अझ विशेष कुरा त के हो भन्दा यस गाउँका करिब हर घरमा एउटा इन्जिनयर छन्। यति मात्र होइन केही घरका युवाहरु मेडिकल अध्ययनका लागि अमेरिका र जर्मनी गएका छन्। गाउँका मानिसलाई संस्कृतको मात्र ज्ञान भएको भन्ने पनि छैन। यहाँका मानिस अंग्रेजी र कन्नड पनि बोल्छन्। हर साता गाउँमा चौपाल लगाइन्छ। जहाँ अगुवाहरु हातमा माला लिएर मन्त्रोच्चारण गर्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

मत्तूरुमा तरकारी बेच्नेदेखि पसलवालासम्म संस्कृत बोल्छन् र बुझ्छन् पनि। गाउँका पर्खालहरुमा संस्कृतमा नारा, अफिसमा संस्कृत भाषामा बोर्ड र नेमप्लेट छन्। गाउँबाट ३० भन्दा बढी संस्कृतका प्रोफसर छन्। जझ कुवेम्फू, बैंगलुरु, मैसूर र मंगलुरुका विश्वविद्यालयमा अध्यापन गराइरहेका छन्। 

भारतीय विद्या भवन, बैंगलुरुको डाइरेक्टर र कन्नड राइटर माथुर कृष्णमूर्ति, भ्वाइलिन वादक भेंकटराम र गामाका गायक पद्मश्री एचार केशवमूर्ति पनि यसै गाउँका हुन्। 

गाउँमा पस्नेबित्तिकै ठूला–ठूला बंगला देख्न सकिन्छ। गाउँबाहिर भेटिएका किरण अवधानी सेतो रंगको वैदिक पहिरनमा मन्त्र उच्चारण गरिरहेका थिए। उनले हामीलाई देख्नेबित्तिकै संस्कृतमा अभिवादन गरे। पछि कुराकानी सुरु भयो। गाउँमा संस्कृतको प्रयोगबारे उनी भन्छन्, ‘हाम्रा लागि संस्कृत एक भाषा मात्र होइन। पिता–पुत्र, गुरु–शिष्यजस्तै एक परम्परा हो। यो ज्ञान ऋषिमुनिबाट मिलेको वरदान हो।’

गाउँको अन्तिम छेउतिर ग्राम पञ्चायतको कार्यालय छ। यहाँ सिनियर क्लर्क सुषमा भेटिइन्। उनले सरकारी कामकाज नियम अनुसार कन्नड भाषामा हुने गरेको बताइन्। तर अफिसमा बोलचाल भने संस्कृतमै हुने गरेको छ। उनका तीन सन्तान छन्। उनीहरुलाई पनि सानैदेखि संस्कृत सिकाएको उनी बताउँछिन्। 

मत्तूरु गाउँमा शारदा संस्कृत विद्यालय छ। विद्यालयका प्रधानान्यापक गिरीश कुलश्रेष्ठ संस्कृतमा मात्रै कुरा गर्छन्। उनले भने, ‘४० वर्षअघि गाउँमा वेद संस्कृत यज्ञ सुरु भएको थियो। जसमा देश विदेशका कैयौं विद्वान आएका थिए।’ उनीहरूले नै मत्तूरुलाई ‘संस्कृत ग्राम’को दर्जा दिएका थिए। गाउँको मूल भाषा संकेथी हो। जसको जन्म संस्कृतबाट नै भएको हो। यो भाषा तमिल र मलयालमको मिश्रण हो। 

गिरीशका अनुसार संस्कृत भारती नामको संस्थाले यो भाषाको विकास र प्रचारको काम गरिरहेको छ। अंग्रेजी भाषा कक्षा जस्तै संस्कृत स्पिकिङको कक्षा पनि चलाइन्छ। संस्कृतबाहेक यहाँ कन्नड पनि बोलिन्छ। गाउँ बाहिरबाट आएका पाहुनाका लागि व्यवहारिक रुपमा संस्कृत प्रयोग गरिँदैन। यही कारण युवाहरुमा केही जटिलता रहेको उनी बताउँछन्।

संस्कृतमै कुराकानी

विद्यालय अवलोकनका क्रममा एक कक्षाबाट संस्कृतको श्लोक सुनिँदै थियो। हामी कक्षामा पुग्यौं। त्यहाँ गुरु अनन्त कृष्णनसँग भेट भयो। अनन्तले १० वर्षका बालबालिका र गाउँका अन्य मानिसलाई संस्कृत सिकाउँछन्। वेद पुराणका अध्यापन गराउँछन्। गाउँमा हिन्दू या मुस्लिम जोसुकै भए पनि संस्कृतमै कुराकानी गर्छन्। 

अन्तले भने, ‘मानिसहरु संस्कृत पढ्नाले जागिर पाइँदैन भन्ने सोच्छन्। तर संस्कृतको प्रयोग हर तरिकाले हुन्छ। हिन्दी, मलयालम, तमिल र मराठीमा ७० प्रतिशत भन्दा धैरै शब्दहरु संस्कृतबाट लिइएका हुन्।’

अनन्तले पहिलो कक्षादेखि नै बालबालिकालाई संस्कृत सिकाउने गरेको बताए। साथै योग र वेदको शिक्षा पनि दिइन्छ। संस्कृत श्लोक बोल्दाबोल्दै उच्चारण शुद्द हुने उनको भनाइ छ। ‘हाम्रो देशमा मात्र होइन। विदेशका अन्य क्षेत्रबाट पनि संस्कृत सिक्न आउँछन्। जसमा जर्मनी, अस्ट्रेलिया, अमेरिका र जापान विद्यार्थी पनि सहभागी छन्। 

यहाँ २० दिन, एक महिना या तीन वर्षसम्म रहेर मानिसहरु संस्कृत सिक्छन्। कैयौं मानिस अनुसन्धानका लागि पनि आउँछन्। ‘धरैभन्दा धेरै मानिस संस्कृत जानुन्। यसका लागि हामीले आसपासका गाउँ, मन्दिर र सार्वजनिक स्थलमा संस्कृत बोलचालको कक्षा चलाउँछौं’, अनन्तले भने। 

यस्तै स्थानीय दीपक शास्त्री भन्छन्, ‘हाम्रो प्राथमिकता संस्कृत भाषा हो। हामी बच्चादेखि नै यसैमा कुराकानी गरिरहेका छौं। यो त सनातनको भाषा हो। मैले आफ्नो स्कूलमा नै संस्कृत सिकेँ।’

विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र अनन्तराम भेटिए। संस्कृत किन सिक्न लाग्नुभएको भन्ने प्रश्नमा उनी भन्छन्, ‘जब अन्य देशका मानिसहरु हाम्रो देशमा आएर संस्कृत सिक्छन्। फेरि हामी त यहीँकै हौं। मेडिकल र इन्जिनियरिङजस्तै संस्कृतमा पनि हाम्रो स्लेबस चाहिन्छ। मलाई लाग्छ आउने समयमा यो हुनसक्छ।

गाउँका बृद्ध र शिक्षकले अघिल्लो पुस्तालाई संस्कृत सिकाइरहेको स्थानीय सुब्रमण्यम अवधानीले बताए। उनले भने, ‘मेरा तीन बालबालिकालाई पनि संस्कृत सिकाइरहेको छु। उनीहरु सबै वेद, उपनिषद र पुराण अध्ययन गर्छन्। मेरो ठूलो छोरा संस्कृतको विद्वान बनिसक्यो। हामी चाहन्छौं कि सबै बालबालिका संस्कृतमै करिअर बनाउन्। यहाँ १५ विद्यार्थी बाहिरबाट आएका छन्। उनीहरुको बस्न र खानका लागि सबै व्यवस्था हामीले नै गरेका छौं।’

दैनिक भास्करका लागि आशीष रायले तयार पारेको विशेष रिपोर्टको नेपाली अनुवाद

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  ०६:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्