तस्बिर सौजन्य: बेथानचोक खबर
काठमाडौं– काभ्रेमा मंगलबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेहरूको संख्या १७ पुगेको छ।
दुर्घटनामा घाइते भएकामध्ये ९ जनाको शीर मेमोरियल अस्पताल बनेपा एक जनाको मध्यपुर अस्पताल, २ जनाको काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा, त्रिवि शिक्षण अस्पतालमा १ जना र धुलिखेल अस्पतालमा ९ जनाको उपचार भइरहेको प्रहरीले बताएको छ।
काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको काभ्रेका प्रहरी प्रमुख, एसपी चक्रराज जोशीले नेपाल लाइभलाई बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।