मुम्बई- बलिउड नृत्यंगाना नोरा फतेहीले अभिनेत्री ज्याकलिन फर्नान्डिजविरुद्ध मुद्दा दायर गरेकी छिन्। उनले दिल्ली पटियाला हाउस कोर्टमा मानहानीको मुद्दा हालेकी हुन्। ज्याकलिनले आफ्नो इमेज खराब गर्न खोजेको भन्दै यस्तो मुद्दा दर्ता गराएकी हुन्।
उनले केही सञ्चारमाध्यमविरुद्ध पनि मुद्दा दायर गरेको बताइएको छ। नोराले आफ्नो मुद्दामा भनेकी छिन्, ‘ज्याकलिनले आफ्नो फाइदाका लागि अपराधिक रुपले बदनाम गर्ने कोशिस गरेकी छिन्। किनकी हामी दुवै एउटै उद्योगमा छौं।’
सुकेश चन्द्रशेखरसँग नोराले गिफ्ट लिएको ज्याकलिनले बताएकी छिन्। उनीहरु दुवैलाई सुकेश मनी लाउन्ड्रिङ केसमा प्रहरीले बयान लिएको छ। अहिलेसम्म यस विषयको टुंगो लागेको छैन। पटियाला कोर्टले १९ डिसेम्बरमा सुनुवाई गर्ने तय गरेको छ।
नोराले आफ्नो बयानमा सुकेशसँग प्रत्यक्ष सम्बन्ध नभएको दाबी गरेकी छिन्। उनी केवल सुकेशकी श्रीमती लिना मारिया पलमार्फत् चिन्ने बताएकी छिन्। उनले सुकेशबाट गिफ्ट लिएको कुरा गलत भएकोसमेत दाबी गरेकी छिन्। मिडिया ट्रायलका कारण आफ्नो मान हानी भएको बताउँदै यसको जिम्मेवार ज्याकलिन रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।