• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

समानुपातिकमा ३ जना पुरुष छनौट गर्दा कांग्रेसमा चलेको रस्साकस्सी: इतर समूहबाट कसरी अटाए परियार?  

64x64
नवीन झा सोमबार, मंसिर २६, २०७९  २०:१९
1140x725

काठमाडौं– प्रतिनिधि सभाको समानुपातिकतर्फ ३२ सिट पाएको कांग्रेसले २९ महिला र ३ जना पुरुषको नाम निर्वाचन आयोगलाई बुझाइसकेको छ। तर, ३ जना पुरुषको नाम छनौटका लागि चलेको रस्साकस्सीलाई लिएर भने कांग्रेसमा अहिले पनि ‘चर्चा–परिचर्चा’ जारी छ। 

प्रत्यक्षबाट निर्वाचित ५७, सामानुपातिकका ३२ र राष्ट्रिय सभाका १० जना गरी कांग्रेसबाट संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सांसदको संख्या ९९ पुग्यो। संघीय संसद्‌मा प्रत्येक दलबाट अनिवार्य रुपमा १ तिहाई महिलाको प्रतिनिधित्व हुनुपर्ने प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को व्यवस्थाअनुसार कांग्रेसले संघीय संसद्‌मा महिलाको संख्या ३३ पुर्‍याउनुपर्ने भयो। राष्ट्रिय सभामा ३ जना महिला पहिल्यै थिए भने प्रत्यक्षतर्फ १ जना सीता गुरुङ, तेह्रथुमबाट निर्वाचित भएकी थिइन्। 

समावेशी सिद्धान्तको अनिवार्य पालना गर्दा कांग्रेसले ३२ सिटमा आदिवासी जनजातिबाट ९, खस आर्यबाट १०, थारुबाट २, दलितबाट ५, मधेसीबाट ५, मुस्लिमबबाट १ जना समेट्नुपर्थ्यो। संघीय संसद्‌मा महिलाको संख्या ३३ पुर्‍याउनलाई २९ जना समानुपातिकबाटै छान्नुपर्ने बाध्यात्मक अवस्था बन्यो। जसअनुसार पुरुष ३ जना मात्रै समेट्न सकिन्थ्यो। जबकि, पुरुषतर्फ ६ जनालाई ‘जसरी पनि’ समेट्नुपर्ने दबाब पार्टी सभापति शेरबहादुर देउवालाई थियो।  

कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीतर्फका ११० जना उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाउँदा केही प्रभावशाली नेता (पार्टी पदाधिकारी समेत)को नाम समावेशी समूह (कलस्टर)को पहिलो नम्बरमा राखिएको थियो। पार्टी प्रवक्ता प्रकाशशरण महत खस–आर्य समूहको पहिलो नम्बरमा थिए। यस्तै, गोपालमान श्रेष्ठ आदिबासी जनजाति, विमलेन्द्र निधि मधेसी, जीवन परियार दलित, फरमुल्लाह मन्सुर मुस्लीम र योगेन्द्र चौधरीको नाम थारु तर्फको १ नम्बरमा थियो। 

निर्वाचन आयोगले समानुपातिक तर्फको मतगणना सकेर, दलहरुले प्राप्त गरेको मत र सिट संख्या निर्धारण गरी समावेशी समूहबाट पठाउनुपर्ने सम्मेदवारको संख्यासहित खुलाएर बिहीबार दलहरुलाई पत्र काटेको थियो। समानुपातिकतर्फको नामहरु बुझाउन आयोगले दलहरुलाई ३ दिन (शनिबार) सम्मको समय दिएको थियो। कांग्रेसले शनिबार अबेर राति समानुपातिक तर्फका नामहरु आयोगमा बुझायो। 

Ncell 2
Ncell 2
nimb
nimb

समेट्नैपर्ने भनिएका ६ जना पुरुष नेताहरुको नाममध्येबाट कांग्रेसले ३ जना मात्रै नेताको नाम समेटेर निर्वाचन आयोगमा बुझाएको छ। पुरुषतर्फबाट पार्टी प्रवक्ता महत, सहमहामन्त्री समेत रहेका परियार र निधिको नाम समानुपातिक सांसदका लागि सिफारिस भएको छ।  

इतर समूहको चर्को दबाबपछि अटाएका परियार 
निर्वाचन आयोगले पत्र काटेपछि बिहीबार नै सभापति देउवाले समानुपातिक उम्मेदवार छनौटका लागि आफूनिकट नेताहरुसँग छलफल गरेका थिए। देउवानिकट नेताका अनुसार बिहीबार नै समानुपातिकमा समेटिने उम्मेदवारको सूची लगभग फाइनल भएको थियो। तर पुरुषतर्फ कसलाई राख्ने र हटाउने भन्ने विषयमा भने शुक्रबार र शनिबार अबेरसम्म पटक पटक छलफल भए। 

पुरुषतर्फ पार्टी प्रवक्ता महतलाई देउवाले जसरी पनि समेट्नुपर्ने गरी प्राथमिकता निर्धारण गरेका थिए। १४औं महाधिवेशनमा पार्टी सभापतिमा प्रतिस्पर्धा गरेका, तर दोस्रो चरणमा आफूलाई समर्थन गरेका कारण देउवाले विमलेन्द्र निधिलाई पनि ‘गुन’ तिर्नुपर्ने थियो। तेस्रो जनाका लागि भने देउवाकै समूहबाट गोपालमान श्रेष्ठ र फरमुल्लाह मन्सुरको बलियो दाबेदारी थियो। 

Xtrem
Xtrem

बिहीबार राति बालुवाटारमा भएको छलफलपछि समानुपातिकमा पठाउने सूची निर्धारण भइसकेको थियो। प्रकाशशरण महत, विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको नाम फाइनल भइसकेको थियो। तर, इतर पक्षबाट खेप्न नसकिने दबाबपछि आएपछि जीवन परियारको नाम समावेश भएको देउवा निकटकै एक नेताले नेपाल लाभइलाई जानकारी दिए। 

शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि शुक्रबार साँझ देउवाले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागी बालुवाटार डाके। महामन्त्रीद्धय संगको छलफलपछि देउवाले नेता शेखर कोईरालासंग पनि वालुवाटारमै छलफल गरे। देउवासंगको छलफलका क्रममा महामन्त्रीद्वय र कोइरालाले समानुपातिक नाम छनाट गर्दा पार्टीका पदाधिकारीलाई पाखा नलगाउन सुझाव दिए। 

समानुपातिकका सांसद टुंग्याउने विषयमा भएको छलफलमा सहभागी केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीका अनुसार पार्टी पदाधिकारीलाई प्राथमिकता दिन भनेर पटक–पटक देउवालाई सुझाव (दबाब) दिइएको थियो। 

‘हामीले पदाधिकारीलाई समेट्नुपर्छ। कसैलाई अन्याय गरिनु हुँदैन भनेर पटक पटक सभापतिजीलाई भनेका हौं। सबै उम्मेदवारका सन्दर्भमा हामीले भनेको कुरा भन्दापनि देउवाजीले आफ्नो ढंगले निर्णय गर्नुभो,’ केसीले नेपाल लाइभसँग भने।

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  २०:१९
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
मिथिलाञ्चल क्षेत्रमा जितिया पर्व मनाईँदै शुक्रबार, असोज १६, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने शुक्रबार, असोज १६, २०८३
काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही शुक्रबार, असोज १६, २०८३
निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय शुक्रबार, असोज १६, २०८३
भोटेकोशी बाढीपीडित भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको आश्वासन : ‘तपाईंहरू एक्लो हुनुहुन्न’ शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्