• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

समानुपातिकमा ३ जना पुरुष छनौट गर्दा कांग्रेसमा चलेको रस्साकस्सी: इतर समूहबाट कसरी अटाए परियार?  

64x64
नवीन झा सोमबार, मंसिर २६, २०७९  २०:१९
1140x725

काठमाडौं– प्रतिनिधि सभाको समानुपातिकतर्फ ३२ सिट पाएको कांग्रेसले २९ महिला र ३ जना पुरुषको नाम निर्वाचन आयोगलाई बुझाइसकेको छ। तर, ३ जना पुरुषको नाम छनौटका लागि चलेको रस्साकस्सीलाई लिएर भने कांग्रेसमा अहिले पनि ‘चर्चा–परिचर्चा’ जारी छ। 

प्रत्यक्षबाट निर्वाचित ५७, सामानुपातिकका ३२ र राष्ट्रिय सभाका १० जना गरी कांग्रेसबाट संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सांसदको संख्या ९९ पुग्यो। संघीय संसद्‌मा प्रत्येक दलबाट अनिवार्य रुपमा १ तिहाई महिलाको प्रतिनिधित्व हुनुपर्ने प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को व्यवस्थाअनुसार कांग्रेसले संघीय संसद्‌मा महिलाको संख्या ३३ पुर्‍याउनुपर्ने भयो। राष्ट्रिय सभामा ३ जना महिला पहिल्यै थिए भने प्रत्यक्षतर्फ १ जना सीता गुरुङ, तेह्रथुमबाट निर्वाचित भएकी थिइन्। 

समावेशी सिद्धान्तको अनिवार्य पालना गर्दा कांग्रेसले ३२ सिटमा आदिवासी जनजातिबाट ९, खस आर्यबाट १०, थारुबाट २, दलितबाट ५, मधेसीबाट ५, मुस्लिमबबाट १ जना समेट्नुपर्थ्यो। संघीय संसद्‌मा महिलाको संख्या ३३ पुर्‍याउनलाई २९ जना समानुपातिकबाटै छान्नुपर्ने बाध्यात्मक अवस्था बन्यो। जसअनुसार पुरुष ३ जना मात्रै समेट्न सकिन्थ्यो। जबकि, पुरुषतर्फ ६ जनालाई ‘जसरी पनि’ समेट्नुपर्ने दबाब पार्टी सभापति शेरबहादुर देउवालाई थियो।  

कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीतर्फका ११० जना उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाउँदा केही प्रभावशाली नेता (पार्टी पदाधिकारी समेत)को नाम समावेशी समूह (कलस्टर)को पहिलो नम्बरमा राखिएको थियो। पार्टी प्रवक्ता प्रकाशशरण महत खस–आर्य समूहको पहिलो नम्बरमा थिए। यस्तै, गोपालमान श्रेष्ठ आदिबासी जनजाति, विमलेन्द्र निधि मधेसी, जीवन परियार दलित, फरमुल्लाह मन्सुर मुस्लीम र योगेन्द्र चौधरीको नाम थारु तर्फको १ नम्बरमा थियो। 

निर्वाचन आयोगले समानुपातिक तर्फको मतगणना सकेर, दलहरुले प्राप्त गरेको मत र सिट संख्या निर्धारण गरी समावेशी समूहबाट पठाउनुपर्ने सम्मेदवारको संख्यासहित खुलाएर बिहीबार दलहरुलाई पत्र काटेको थियो। समानुपातिकतर्फको नामहरु बुझाउन आयोगले दलहरुलाई ३ दिन (शनिबार) सम्मको समय दिएको थियो। कांग्रेसले शनिबार अबेर राति समानुपातिक तर्फका नामहरु आयोगमा बुझायो। 

Ncell 2
Ncell 2

समेट्नैपर्ने भनिएका ६ जना पुरुष नेताहरुको नाममध्येबाट कांग्रेसले ३ जना मात्रै नेताको नाम समेटेर निर्वाचन आयोगमा बुझाएको छ। पुरुषतर्फबाट पार्टी प्रवक्ता महत, सहमहामन्त्री समेत रहेका परियार र निधिको नाम समानुपातिक सांसदका लागि सिफारिस भएको छ।  

इतर समूहको चर्को दबाबपछि अटाएका परियार 
निर्वाचन आयोगले पत्र काटेपछि बिहीबार नै सभापति देउवाले समानुपातिक उम्मेदवार छनौटका लागि आफूनिकट नेताहरुसँग छलफल गरेका थिए। देउवानिकट नेताका अनुसार बिहीबार नै समानुपातिकमा समेटिने उम्मेदवारको सूची लगभग फाइनल भएको थियो। तर पुरुषतर्फ कसलाई राख्ने र हटाउने भन्ने विषयमा भने शुक्रबार र शनिबार अबेरसम्म पटक पटक छलफल भए। 

पुरुषतर्फ पार्टी प्रवक्ता महतलाई देउवाले जसरी पनि समेट्नुपर्ने गरी प्राथमिकता निर्धारण गरेका थिए। १४औं महाधिवेशनमा पार्टी सभापतिमा प्रतिस्पर्धा गरेका, तर दोस्रो चरणमा आफूलाई समर्थन गरेका कारण देउवाले विमलेन्द्र निधिलाई पनि ‘गुन’ तिर्नुपर्ने थियो। तेस्रो जनाका लागि भने देउवाकै समूहबाट गोपालमान श्रेष्ठ र फरमुल्लाह मन्सुरको बलियो दाबेदारी थियो। 

बिहीबार राति बालुवाटारमा भएको छलफलपछि समानुपातिकमा पठाउने सूची निर्धारण भइसकेको थियो। प्रकाशशरण महत, विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको नाम फाइनल भइसकेको थियो। तर, इतर पक्षबाट खेप्न नसकिने दबाबपछि आएपछि जीवन परियारको नाम समावेश भएको देउवा निकटकै एक नेताले नेपाल लाभइलाई जानकारी दिए। 

शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि शुक्रबार साँझ देउवाले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागी बालुवाटार डाके। महामन्त्रीद्धय संगको छलफलपछि देउवाले नेता शेखर कोईरालासंग पनि वालुवाटारमै छलफल गरे। देउवासंगको छलफलका क्रममा महामन्त्रीद्वय र कोइरालाले समानुपातिक नाम छनाट गर्दा पार्टीका पदाधिकारीलाई पाखा नलगाउन सुझाव दिए। 

समानुपातिकका सांसद टुंग्याउने विषयमा भएको छलफलमा सहभागी केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीका अनुसार पार्टी पदाधिकारीलाई प्राथमिकता दिन भनेर पटक–पटक देउवालाई सुझाव (दबाब) दिइएको थियो। 

‘हामीले पदाधिकारीलाई समेट्नुपर्छ। कसैलाई अन्याय गरिनु हुँदैन भनेर पटक पटक सभापतिजीलाई भनेका हौं। सबै उम्मेदवारका सन्दर्भमा हामीले भनेको कुरा भन्दापनि देउवाजीले आफ्नो ढंगले निर्णय गर्नुभो,’ केसीले नेपाल लाइभसँग भने।

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  २०:१९
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिने निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्... मंगलबार, माघ ६, २०८२
मुलुकभर उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारीको मनोनयनपत्र दर्ता आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको उम्मेदवारीको मनोनयन... मंगलबार, माघ ६, २०८२
प्रतिनिससभा निर्वाचन : प्रत्यक्षतर्फ यस्तो छ कास्कीमा उम्मेदवारी मनोनयनको दर्ता कार्यतालिका तीनवटा निर्वाचन क्षेत्र रहेका जिल्लामा स्थापित निर्वाचन अधिकृतका कार्यालयहरूमा मनोनयनका लागि जम्मा भएर जान दलहरूले सार्वजनिक सूचना ज... मंगलबार, माघ ६, २०८२
ताजा समाचारसबै
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल मंगलबार, माघ ६, २०८२
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी मंगलबार, माघ ६, २०८२
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी मंगलबार, माघ ६, २०८२
निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण मंगलबार, माघ ६, २०८२
उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिने मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्