• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

रवि लामिछानेको नागरिकता विवाद : सांसद पद निलम्बन हुनसक्छ?

64x64
दुर्गा दुलाल मंगलबार, मंसिर २७, २०७९  ०६:३०
1140x725

काठमाडौं– ‘विदेशी नागरिक वा नेपाली नागरिक नभएको गैरनेपाली नागरिकले उम्मेदवार हुन, मतदान गर्न र राजनीतिक दल खोल्न कानुनले प्रतिबन्ध लगाएको छ भने नेपाली नागरिकले उक्त कार्य निर्वाध रुपमा गर्न पाउनु पर्दछ। तसर्थ रवि लामिछानेका बारेमा जे जुन प्रश्नहरु उठेका छन्, सो गम्भीर छन्। अनागरिक, गैरनागरिक वा विदेशी नागरिकका हातमा मुलुकको राजनीतिक सत्ता, मुलुकको कानुन बनाउने निकाय संसद् र राजनीतिको बागडोर पुग्दा मुलुकको सार्वभौमसत्ता, राजनीतिक स्वाधीनता र राष्ट्रियता नै अन्ततः कमजोर बन्ने र समाप्त हुने खतरा उत्पन्न हुन्छ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेविरुद्ध निर्वाचन आयोगका परेको उजुरीको एक अंश हो, यो। युवराज सफलले दर्ता गराएको उजुरीमा लामिछानेलाई पार्टीको नेतृत्वबाट हटाउनुपर्ने र उनी सांसद पनि हुन नपाउने दाबी गरिएको छ।

सो उजुरीविरुद्ध जवाफ दिँदै लामिछानेले भनेका छन्, ‘मैले आफ्नो नेपाली नागरिकता प्रमाणपत्र वैधानिक रुपमा त्यागेको थिइनँ। न नेपाल सरकारले मेरो नागरिकता रद्द नै गरेको थियो। म विदेश छँदा पनि नेपाली नै थिएँ। आज पनि नेपाली नै नागरिक हुँ।’

मंसिर- ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा चितवन–२ बाट अत्यधिक बहुमतसहित विजयी भएका लामिछाने नागरिकता र पासपोर्ट विवादमा फसिरहेका छन्। सार्वजनिक रुपमा उनले कुनै प्रष्ट जवाफ दिएका छैनन्, जसले विवाद र तर्कवितर्कलाई थप लम्ब्याइरहेको छ।

लामिछानेको नागरिकता विवादमा नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र परराष्ट्र मन्त्रालय लगायतले समानान्तर रुपमा अध्ययन र छानबिन गरिरहेका छन्।

निर्वाचनअघि नै मुख्य निर्वाचन कार्यालय, चितवन- २ मा परेको उजुरीमा लामिछानेले जवाफ दिएसँगै यो विवाद उसले निर्वाचन आयोगमा पठाएको छ। आयोगले केही समयअघि नागरिकता विवाद निरुपण गर्ने विषय गृह मन्त्रालयको भएको भन्दै तालुकदार निकायमा सो विषय पठाएको थियो। गृह मन्त्रालयले नागरिकता विवादमा अमेरिकी दूतावास र जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई पत्र लेखेको छ।  

त्यस्तै, नेपाल प्रहरीले पनि यस विषयमा अध्ययन गरिरहेको छ। अख्तियारले पनि आफूकहाँ दर्ता भएको उजुरीका सन्दर्भमा परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयलाई पत्र लेखेको छ।

यी सबै प्रक्रिया चलिरहँदा लामिछानले आयोगलाई आफू सधैँ नेपाली रहेको र नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै अपनाउन नपर्ने आशयको जवाफ पठाएका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

के भन्छ नागरिकता सम्बन्धी कानुन?
लामिछानेले नेपालको नागरिकता ऐन २०६३ को दफा १० (१) तथा नागरिकता नियमावली, २०६३ विपरीतको कार्य गरेको र दोहोरो नागरिकता लिएको दाबी उजुरीमा गरिएको छ। निष्क्रिय भइसकेको नागरिकतालाई प्रयोगमा ल्याएर उनले निर्वाचन आयोगमा दल दर्ता गर्ने अनि उम्मेदवार हुँदै सांसदमा समेत निर्वाचित भएको दाबी उजुरीमा गरिएको छ।

नेपालको संविधानको धारा १० देखि १५ सम्म नागरिकताको व्यवस्था गरिएको छ। धारा १३ मा नेपालको नागरिकता प्राप्ति, पुन: प्राप्ति र समाप्ति सम्बन्धी व्यवस्था संघीय कानुन बमोजिम हुने भनिएको छ। त्यस्तै, अन्य व्यवस्था पनि संघीय कानुन अनुसार हुने भनिएको छ। संविधान जारी भएपछि निर्माण हुनुपर्ने यो कानुन अहिलेसम्म निर्माण भएको छैन। त्यसैले, यो विवादको निरुपण नेपाल नगरिकता सम्बन्धी ऐन, २०६३ अनुसार हुनुपर्ने हुन्छ। किनकि मौजुदा ऐन यही हो।

ऐनको दफा १० मा नेपाली नागरिकता कायम नरहने सन्दर्भको व्याख्या गरिएको छ। उपदफा १ मा नेपालको कुनै नागरिकले आफूखुसी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन भनिएको छ। यो व्यवस्था अनुसार, लामिछानले अमेरिकी नागरिकता प्राप्त गरेपछि उनको नेपाली नागरिकता कायम रहेको देखिँदैन। उनले २०१४ मा अमेरिकाको नागरिकता प्राप्त गरेको आफ्नो जवाफमा पनि उल्लेख गरेका छन्। उनी सोही मितिबाट नेपाली नागरिक कायम नरहेको ऐनले बताउँछ।

नागरिकता ऐनको दफा ११ मा पुनः नेपाली नागरिकता कायम हुने व्यवस्था गरिएको छ। ‘कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ’ भन्ने प्रावधान यो दफामा छ। यो व्यवस्था अनुसार लामिछानले पासपोर्ट र आफ्नो नागरिकता सच्याएको देखिँदैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले नागरिकता सच्याउने प्रक्रिया नै पूरा नगरी पासपोर्ट बनाउनेदेखि निर्वाचन आयोगमा दल दर्तासम्मको कार्य गरेको देखिन्छ। लामिछानेले निर्वाचन आयोगलाई बुझाएको लिखित जवाफमा भने आफ्नो हकमा १० को प्रक्रियामा नै नगएको अवस्थामा दफा ११ को प्रक्रियामा गई पुनः नागरिकता प्राप्त  नगरेकाले आफू नेपाली नभएको भन्ने दाबी गर्न नमिल्ने जवाफ दिएका छन्।

‘मेरो हकमा दफा १० को प्रक्रियामा नै नगएको अवस्थामा दफा ११ को प्रक्रियामा गई पुनः नागरिकता प्राप्त गर्नुपर्ने अवस्था नै नरहेको स्पष्ट पार्न चाहन्छु’, लामिछानेको जवाफमा उल्लेख छ, ‘यसरी ऐनको दफा ११ को प्रक्रियामा गई मैले पुनः नागरिकता प्राप्त नगरेकोले म नेपाली हो वा विदेशी हो भन्ने प्रश्न उठाई दिएको उजुरी उल्लेखित कानुनी व्यवस्था विपरीत रहेको छ।’

ठहर भएका के हुन्छ सजाय?
लामिछानेको हकमा सफाइ पाउने र दोषी ठहर हुने दुवै विकल्प कानुनमा देखिन्छ। नेपालको संविधानले नागरिकताविहीन हुने परिकल्पना नगरेकाले उनले पुनः प्राप्तिको निवेदन जिल्ला प्रशासन कार्यालयमा गएर नदिए पनि, सरकारका अन्य निकायमा जानकारी दिएकाले सजायको भागिदार नहुने कतिपय कानुनका जानकारहरुको तर्क छ।

वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले कोही पनि नागरिकताविहीन हुने परिकल्पना संविधानले नगरेकाले विदेशी नागरिकता परित्याग गरेको नेपालीले पुनः प्राप्तिका लागि जिल्ला प्रशासन नै पुग्नु नपर्ने बताए। उनले सरकारको कुनै निकायलाई आफूले विदेशी नागरिकता त्याग गरेको जानकारी गराएपछि बाँकी विषय उक्त सरकारी निकायको जिम्मेवारी हुने टिप्पणी गरे।

तर, अन्य कतिपय कानुनविद्हरुले भने नागरिकता ऐनको दफा ११ को प्रक्रिया पूरा नगरी लामिछानेले खारेज भएको नागरिकताले नेपाली नागरिकको रुपमा काम गर्न नपाउने र गरेमा अपराध हुने टिप्पणी गरे। खारेज भइसकेको नागरिकता स्वतः सक्रिय हुने भए त उक्त कुरा कानुनमै उल्लेख हुनुपर्ने उनीहरुको तर्क छ।

लामिछाने यो प्रकरणमा दोषी देखिएमा उनलाई नागरिकता ऐनको दफा २१ अनुसार सजाय हुने छ। ऐनको दफा २१ को १ मा ‘कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झुठो विवरण दिई नेपाली नागरिकता प्राप्त गरेमा एक वर्षदेखि पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ’ भनिएको छ।

त्यस्तै, सोही दफाको उपदफा ३ मा कसैले नेपाली नागरिकताको झुठो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बीस हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने छ भनिएको छ। यसरी हेर्दा उनी दोषी देखिएमा यी दुई दफा अनुसार सजाय हुने देखिन्छ।

सांसद पद निलम्बन हुन्छ कि हुँदैन?
लामिछानेमाथि प्रहरीले अनुसन्धान गरी दोहोरो नागरिकताको प्रयोग र नेपाली प्राप्त नगरेको अपराधमा मुद्दा दायर गरेमा उनको सांसद पद निलम्बन हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि यतिबेला उठिरहेको छ। उनको पद निलम्बन हुने कुरा अब नेपाल प्रहरीको अनुसन्धान अनि सरकारी वकिलले अदालतमा दायर गर्ने मुद्दामा भर पर्ने देखिन्छ। लामिछानेमाथि नागरिकता किर्ते वा अन्यमा मुद्दा दायर हुँदा कति सजाय माग गरिन्छ, त्यसैबाट उनको सांसद पद निलम्बन हुने वा नहुने भर पर्ने देखिन्छ।

संविधानको धारा १०३ को उपधारा ६ पनि मा पनि सांसद पक्राउको कुरा उल्लेख गरिएको छ। ‘कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानुन बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्‍याएको मानिने छैन। त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्ने छ’, उक्त धारामा भनिएको छ।

प्रतिनिधि सभा नियमावलीको नियम २४४ (३) मा तीन वर्ष वा सोभन्दा बढी कैद हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षका लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निजको पारिश्रमिक, सेवा र सुविधा स्थगित हुनेछ भनिएको छ। 

लामिछानेमाथि राहदानी वा किर्तेमा तीन वर्षभन्दा कम सजाय माग गर्दै मुद्दा दायर भएमा उनको सांसद पद निलम्बन नहुने देखिन्छ। अर्कोतिर, अख्तियारले राहदानी किर्तेमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेमा उनी निलम्बित हुने छन्।

वरिष्ठ अधिवक्ता विपिन अधिकारीले लामिछानेको सांसद पद निलम्बन हुने वा नहुने विषय अभियोग दायर भएपछि मात्र भन्न सकिने बताए। उनीमाथि कस्तो अभियोग लाग्छ र कति कैद सजाय माग गरिन्छ, त्यही आधारमा प्रतिनिधि सभा नियमावलीलाई आधार मानेर निलम्बन हुन्छ कि हुँदैन भन्ने टिप्पणी गर्न सकिने अधिकारीले बताए।

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! बीमा तथा नवीकरणमा सहजता : सवारी साधनको बीमा वा बीमा नवीकरण गर्न सवारी धनी स्वयं उपस्थित हुनुपर्ने छैन। सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर)’ विधामा अवार्ड प्राप्त गरेको छ। आफ्नो मोबाइल... सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुरुमा पक्राउ परेकाहरूविरुद्ध ठगीको कसुरमा अनुसन्धानमामात्र अनुसन्धान  अघि बढाएको थिय... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्