• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १२, २०८२ Mon, Jan 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

चितवनमा नेपथ्यको लोकरक साँझः ‘भेडाको ऊनजस्तो’देखि ‘चरी मर्‍यो’सम्म

64x64
नेपाल लाइभ सोमबार, मंसिर २६, २०७९  ११:३१
1140x725

भरतपुर– बत्तीका चकमन्न रंगीविरंगी धर्काहरूले आकाश र भुइँ सबैतिर तिरिमिरि उज्यालो देखाइरहेकै बेला मञ्चमा चढेका गायक अमृत गुरुङले गाउन सुरु गरेः

‘आकाशैबाट के उडी आयो
भेडाको ऊनजस्तो’

उता मञ्चको माथिल्लो भागबाट हिउँ पर्दैगरेको भान पार्नेगरी स्नो इफेक्टको प्रयोग गरिएको थियो। तल सांगीतिक उत्तेजनामा चिच्याइरहेका झण्डै साढे ६ हजार दर्शकको आवाजले मञ्चको ध्वनीलाई समेत चुनौती दिइरहेको थियो ।

हेटौंडामा आयोजित अघिल्लो कन्सर्टमा ब्याण्डकै स्थापनाकालीन गीत ‘आँगनैभरी’बाट सुरुगरेको नेपथ्यले यसरी चितवनमा भने दर्शकहरुमाझ लाङटाङ क्षेत्रबाट संकलित गीतलाई पहिलो प्रस्तुतिका रूपमा छनोट गरेको थियो। प्रतिक्रियामा चार वर्षपछि यस सहरमा फेरि आएको ब्याण्डलाई दर्शकहरुले भरपुर स्वागत गरे।

चितवनका दर्शकहरूसँग नेपथ्यको सम्बन्ध निकै पुरानो हो। सबैभन्दा पहिलो कन्सर्ट यहाँ ब्याण्ड स्थापनालगत्तै गणेश चलचित्र मन्दिरमा सन् १९९५ मा आयोजना गरिएको थियो। त्यो क्रम बढ्दै पछिल्लोपटक ब्याण्ड सन् २०१८ मा यहाँ प्रस्तुत भएको थियो। त्यतिबेला नारायणी नदीको किनारमा कन्सर्ट आयोजना गरिएको थियो भने यसपाला पहिलोपटक क्याम्पाचौरको मैदान झकिझकाउ पारिएको थियो।

मैदानभरी अटाएका दर्शकहरूको भब्य र सभ्य उपस्थितिले यसरी मुलुकभरको यात्रामा निस्केको नेपथ्यको यो चौथो प्रस्तुति पनि ब्यापक रुपमा सफल भएको आयोजकको दाबी छ। महिनादिन लामो यात्राअन्तर्गत यसअघि बिराटनगर, वीरगन्ज र हेटौंडामा यस्तै कन्सर्ट सम्पन्न भइसकेका छन्।  

यसरी करिब डेढ दसक पुरानो गीतबाट सुरुगरेको ब्याण्डले दोस्रो गीत भने झण्डै तीन दशक पुरानो सुनाएको थियो। गीत थियो ‘छेक्यो छेक्यो देउराली डाँडा’। नेपथ्यको सर्वकालीन हिट यो गीत ब्याण्डको दास्रो एल्बम ‘हिमाल चुचुरे’मा अटाएको थियो।

यो गीत सकिनेबित्तिकै गायक अमृतले दर्शकहरूलाई अभिवादन गरेका थिए।

Ncell 2
Ncell 2

‘नारायणघाट आउँदा जहिले पनि म उही ३० वर्ष अघिको अमृत गुरुङ हुँ जस्तो महसुस हुन्छ,’ उनले भनेका थिए, ‘भेरि भेट्ने जोग जुरेको बेला सबैलाई स्वागत छ है।’

त्यसपछि ‘अब तपाइँहरूलाई म रोदीघरतिर लैजान्छु’, भन्दै उनले तेस्रो गीत सुनाएका थिए ‘खान्न म त लामपाते सुरती’।

यसरी धमाधम तीनवटा लोकप्रिय गीतहरू सुनाउन्जेल मंसिर अन्त्यको चिसोकै बीच पनि चितवनका दर्शकमाझ ब्यापक तापक्रम फैलिसकेको थियो।

त्यसपछि पनि नेपथ्यका पुरानै गीतहरू ‘चरी म¥यो’ र ‘जोमसोमै बजारमा’ले निरन्तरता दिएका थिए ।

‘हामी २०४२ सालमा सात दिन लगाएर जोमसोम पुगेका थियौं,’ अमृतले दर्शकहरुलाई भने, ‘अब यो देवघाटबाटै बगेको कालीगण्डकी किनारै–किनार पुगिने त्यो हिमाली भेग एकै दिनमा जान सकिन्छ।’

यसरी मुलुक घुम्न सजिलो भएको बेला यो मौका नछुटाउन र आफ्नो देशलाई राम्ररी बुझ्न सम्पूर्ण दर्शकलाई आव्हान गरे।

अमृतले त्यसपछि धौलागिरितिरै तयार पारिएको गीत सुनाएः

‘शिरफूल शिरैमा वनफूल वनैमा
हिउँको फूल धौलासिरिमा’

कार्यक्रम अवधिभर गायक अमृतले मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए।

‘जीवन भनेको आज छ भोलिके हुन्छ थाहा छैन’, उनले भनेका थिए, ‘आफू बाँचे पनि समाजका अरु मानिसहरू बाँच्न पाएका छन् कि छैनन् भन्ने चिन्ता लिँदै गच्छे अनुसारको दान सबैले गरौं है।’

घर–परिवारबाट निकालिएर सडकमा आश्रित बन्नपुगेका मुलुकभरका नागरिकको सेवामा खटिएको मानवसेवा आश्रमसँग मिलेरै नेपथ्यले यसपटकको देश दौडाहा गरेको हो। यसै क्रममा ब्याण्डको अर्को सर्वकालीक हिट गीत ‘यो जिन्दगानी’ गाउँदै गर्दा मञ्चको पृष्ठ भागमा आश्रमकै आश्रित मानवहरूका मनछुने तस्बिर देखाइएको थियो।

अमिृतले अघिल्लो दिन शनिबार मात्रै ‘मानव सेवा आश्रम’को चितवनस्थित शाखा कार्यालय भ्रमण गरेका थिए। त्यस अवसरमा उनलाई भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले स्वागत गरेकी थिइन्।

मुलुकभर सडकमा आश्रितहरूलाई उद्धार गर्दै खाना र छाना दिने काम गरेकैबाट प्रभावित भइ ब्याण्ड संगीतका माध्यमबाट आश्रमसँगै मिलेर मानवताको सेवातर्फ मोडिन चाहेको अमृतले प्रष्ट पारेका थिए।

कन्सर्ट अघि बढ्दै जाँदा ‘गाउँ–गाउँबाट उठ’को पालो आइपुग्यो। अमृतले मञ्चबाट यो गीत गाइरहँदा क्याम्पाचौर मैदानमा भरिएका अधिकांश दर्शकले पनि गाएरै साथ दिइरहेको रोचक दृश्य देखिन्थ्यो।

त्यो उत्साहलाई समात्दै गीतको बीचैमा गायक अमृतले बोल्न पनि थालेः

‘चुनाव सकिएको छ । अब आफ्ना वाद र विचारलाई आफैमा सीमित राखेर मुलुक बनाउनेतर्फ सबै एकजुट होऔं है।’

धुनकै क्रममा गायकबाट आएको यो आव्हानले नृत्यरत दर्शकमा अझ उत्तेजना थपेको थियो।

कार्यक्रमको अन्त्यतिर सधैँजस्तै नेपथ्यका सर्वकालीक हिट गीतहरू ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो।

‘नेपथ्य आउने समाचारले धेरै दिनदेखि यो क्षण कहिले आउलाजस्तो लागिरहेको थियो’, साथीहरूको भिडकै बीच नृत्य गरिरहेकी सिर्जना अधिकारीले भनिन्, ‘यसपाला हामीले काटेको टिकटबाट मानवसेवामा पनि योगदान पुग्दैछ भनेर झनै खुशी लागेको छ।’

मञ्चमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा नीरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

संगीतका साथै मानवता प्रवद्र्धनका लागि नेपथ्यको यो कन्सर्टले बिराटनगर, वीरगञ्ज र हेटौंडापछि चितवनमा पनि ब्यापक सफलता पाएको भन्दै मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले खुसी ब्यक्त गरे। ‘चितवनमा स्व. विष्णुगोपाल श्रेष्ठको परिवारबाट प्राप्त जग्गा र दाताहरुकै सहयोगमा मानवसेवा आश्रम तयार भइसकेको छ’, उनले भने, ‘यो कन्सर्टबाट उठेको रकमले हामी थप भवनको निर्माणका साथै आश्रितहरुको संरक्षण र पालनपोषणमा लगानी गर्नेछौं।’

चितवनको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँचवटा ट्रक र दुईवटा बसमार्फत् सोमबार नेपालगञ्जतर्फ प्रस्थान गर्नेछ । मानवसेवा आश्रमकै आयोजनामा त्यहाँस्थित ‘नेपालगञ्ज रंगशाला’मा नेपथ्य मंसिर २९ गते बिहीबार प्रस्तुत हुँदैछ।
 

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  ११:३१
  • #नेपथ्य

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गगन थापाले भने– नागरिकको सेवक हुन सर्लाही आएको हुँ
निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी संगठनलाई महानिरीक्षक अर्यालको निर्देशन
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी
सम्बन्धित सामग्री
किताब जात्रामा कविताका साथमा गुन्जिए नायक नाजिर हुसेन उनले आफ्नो सानो हत्केलामा बाआमाका औंला समात्दै तातेताते गर्दै हिँडेको अनुभूति मात्र व्यक्त गरेनन्। आमाको न्यानो काख र कोखको चर्चा गर... बिहीबार, मंसिर २५, २०८२
भारतीय अभिनेता असरानीको निधन उनी ८४ वर्षका थिए। लामो बिरामीका कारण उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्। मंगलबार, कात्तिक ४, २०८२
निःसन्तान जोडीको कथामा रामजी ज्ञवालीले बनाए ‘निःशब्द’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म... शुक्रबार, साउन ९, २०८२
ताजा समाचारसबै
गगन थापाले भने– नागरिकको सेवक हुन सर्लाही आएको हुँ सोमबार, माघ १२, २०८२
निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी संगठनलाई महानिरीक्षक अर्यालको निर्देशन सोमबार, माघ १२, २०८२
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
पूर्वराजा साहले गरे जानकी मन्दिरमा पूजा-अर्चना सोमबार, माघ १२, २०८२
४ वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने सरकारको निर्णय सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
कर्णालीमा कांग्रेसका शाही र एमालेबाट रखाल विजयी आइतबार, माघ ११, २०८२
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्