विराटनगर– भारतीय सेनाको गोर्खा रेजिमेन्टमा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा मोरङ प्रहरीले १ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे नगरपालिका-३ बस्ने ४३ वर्षीय नरेन्द्र पाख्रिङ तामाङ रहेका जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। प्रहरीका अनुसार उनीहरुले विभिन्न व्यक्तिबाट गरी करिब २ करोड रुपैयाँ ठगी गरेको पाइएको छ।
तामाङले करिब २५ जना ब्यक्तिहरुलाई इंडियन आर्मी बनाउँछु भनि जनही ५ देखि ६ लाख उठाउने गरेका थिए। पीडित पक्षबाट प्राप्त उजुरीका आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो।
पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।