काठमाडौं– यतिबेला सामाजिक सञ्जालमा फिल्म ‘थेरी’को तेलुगु रिमेकबारे निकै चर्चा छ। चर्चा यसकारण पनि छ कि उक्त फिल्ममा मुख्य भूमिकामा दक्षिण भारतीय फिल्म स्टार पवन कल्याण देखिँदैछन्।
तर यो फिल्मलाई लिएर उनका फ्यानबीचमा विवाद सिर्जना भएको छ। यहाँसम्मकी उनलाई एक फ्यानले त आत्महत्या गर्ने धम्कीसमेत दिएका छन्।
‘थेरी’को तेलुगु रिमेकको चर्चासँगै पवन कल्याणका प्रशंसकहरु दुई गुटमा बाँडिएका छन्। केहीले समर्थन गरेका छन् भने केहीले उक्त फिल्मलाई लिएर आक्रोश पोखेका छन्।
उनका एक फ्यानले फिल्म निर्माता हरिश शंकरलाई सुसाइट नोट पठाएका छन्। ती फ्यानले आफ्नो हिरोलाई ओरिजिनल फिल्ममा मात्र देख्न चाहेको बताएका छन्।
साउथ स्टार तथा जनसेना पार्टीका अध्यक्षसमेत रहेका पवन कल्याणको चर्चा भारतमा मात्रै होइन विश्वभरी नै हुने गरेको छ। उनका करोडौं फ्यान छन्। यस्तोमा थेरीको तेलुगु रिमेक निर्माणको कुरालाई लिएर उनका समर्थक भड्किएका हुन्।
फ्यानले पवन कल्याणलाई रिमेक फिल्ममा काम नगर्न अनुरोध गरेका छन्। उनले सुसाइट नोटमा भनेका छन्, ‘यो फिल्मको रिमेक नबनाइयोस्।’
यसअघि पवन कल्याण अन्तिमपटक फिल्म भीमला नायकमा देखिएका छन्। यो फिल्म पिन एक रिमेक थियो। अमिताब बच्चनको पिंकको तेलुगु भर्सन वकिल साबमा पनि उनले वकिलको भूमिका निभाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।