• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर २८, २०८२ Sun, Dec 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकार बनाउन किन अग्रसर छैन एमाले?

64x64
नेपाल लाइभ शनिबार, मंसिर २४, २०७९  २१:२१
1140x725

काठमाडौं- प्रतिनिधि सभाको अन्तिम मत परिणाम सार्वजनिक भइसक्दा आगामी सरकार गठनका वैकल्पिक सम्भावनाहरुमाथि चर्चा जारी छ। तिनैमध्येको एक सम्भावना हो, कांग्रेस र एमालेको संयुक्त सरकार। 

निर्वाचनबाट क्रमशः ८९ र ७८ सिट प्राप्त गरेका यी दुवै दल मिलेको अवस्थामा बलियो सरकार बन्ने सम्भावना भएकाले कतिपयले सार्वजनिक रुपमै उनीहरु मिल्नुपर्ने धारणा पनि राखिरहेका छन्। सरकार गठनका लागि न्यूनतम १३८ सिट चाहिनेमा यी दुई दलसँग कुल १६७ सिट छ।

साना दलहरुको प्रवेशले सरकारको आयु साह्रै अनिश्चित हुने बुझाइ बलियो छ। त्यसैले दोस्रो संविधानसभाको निर्वाचनपछि जस्तै कांग्रेस-एमाले मिलेर सरकार गठन गर्दा त्यसले स्थिर सरकार सुनिश्चित गर्ने र साना दलको बार्गेनिङ पनि अन्त्य हुने धारणा कतिपय नेताहरु राख्छन्। तर, अहिले त्यसो गर्न उचित नहुने एमाले उपाध्यक्ष विष्णु पौडेल बताउँछन्। 

‘संविधान निर्माणको बेला र कुनै व्यवस्था परिवर्तन गरेर निर्वाचनसम्म जाने अल्पकालीन अवस्थाका बेलामा प्रमुख दलहरुले सँगै बसेर सरकार सञ्चालन गर्नुपर्ने हुन्छ। त्यस्तो गरिएको पनि छ। अहिलेको निर्वाचन त्यस्तो होइन। यो एउटा नियमित प्रक्रिया हो। यस्तो अवस्थामा प्रमुख पार्टीहरु सँगै सरकारमा बस्नु उचित हुँदैन। त्यसैले अहिले एमाले र कांग्रेस मिलेर सरकार चलाउनु उचित हुँदैन’, नेपाल लाइभसँगको अन्तर्वार्तामा उनले भनेका छन्।

त्यसो त सबैभन्दा ठूलो दल कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलमा निर्वाचित हुँदै अहिलेकै सत्ता गठबन्धनमा केही दललाई भित्र्याएर सरकार गठन गर्ने प्रयत्न गरिरहेका छन्। उनकाप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सकारात्मक नै छन्। देउवा नै संसदीय दलको नेतामा निर्वाचित भएको अवस्थामा सोही अनुसार नै हुने निश्चितप्रायः छ।

विगतमा सत्ता गठबन्धन भत्काउन यथाशक्य प्रयत्न गरिरहेको नेकपा एमाले भने यतिबेला मौन जस्तै छ। उसले कांग्रेसलाई समर्थन दिएर वा सरकारमा सहभागी भएर अन्य दलहरुलाई सत्ताबाहिरै बस्ने परिस्थिति निर्माण गर्ने संकेत त गरेको छैन नै, अन्य साना दलहरुलाई आफूतिर ल्याएर बहुमत जुटाउने प्रयत्न पनि गरेको देखिँदैन। यसो हुनुमा एमाले नेताहरु विभिन्न कारण तेर्स्याउँछन्।

कांग्रेस र एमाले सँगै सरकारमा जाँदा त्यसले लोकतन्त्रलाई मद्दत नगर्ने पौडेलको भनाइ छ। ‘प्रमुख पार्टीहरु नै सत्तामा बस्ने हो भने प्रतिपक्ष कमजोर हुन्छ। प्रतिपक्ष कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ। त्यसकारण एमाले र कांग्रेस सँगै सरकारमा बस्नु उचित हुँदैन’, उनले भने।

अझ पर गएर सोच्ने एमाले नेताहरु अहिले कांग्रेस र एमाले मिलेर सरकार गठन गर्नु भनेको अर्को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको थप फैलावटलाई मलजल गर्नु भएको बताउँछन्। अहिले कांग्रेस र एमाले मिलेर सरकार गठन गर्नासाथ अर्कोपटक त्यस्ता दलको फैलावट र उदयलाई झन् वातावरण बन्ने उनीहरुको बुझाइ छ।

Ncell 2
Ncell 2

साना दलहरुसँग संवाद बढाउँदा पनि उनीहरुको कांग्रेससँगको ‘बार्गेनिङ पावर’ बढ्ने बुझाइ एमालेका नेताहरुको छ। मूलतः माओवादी केन्द्रले त्यसको उपभोग गर्ने भएकाले आफूहरुले वास्ता नगरेको अर्का एक नेता बताउँछन्। 

‘मानौँ न, हामीले सरकार गठनको लक्ष्यसहित साना दलहरुसँग छलफल प्रारम्भ गर्‍यौँ रे! त्यसपछि के हुन्छ?’, उनी भन्छन्, ‘पहिलो त अहिलेको परिस्थितिमा हाम्रोतर्फ बहुमत जुट्न नै कठिन छ। जुटाउने प्रयत्न हुनासाथ प्रचण्डले आफूलाई एमालेबाट यस्तो र उस्तो अफर आएको छ भनेर कांग्रेससँग बार्गेनिङ गर्नेछन्। त्यस्तो किन हुन दिने?’

एमालेले आफूलाई आएको जनमत प्रतिपक्षमै बस्नका लागि भएको अनुभूत पनि गरिसकेको छ। सोही अनुसार भूमिका निर्वाह गर्ने नेताहरुको भनाइ छ। पौडेलले भने, ‘निर्वाचनको क्रममा हामीले जनतासँग बहुमत मागेका थियौँ। तर बहुमत प्राप्त गर्न सकेनौँ। हामी संसद्‌को ठूलो दल पनि भएनौँ। यस्तो अवस्थामा एमालेले सरकारमा जान खोज्नु र सरकारको नेतृत्व दाबी गर्नु उचित होइन। त्यसैले हामी प्रतिपक्षमै बस्छौं। प्रतिपक्षको भूमिका प्रभावकारी ढंगले निर्वाह गर्छौँ।’

यसैसँग जोडिएको अर्को विषयचाहिँ, एमालेले जनमत गठबन्धनको पक्षमा गएको स्वीकार गरेको स्थिति छ। हुन त, समानुपातिकतर्फ एमाले पहिलो दल बन्यो। तर, त्यो प्राविधिक विषय मात्रै रह्यो। प्रतिनिधि सभामा जसले बहुमत जुटाउन सक्छ। उसैले सरकार गठन गर्ने हो। गठबन्धन बहुमत नजिक-नजिक पुगेकाले उसैले सरकार गठन गर्नुपर्ने पौडेलको भनाइ छ।

अर्को कारणचाहिँ, एमालेको आत्मसम्मानसँग जोडिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनताका प्रत्यक्षमा १०० र समानुपातिकमा ५० गरी कुल १५० सिट प्राप्त गर्ने र बलियो सरकारको नेतृत्व गर्ने सार्वजनिक दाबी गरेका थिए। उनले आफैंलाई प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका थिए। तर सिट संख्या एमालेको लक्ष्यभन्दा करिब आधा अर्थात् ७८ सिट प्राप्त भएको छ। यसलाई एमालेले आफ्नो आत्मसम्मानसँग जोडेर बुझेको छ।

आफूहरुले पटकपटक दोहोर्‍याएको लक्ष्य अनुसारको सिट संख्या नआएपछि पनि सरकारमा जान खोज्दा जनमतको अपहेलना गरेको ठहर्ने नेताहरु बताउँछन्। सरकार गठनको प्रयत्न गर्नासाथ एमालेले सत्तालिप्सा देखायो भन्ने प्रचार हुने र त्यसको प्रतिवाद गर्न मुस्किल हुने उनीहरुको भनाइ पाइन्छ।

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  २१:२१
  • #नेकपा_एमाले

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो रहनेछ देशभरको मौसम
एनपीएल २ : क–कसले के जिते?
रोहित पौडेलले जिते कार
सम्बन्धित सामग्री
एकपक्षीय प्रतिनिधि छानेको भन्दै ईश्वर पोखरेल समूहको आपत्ति शुक्रबारको सचिवालय बैठकमा ओली र पोखरेल समूहले ६०/४० को अनुपातमा प्रतिनिधि मनोनित गर्ने सहमति भए पनि ओली समूहले एकलौटी गरेको भन्दै आप... शनिबार, मंसिर २७, २०८२
यी हुन् एमालेका १०८ मनोनीत महाधिवेशन प्रतिनिधि (सूचीसहित) १०८ जना प्रतिनिधि मनोनीत भएसँगै एमालेको ११औँ महाधिवेशनमा सङ्ख्या २ हजार २ सय ६२ जना प्रतिनिधिले मतदान गर्न पाउने भएका छन् । शनिबार, मंसिर २७, २०८२
सुनिता डंगोल महाधिवेशन प्रतिनिधि मनोनीत एमालेको शुक्रबार बसेको सचिवालयले ११ औँ महाधिवेशनमा सहभागी हुने १ सय ८ प्रतिनिधि मनोनीत गर्दा डंगोल पनि परेकी हुन् । शनिबार, मंसिर २७, २०८२
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम आइतबार, मंसिर २८, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
रोहित पौडेलले जिते कार शनिबार, मंसिर २७, २०८२
लुम्बिनी लायन्स एनपीएल सिजन २ को च्याम्पियन शनिबार, मंसिर २७, २०८२
एनपीएल फाइनल: सुदूरले दियो लुम्बिनीलाई ८६ रनको झिनो लक्ष्य शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
एकपक्षीय प्रतिनिधि छानेको भन्दै ईश्वर पोखरेल समूहको आपत्ति शनिबार, मंसिर २७, २०८२
यी हुन् एमालेका १०८ मनोनीत महाधिवेशन प्रतिनिधि (सूचीसहित) शनिबार, मंसिर २७, २०८२
रोहित पौडेलले जिते कार शनिबार, मंसिर २७, २०८२
उपाधिका लागि भिड्दै लुम्बिनी र सुदूरपश्चिम शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्