• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकार बनाउन किन अग्रसर छैन एमाले?

64x64
नेपाल लाइभ शनिबार, मंसिर २४, २०७९  २१:२१
1140x725

काठमाडौं- प्रतिनिधि सभाको अन्तिम मत परिणाम सार्वजनिक भइसक्दा आगामी सरकार गठनका वैकल्पिक सम्भावनाहरुमाथि चर्चा जारी छ। तिनैमध्येको एक सम्भावना हो, कांग्रेस र एमालेको संयुक्त सरकार। 

निर्वाचनबाट क्रमशः ८९ र ७८ सिट प्राप्त गरेका यी दुवै दल मिलेको अवस्थामा बलियो सरकार बन्ने सम्भावना भएकाले कतिपयले सार्वजनिक रुपमै उनीहरु मिल्नुपर्ने धारणा पनि राखिरहेका छन्। सरकार गठनका लागि न्यूनतम १३८ सिट चाहिनेमा यी दुई दलसँग कुल १६७ सिट छ।

साना दलहरुको प्रवेशले सरकारको आयु साह्रै अनिश्चित हुने बुझाइ बलियो छ। त्यसैले दोस्रो संविधानसभाको निर्वाचनपछि जस्तै कांग्रेस-एमाले मिलेर सरकार गठन गर्दा त्यसले स्थिर सरकार सुनिश्चित गर्ने र साना दलको बार्गेनिङ पनि अन्त्य हुने धारणा कतिपय नेताहरु राख्छन्। तर, अहिले त्यसो गर्न उचित नहुने एमाले उपाध्यक्ष विष्णु पौडेल बताउँछन्। 

‘संविधान निर्माणको बेला र कुनै व्यवस्था परिवर्तन गरेर निर्वाचनसम्म जाने अल्पकालीन अवस्थाका बेलामा प्रमुख दलहरुले सँगै बसेर सरकार सञ्चालन गर्नुपर्ने हुन्छ। त्यस्तो गरिएको पनि छ। अहिलेको निर्वाचन त्यस्तो होइन। यो एउटा नियमित प्रक्रिया हो। यस्तो अवस्थामा प्रमुख पार्टीहरु सँगै सरकारमा बस्नु उचित हुँदैन। त्यसैले अहिले एमाले र कांग्रेस मिलेर सरकार चलाउनु उचित हुँदैन’, नेपाल लाइभसँगको अन्तर्वार्तामा उनले भनेका छन्।

त्यसो त सबैभन्दा ठूलो दल कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलमा निर्वाचित हुँदै अहिलेकै सत्ता गठबन्धनमा केही दललाई भित्र्याएर सरकार गठन गर्ने प्रयत्न गरिरहेका छन्। उनकाप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सकारात्मक नै छन्। देउवा नै संसदीय दलको नेतामा निर्वाचित भएको अवस्थामा सोही अनुसार नै हुने निश्चितप्रायः छ।

विगतमा सत्ता गठबन्धन भत्काउन यथाशक्य प्रयत्न गरिरहेको नेकपा एमाले भने यतिबेला मौन जस्तै छ। उसले कांग्रेसलाई समर्थन दिएर वा सरकारमा सहभागी भएर अन्य दलहरुलाई सत्ताबाहिरै बस्ने परिस्थिति निर्माण गर्ने संकेत त गरेको छैन नै, अन्य साना दलहरुलाई आफूतिर ल्याएर बहुमत जुटाउने प्रयत्न पनि गरेको देखिँदैन। यसो हुनुमा एमाले नेताहरु विभिन्न कारण तेर्स्याउँछन्।

कांग्रेस र एमाले सँगै सरकारमा जाँदा त्यसले लोकतन्त्रलाई मद्दत नगर्ने पौडेलको भनाइ छ। ‘प्रमुख पार्टीहरु नै सत्तामा बस्ने हो भने प्रतिपक्ष कमजोर हुन्छ। प्रतिपक्ष कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ। त्यसकारण एमाले र कांग्रेस सँगै सरकारमा बस्नु उचित हुँदैन’, उनले भने।

अझ पर गएर सोच्ने एमाले नेताहरु अहिले कांग्रेस र एमाले मिलेर सरकार गठन गर्नु भनेको अर्को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको थप फैलावटलाई मलजल गर्नु भएको बताउँछन्। अहिले कांग्रेस र एमाले मिलेर सरकार गठन गर्नासाथ अर्कोपटक त्यस्ता दलको फैलावट र उदयलाई झन् वातावरण बन्ने उनीहरुको बुझाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

साना दलहरुसँग संवाद बढाउँदा पनि उनीहरुको कांग्रेससँगको ‘बार्गेनिङ पावर’ बढ्ने बुझाइ एमालेका नेताहरुको छ। मूलतः माओवादी केन्द्रले त्यसको उपभोग गर्ने भएकाले आफूहरुले वास्ता नगरेको अर्का एक नेता बताउँछन्। 

‘मानौँ न, हामीले सरकार गठनको लक्ष्यसहित साना दलहरुसँग छलफल प्रारम्भ गर्‍यौँ रे! त्यसपछि के हुन्छ?’, उनी भन्छन्, ‘पहिलो त अहिलेको परिस्थितिमा हाम्रोतर्फ बहुमत जुट्न नै कठिन छ। जुटाउने प्रयत्न हुनासाथ प्रचण्डले आफूलाई एमालेबाट यस्तो र उस्तो अफर आएको छ भनेर कांग्रेससँग बार्गेनिङ गर्नेछन्। त्यस्तो किन हुन दिने?’

एमालेले आफूलाई आएको जनमत प्रतिपक्षमै बस्नका लागि भएको अनुभूत पनि गरिसकेको छ। सोही अनुसार भूमिका निर्वाह गर्ने नेताहरुको भनाइ छ। पौडेलले भने, ‘निर्वाचनको क्रममा हामीले जनतासँग बहुमत मागेका थियौँ। तर बहुमत प्राप्त गर्न सकेनौँ। हामी संसद्‌को ठूलो दल पनि भएनौँ। यस्तो अवस्थामा एमालेले सरकारमा जान खोज्नु र सरकारको नेतृत्व दाबी गर्नु उचित होइन। त्यसैले हामी प्रतिपक्षमै बस्छौं। प्रतिपक्षको भूमिका प्रभावकारी ढंगले निर्वाह गर्छौँ।’

यसैसँग जोडिएको अर्को विषयचाहिँ, एमालेले जनमत गठबन्धनको पक्षमा गएको स्वीकार गरेको स्थिति छ। हुन त, समानुपातिकतर्फ एमाले पहिलो दल बन्यो। तर, त्यो प्राविधिक विषय मात्रै रह्यो। प्रतिनिधि सभामा जसले बहुमत जुटाउन सक्छ। उसैले सरकार गठन गर्ने हो। गठबन्धन बहुमत नजिक-नजिक पुगेकाले उसैले सरकार गठन गर्नुपर्ने पौडेलको भनाइ छ।

Xtrem

Xtrem

अर्को कारणचाहिँ, एमालेको आत्मसम्मानसँग जोडिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनताका प्रत्यक्षमा १०० र समानुपातिकमा ५० गरी कुल १५० सिट प्राप्त गर्ने र बलियो सरकारको नेतृत्व गर्ने सार्वजनिक दाबी गरेका थिए। उनले आफैंलाई प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका थिए। तर सिट संख्या एमालेको लक्ष्यभन्दा करिब आधा अर्थात् ७८ सिट प्राप्त भएको छ। यसलाई एमालेले आफ्नो आत्मसम्मानसँग जोडेर बुझेको छ।

आफूहरुले पटकपटक दोहोर्‍याएको लक्ष्य अनुसारको सिट संख्या नआएपछि पनि सरकारमा जान खोज्दा जनमतको अपहेलना गरेको ठहर्ने नेताहरु बताउँछन्। सरकार गठनको प्रयत्न गर्नासाथ एमालेले सत्तालिप्सा देखायो भन्ने प्रचार हुने र त्यसको प्रतिवाद गर्न मुस्किल हुने उनीहरुको भनाइ पाइन्छ।

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  २१:२१
  • #नेकपा_एमाले

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न
सम्बन्धित सामग्री
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय बैठकले विश्व बैंकसँग भूकम्प विपद् व्यवस्थापन कोषसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ । शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत बैठकले ५८.९ मेगावाट क्षमताको नार खोला अर्धजलाशययुक्त जलविद्युत् आयोजना र ४६.७२ मेगावाट क्षमताको सानी भेरी–३ अर्धजलाशययुक्त जलविद्युत... शुक्रबार, असोज २३, २०८३
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा तारेख बुझ्न शुक्रबार दिउँसो उनी बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका हुन् । शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्