तस्बिरहरू: मनिष अर्याल/नेपाल लाइभ।
काठमाडौं– त्रिपुरेश्वरस्थित विश्व निकेतन माविको कक्षा ११ मा अध्ययनरत छात्रा सदीक्षा चौधरीले गत मंसिर २१ गते आत्महत्या गरिन्।
सप्तरी घर भएकी सदीक्षालाई विद्यालयकै डिसिप्लिन इन्चार्ज नवराज लोहनीले ‘टर्चर’ दिएकाले उनले आत्महत्या गरेको परिवारको आरोप छ।
.jpg)
सदीक्षाको न्यायको माग गर्दै आमा शारदा चौधरी, बुवा सुदर्शन चौधरी, दिदी सृष्टि चौधरीसँगै ८०-९० जना विद्यार्थीले शनिबार माइतीघरमा मण्डलाको विस्तारित सडकखण्डमा बसेर न्याय मागेका थिए।
उनीहरूले बिहान ११ः४५ बजेदेखि र्याली निकालेर विभिन्न नारा लगाए।
.jpg)
.jpg)
प्लेकार्ड बोका उनीहरूले सदीक्षालाई न्याय दे, हामी न्याय चाहन्छौ, दोषीलाई कारबाही गर, विद्यार्थीलाई ‘टर्चर’ दिन पाइँदैनजस्ता नारा लगाएका थिए।
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।