• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

दलहरुलाई समानुपातिक सांसद टुंग्याउन सकस

64x64
नेपाल लाइभ शनिबार, मंसिर २४, २०७९  ०८:४२
1140x725

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक तर्फका सांसदको नाम बुझाउनलाई दलहरुलाई दिएको समयावधि शनिबार (आज) सकिँदैछ। समानुपातिक तर्फको नाम टुंग्याउन दलहरुको बैठक आज(शनिबार) बस्दैछ। 

राष्ट्रिय दल बनेका ७ वटा दलहरुले क–कसलाई सांसद बनाउँछन् आम चासो छ। दलहरुलाई पनि कानुनले व्यवस्था अनुसार सांसद छान्न सकस देखिन्छ। 

क्लस्टर अनुसार विभिन्न समूहलाई समेट्नुपर्ने हुँदा समानुपातिक तर्फबाट थोरै मात्र पुरुष सांसद छानिने हुँदा दलहरुलाई चुनौती बनेको छ।  

कुन–कुन दलबाट को–को पुरुष सांसद बन्दैछन्?
नेपाली कांग्रेस
समानुपातिकमा प्राप्त मतअनुसार कांग्रेसले ३२ वटा सिट पाएको छ। समानुपातिकमा प्राप्त ३२ सिटमध्ये कांग्रेसले २९ जना महिला नै सिफारिस गर्नुपर्नेछ। 

कांग्रेसको तर्फबाट पुरुष ३ जना मात्र पाउने भएका छन्। ३२ सिटमा आदिवासी जनजातिबाट ९, खस आर्यबाट १०, थारुबाट २, दलितबाट ५, मधेसी ५, मुस्लिमबबाट १ जना समेट्नैपर्ने हुन्छ। जसमा पिछडिएको क्षेत्र कम्तीमा १ जना समावेश हुनुपर्छ। र सबै क्लस्टरबाट कम्तिमा ५० प्रतिशत महिला हुनैपर्छ।

महिला धेरै समेट्नुपर्ने भएकाले यी कलस्टरबाट पुरुष छानिने सम्भावना कम छ। तर, कांग्रेसमा समानुपातिकबाट सांसद् ‘बनाउनैपर्ने’ कम्तिमा ५ जना पुरुष नेता रहेकका छन्। जो आफ्नो कलस्टरको पहिलो नम्बरमासमेत छन्। 

खस आर्यबाट पहिलो नम्बरमा पार्टी प्रवक्ता प्रकाशशरण महत, आदिबासी जनजातिबाट पूर्व उपसभापति गोपालमान श्रेष्ठ, मधेसीबाट पूर्व उपसभापति विमलेन्द्र निधि, दलितबाट सहमहामन्त्री जीवन परियार र मुस्लिमबाट फरमुल्लाह मन्सुर रहेका छन्। 

कांग्रेसबाट समानुपातिकमा समेट्नैपर्ने पुरुष नेता ५, ‘कोटा’ जम्मा ३ जनाको

Ncell 2
Ncell 2
nimb
nimb

नेकपा एमाले 
प्रतिनिधि सभाको निर्वाचनअन्तर्गत एमालेले समानुपातिकमा ३४ सिट पाएको छ। एमालेले पाएको ३४ मा १९ जना महिला समावेश गर्नुपर्नेछ। राष्ट्रिय सभामा पनि धेरै महिला भएको र प्रत्यक्षमा पनि अन्य पार्टीभन्दा बढी जितेका कारण समानुपातिकबाट सबैभन्दा धेरै पुरुष पठाउन पाउने दल एमाले नै बनेको छ। एमालेले १५ जनासम्म पुरुष समानुपातिकबाट निर्वाचित गर्नेछ।

एमालेले आदिबासी जनजाती क्लस्टरबाट ५ पुरुष सांसद बनाउन पाउने छ। यो क्लस्टरबाट देबी प्रसाद भट्टचन, हेमराज राई, कालुराम राई,भीमबहादुर खवास,र सरोज डंगोल सांसद बन्ने छन्। एमालेलाई मधेसी कोटाबाट सांसद बनाउनै पर्नेमा पूर्व उपसभामुख गंगाप्रसाद यादव र अमृतलाल राजवंशी रहेका छन्।

थारु क्लस्टरबाट सत्यनारायण चौधरी पर्ने सम्भावनामा छन्। दलित क्लस्टरबाट प्रभु हजारा दुसाध, चन्द्र विश्वकर्मा र बाबुराम नेपाली सांसद बन्ने लाईनमा छन्। खस आर्यबाट राघु जी पन्त र एकनाथ ढकाल साँसद बन्ने सम्भावना छ। यस्तै, पिछडिएको क्षेत्रबाट दयालबहादुर शाहीको सम्भवना छ। 

एमालेबाट को–को बन्न सक्छन् समानुपातिक सांसद?

नेकपा माओवादी केन्द्र 
नेकपा माओवादी केन्द्रले समानुपातिकबाट जम्मा दुई पुरुष पठाउन पाउने भएको छ। संघीय संसद्मा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्‍याउनुपर्ने प्रावधानका कारण प्राप्त १४ सिटमा १२ महिला हुनेछन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जम्मा दुई जना पुरुष पाउने भएकाले माओवादी केन्द्रमा आकांक्षी नेताहरु सकसमा परेका छन्। दुई जना पुरुष पठाउँदा खस(आर्यको पहिलो नम्बरमा रहेका हितराज पाण्डेले अवसर पाउने सम्भावना बलियो छ। खस(आर्यको दोस्रो नम्बरमा अर्का एक जना नेता छन्, पेशल खतिवडा। यसअघि प्रत्यक्षबाटै सांसद् बनिसकेका उनले ओखलढुंगामा कांग्रेसलाई छाड्नुपर्ने भयो। त्यसैले समानुपातिकमा सरे। उनको लबिङ पनि चर्को हुनेछ। 
अन्य क्लस्टरबाट पुरुषले पाउने सम्भावना न्यून छ

अर्को, आदिवासी जनजातितर्फबाट पहिलो नम्बरमा रहेका अजम्बर राई काङमाङले पाउने सम्भावना रहेको छ। कुनै समय एमालेको युवा संगठनको नेतृत्व गरिसकेका उनी संघीय समाजवादी फोरम हुँदै माओवादी केन्द्र पुगेका हुन्। 

माओवादीको समानुपातिकमा पुरुष कोटा जम्मा दुई, प्रतिस्पर्धामा हितराज, पेशल र अजम्बर!

राष्ट्रिय स्वतन्त्र पार्टी
रास्वपाले  समानुपातिकतर्फ ११ लाख ३० हजार मत पाउँदै १३ सिट पाएको छ। यो पार्टीबाट कुल २० सांसद रहने भएका छन्। संसद्मा एक तिहाइ महिला समावेश गर्न रास्वपालाई कुल ७ सांसद आवश्यक पर्छ। २ जना प्रत्यक्षतर्फबाट जितेकोले अब ५ जना समानुपातिकबाट पठाउनु पर्नेछ। रास्वपाबाट कम्तीमा ७ सांसद महिला र १३ सांसद पुरुष हुनेछन्। 

निर्वाचन आयोगमा बुझाएको बन्दसूची अनुसार खस आर्य क्लस्टरबाट डा चन्दा कार्की, निशा डाँगी, डोलप्रसाद अर्याल र पिछडिएको क्षेत्र समेत रहेकी विनिता कठायत सांसद बन्ने सम्भावना रहेको छ।

आदिवासी जनजातिबाट डा ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर, र समुना श्रेष्ठ सांसद बन्ने सम्भवना छ। यस्तै, थारु क्लस्टरबाट अशोक चौधरी, दलितबाट सन्तोष परियार र शिव नेपाली सांसद बन्ने देखिन्छ। त्यस्तै, मधेशी कलष्टरबाट लक्ष्मी तिवारी र मनिष झा, र मुस्लिमबाट असिम शाह सांसद बन्नेछन्। 

समानुपातिक सांसद छान्न असन्तुष्टि देखिएको रास्वपाबाट को-को बन्लान् सांसद?

जसपा र जनमतका समानुपातिकतर्फका सांसद 
मधेश प्रदेशमा सांगठनिक आधार रहेका जनता समाजवादी पार्टी र जनमत पार्टीले समानुपातिकतर्फ समान ५ सिट प्राप्त गरेका छन्। उपेन्द्र यादव नेतृत्वको  जनता समाजवादी पार्टीले प्रत्यक्षतर्फ ७ सिट जितेको छ भने सीके राउत नेतृत्वको जनमत पार्टीले १ सिट मात्र जितेको छ।  

प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ ले समानुपातिकमा १० सिटभन्दा कम सिट संख्या भएकालाई बेग्लै व्यवस्था गरेको छ। यो व्यवस्था अनुसार, आदिवासी क्लस्टरमा कम्तीमा १ र बढीमा २ सांसद पठाउनु पर्ने हुन्छ। खस–आर्यबाट पनि कम्तीमा १ र बढीमा २ सांसद हुनु पर्नेछ। थारु, दलित, मधेसी र मुस्लिमबाट पार्टीले अधिकतम् १–१ सांसद पठाउन सक्छन्। 

तर, यी दलले पनि संघीय संसदमा एक तिहाइ महिला पठाउनुपर्ने हुन्छ। 

जसपाको उपस्थिति राष्ट्रिय सभा पनि रहेकोले यसलाई क्लस्टर मिलाउन केही सहज हुन्छ। जसपाका ३ जना सांसद राष्ट्रिय सभामा छन्। जसमा १ जना महिला छिन्। संघीय सांसदमा यो दलको कुल १५ सांसद रहनेछन्। जसको एक तिहाइ, ५, जना महिला सांसद हुनुपर्छ। 

उक्त व्यवस्था अनुसार जसपाले समानुपातिकमा प्राप्त ५ सांसदमध्ये ४ सांसद महिला र १ सांसद पुरुष पठाउन पाउनेछ। ‘भाग्यमानी’ पुरुष सांसदको नाम जुनसुकै क्लस्टरबाट हुनसक्छ। 

प्रत्यक्षतर्फ १ सिट (पुरुष) मात्र जितेको  जनमतले बाँकी ५ सांसद पठाउँदा कम्तीमा २ सांसद महिला र ३ सांसद पुरुष पठाउन सक्छ।
 

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  ०८:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका'
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्