• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ११, २०८२ Sun, Jan 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

माओवादीको समानुपातिकमा पुरुष कोटा जम्मा दुई, प्रतिस्पर्धामा हितराज, पेशल र अजम्बर!

64x64
भूपेन्द्र शाह ठकुरी शुक्रबार, मंसिर २३, २०७९  १८:२८
1140x725

काठमाडौं- सत्ता गठबन्धनको एउटा घटक नेकपा माओवादी केन्द्रले समानुपातिकबाट जम्मा दुई पुरुष पठाउन पाउने भएको छ। संघीय संसद्मा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्‍याउनुपर्ने प्रावधानका कारण प्राप्त १४ सिटमा १२ महिला हुनेछन्। 

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ एक महिला सहित १८ सिटमा विजयी हासिल गरेको छ। समानुपातिकतर्फ १४ गरी ३२ सिट जितेको छ।

राष्ट्रिय सभामा माओवादी केन्द्रका १५ जना संसद छन्। जसमध्ये ३ जना महिला छन्। संघीय संसद्मा ४७ जना सांसद् पुग्छन्। ४७ सांसद्को एक तिहाइ १६ जना हुन आउँछ। चार जना पहिल्यै भएका कारण १२ जना महिला पठाउनुपर्ने देखिन्छ।

यही १४ जनाबाट समानुपातिक प्रतिनिधित्व पनि कायम गर्नुपर्छ। नियमअनुसार समानुपातिक १४ जना पाउनेले खस आर्यबाट ४ र आदिवासी जनजातिबाट ४ जनाको नाम पठाउनु पर्नेछ। दलित र मधेसीबाट २-२ तथा थारु, मुस्लिम र पिछडिएको क्षेत्रबाट १-१ जनाको नाम पठाउनुपर्नेछ। 

दुई पुरुषमा पाण्डे, खतिवडा र काङमाङमध्ये को?
जम्मा दुई जना पुरुष पाउने भएकाले माओवादी केन्द्रमा आकांक्षी नेताहरु सकसमा परेका छन्। दुई जना पुरुष पठाउँदा खस-आर्यको पहिलो नम्बरमा रहेका हितराज पाण्डेले अवसर पाउने सम्भावना बलियो छ। 

पार्टी सचिव समेत रहेका उनलाई अवसर दिनकै लागि पहिलो बन्दसूचीमा एक नम्बरमा रहेको उपाध्यक्ष कृष्णबहादुर महराको नाम फिर्ता गरिएको थियो। अन्तिममा पाण्डेलाई पहिलो नम्बरमा राखिएको हो।

खस-आर्यको दोस्रो नम्बरमा अर्का एक जना नेता छन्, पेशल खतिवडा। यसअघि प्रत्यक्षबाटै सांसद् बनिसकेका उनले ओखलढुंगामा कांग्रेसलाई छाड्नुपर्ने भयो। त्यसैले समानुपातिकमा सरे। उनको लबिङ पनि चर्को हुनेछ। 

अर्को, आदिवासी जनजातितर्फबाट पहिलो नम्बरमा रहेका अजम्बर राई काङमाङले पाउने सम्भावना रहेको छ। कुनै समय एमालेको युवा संगठनको नेतृत्व गरिसकेका उनी संघीय समाजवादी फोरम हुँदै माओवादी केन्द्र पुगेका हुन्। 

Ncell 2
Ncell 2

फोरमको सचिवबाट माओवादीमा पुगेका उनले हालसम्म सांसद् बन्न मौका पाएका छैनन्। त्यसैले यस पल्ट उनी आदिवासी जनजातिबाट पठाउनुपर्ने चारमध्ये एक हुन सक्छन्। 

पाण्डे र खतिवडाले खस-आर्यबाट पाउँदा महिलामा ज्ञानु बस्नेत र बिमला सुवेदीले मात्रै पाउनेछन्। 

यदि खतिवडालाई काङमाङले उछिनेमा चाहिँ नारायणी शर्माले अवसर पाउनेछिन्। आदिवासी पुरुषबाट काङमाङले पाउँदा तीन महिला दुर्गा राई, मीना तामाङ र उर्मिला माझीले पाउनेछन्।

यस क्लस्टरबाट अर्को पिछडिएको क्षेत्रबाट छिरिङल्यामु लामाले पनि पाउनसक्ने देखिएको छ। उनले आदिवासी जनजाति, महिला र पिछडिएको क्षेत्रको कोटा पूरा गर्ने भएकाले सम्भावना बलियो देखिन्छ। 

अन्य क्लस्टरबाट पुरुषले पाउने सम्भावना न्यून छ। त्यसैले दलित दुई जनामा सुशीला श्रीपाइली र पार्वती विकले पाउनेछन्। 

मधेसीमा मीना यादव र उमरावतीदेवी यादवले पाउनेछन्। उमरावती डा बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीको कोटाबाट माओवादी केन्द्रको बन्द सूचीमा समेटिएकी हुन्। 

थारु एक जनामा पनि महिला नै लिनुपर्ने भएकाले रुपासोसी चौधरी बन्ने लगभग पक्का छ भने मुस्लिमबाट कल्पना मियाँले अवसर पाउने देखिन्छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १८:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
समानुपातिकतर्फको साढे एक करोड मतपत्र छापियो, ५० लाख छाप्न बाँकी मतपत्र छपाइकार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु भएको थियो । अब ५० लाख थान मतपत्र छाप्न बाँकी... शनिबार, माघ १०, २०८२
राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै तयारी पूरा आयोगले शुक्रबार आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत मतदानका लागि सबै तयारी पूरा भएको प्रवक... शुक्रबार, माघ ९, २०८२
प्रतिनिधि सभा निर्वाचन : देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी शुक्रबार निर्वाचन आयोगले पत्रकार सम्मेलनमा गर्दै यसबारे जानकारी दिएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ४९ जनाले उम... शुक्रबार, माघ ९, २०८२
ताजा समाचारसबै
अण्डाको माग बढेसँगै मूल्य पनि बढ्यो आइतबार, माघ ११, २०८२
तनहुँमा निर्वाचन प्रहरीका लागि पुनः दरखास्त माग आइतबार, माघ ११, २०८२
राष्ट्रिय सभा सदस्य निर्वाचन: आज सातै प्रदेशमा मतदान हुने आइतबार, माघ ११, २०८२
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना आइतबार, माघ ११, २०८२
पुँजीबजारको भविष्य सुरक्षित गर्न दीपेन्द्र अग्रवालसहित शेयर बजारका लगानीकर्ता एमालेमा प्रवेश आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित शनिबार, माघ १०, २०८२
चुनावबारे ओली अझै अन्योलमा,भने- आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो, भन्न सकिन्न शनिबार, माघ १०, २०८२
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको सुझाव शनिबार, माघ १०, २०८२
चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्