काठमाडौं– प्रदीप भट्टराई निर्देशित फिल्म ‘महापुरुष’ आजबाट सातौं हप्तामा प्रवेश गरेको छ।
फिल्मले अझै पनि हलहरूमा राम्रो शो पाइरहेको छ। सिच्वेसनल कमेडीमा आधारित फिल्मले हालसम्म १० करोडभन्दा माथिको व्यापार गरेको छ।
एकल पुरुषको एक्लोपन र विवाहको कथामाथि फिल्म बनेको छ।
फिल्ममा हरिवंश आचार्यको पात्र केन्द्रमा छ। त्यसैगरी अरुण क्षेत्री, रविन्द्रसिंह बानियाँ, अञ्जना बराइली, मदनकृष्ण श्रेष्ठ लगायतका कलाकारको प्रमुख भूमिका छ।
दीपेश म्याक्स खत्री निर्माता रहेको फिल्मको कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।