काठमाडौं– किरात राई जातिले बिहीबार उधौली पर्व भूमिपूजा गर्दै परम्परागत शिली नाचेर देशभर मनाएका छन्।
यो पर्व हरेक वर्ष ऋतु परिवर्तनसँगै मनाउँदै आइएको छ। राई जातिमा थरगत भाषा फरक हुने भएकोले यो नाचलाई चण्डी, हकशीली, सकेला जस्ता नामले समेत चिनिन्छ। यो पर्व परापूर्वकालमा ऋतु परिवर्तन जानकारीका लागि मनाउन थालिएको मिथक छ।
चिसो मौसमको सुरुसँगै हिमालबाट चराचुरुङ्गी तराईमा र खोलाका माछाहरु पानी बगेकोतिर झर्न थालेपछि उधौली लागेको मानिन्छ। उधौलीमा आफन्तसँग भेटघाट गरी आर्शिवाद र शुभकामना आदनप्रदान गर्ने गरिन्छ।
मंसिर पूर्णिमादेखि पञ्चमीसम्म देशैभरी रहेका किरात राई जातिहरुले यो पर्व धुमधामसँग मनाउने गर्दछन्।
थप तस्बिरहरू :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।