• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नयाँ सरकार गठनमा दलहरूको आ-आफ्नै दाउ

64x64
नवीन झा बिहीबार, मंसिर २२, २०७९  २१:०९
1140x725

काठमाडौं– मंसिर  ४ मा सम्पन्न प्रतिनिधि सभाको मतगणना सकिएको छ। प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम आइसकेको छ भने समानुपातिकतर्फको सिट संख्या पनि टुंगो लागेको छ। निर्वाचन आयोगले समानुपातिक तर्फको सिट संख्याको जानकारी दलहरुलाई पठाइसकेको छ।

पार्टीहरुको सिट संख्या टुंगो लागेसँगै नेताहरु सरकार गठनको गृहकार्यमा जुटेका छन्। सत्ता गठबन्धनको सोमबार बसेको बैठकले त निर्वाचन परिणामले गठबन्धनको औचित्य पुष्टि गरेको भन्दै भविष्यमा थप समीक्षा गर्दै एकताबद्ध भएर अघि बढ्ने निष्कर्ष निकालेको छ। सत्ता गठबन्धन निरन्तर रहने निर्णय पनि गरिएको छ।

अर्कोतिर, दोस्रो ठूलो दल बनेको एमालेले पनि घोषित रुपमा सरकार गठनको पहल लिएको देखिँदैन। तर दोस्रो तहका नेताहरुले भेटघाट जारी राखेका छन्।

तेस्रो ठूलो दल, माओवादी केन्द्रले केही दिनअघि अन्य दलसँग पनि गठबन्धन गर्न सक्ने सम्भावनालाई खुला राख्ने संकेत गरेको थियो। शनिबार उपाध्यक्ष कृष्णबहादुर महराले सो विषय सार्वजनिक गरेको भए पनि प्रक्रिया अघि बढेको देखिँदैन।

नयाँ सरकार गठन र शक्ति बाडफाँटमा कुन दलको चासो कस्तो छ?

नेपाली कांग्रेस
सत्ता गठबन्धनको नेतृत्वकर्ता र निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको सार्वजनिक दाबी गरिसकेको छ। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले त झन् आफ्ना पार्टी सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गर्ने गरेका छन्।

औपचारिक रुपमा नयाँ सरकारका सन्दर्भमा कुनै ठोस निर्णय नगरेको भए पनि वर्तमान सरकारकै निरन्तरता झल्किने गरी प्रधानमन्त्री बन्ने चाहना देउवामा देखिन्छ। तर सत्ता गठबन्धनको प्रष्ट बहुमत नआएकाले उनलाई केही दललाई सत्ता गठबन्धनमा समेट्नुपर्ने छ। देउवाको गठबन्धनमा जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई गठबन्धनमा समेट्न चाहेका छ छन्।

तर नेपाली कांग्रेसभित्र नै संसदीय दलको नेतामा देउवालाई पार्टीका महामन्त्री गगन थापाले चुनौती दिने घोषणा गरेका छन्। थापाले संसदीय दलको नेताको रुपमा आफूलाई अघि सार्दै अबको प्रधानमन्त्री बनाउनका लागि मत पनि मागेका थिए। उनको निर्वाचन क्षेत्रले उनको घोषणालाई अनुमोदन पनि गरिसकेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेसभित्रैबाट नयाँ प्रधानमन्त्रीको दाबी गर्नेहरुमा थप नेताहरु पनि छन्। रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइरालाले समेत दाबी गरेका छन्। कांग्रेस संसदीय दलको निर्वाचन रोचक हुने अपेक्षा गरिएको भए पनि अन्तिम प्रतिस्पर्धा भने देउवा र थापाबीच नै हुने देखिन्छ।

पार्टी र संसदीय फाँटमा सभापति देउवाको स्पष्ट बहुमत रहेकाले धेरैले सभापति देउवा नै संसदीय दलको नेता बन्ने सम्भावना औंल्याउँछन्। तर परिवर्तनको चाहनाले थापाले बाजी मार्न सक्ने सम्भावनालाई पनि नकार्न सक्दैनन्।

देउवानिकट स्रोतका अनुसार, उनले आफ्नो नेतृत्वमा गठन हुने सरकारमा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरुलाई ल्याउन चाहेका छन्। अर्कोतिर, ती दलहरुले प्याकेजमा सहमति गर्न चाहेका छन्। कांग्रेसले सात प्रदेशमध्ये ४ प्रदेशको मुख्यमन्त्री आफूले लिने र दुई वटा माओवादी केन्द्र र एउटा एकीकृत समाजवादीलाई दिने चाहना राखेको छ। साथै, जनमत पार्टी र लोसपासँग पनि मधेस प्रदेशको मन्त्रिपरिषद्‌मा सम्मानजनक बाँडफाँट चाहेका छन्।

देउवाले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुख, संसदीय समितिको सभापति लगायतका पनि बाँडफाँटको गृहकार्य गरिरहेको उनी निकटका नेताहरु बताउँछन्। कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री भने आफैंले लिन चाहेको छ।

Xtrem

Xtrem

माओवादी केन्द्र
सत्ता गठबन्धनको दोस्रो ठूलो दल र संसदीय गणितमा सत्ताको साँचो बोकेको भनिने माओवादी केन्द्रको सक्रियता पनि बढेको छ। शक्ति बाँडफाँटमा प्राप्त हुने पदहरुमा उसको पनि रुची छ।

माओवादी केन्द्रको गत शनिबार र आइताबार बसेको पदाधिकारी बैठकले अनौपचारिक रुपमा अबको गठबन्धन सरकारको नेतृत्व आफ्नो पार्टीले गर्नुपर्ने निष्कर्ष निकालेको छ। यद्यपि, उसले सोमबारको गठबन्धन बैठकमा भने सरकारकै नेतृत्वको दाबी नगरे पनि सम्मानजनक शक्ति बाँडफाँट हुनुपर्ने सन्देश दिएको छ। यसघि उपराष्ट्रपति, सभामुख र विभिन्न प्रदेशका मुख्यमन्त्री पाइसकेको उसले थप दाबी गर्ने सम्भावना छ।

माओवादी स्रोतका अनुसार, प्रधानमन्त्री वा राष्ट्रपतिमध्ये एक पद नछाड्ने मनस्थितिमा सो दल छ। कांग्रेसले प्रधामन्त्री आफूले लिए राष्ट्रपति माओवादीलाई दिनुपर्ने र त्यो दाबी स्वभाविक हुने उसको भनाइ छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो अडानलाई रणनीतिक रुपमा अघि बढाउँदै गठबन्धनभित्र दबाब बढाइरहेका छन्।

एकीकृत समाजवादी
निर्वाचनबाट राष्ट्रिय पार्टी बन्न नसके पनि एकीकृत समाजवादी सत्ता गठबन्धनको मुख्य हिस्सा हो।  दलीय रुपमा आफ्नो औचित्य साबित गर्न पनि ऊ सत्ता गठबन्धनकै निरन्तरता चाहन्छ।

सत्ता गठबन्धनभित्र माओवादी केन्द्र बलियो रहेमा आफू पनि सुरक्षित हुने एकीकृत समाजवादीको बुझाइ छ। निर्वाचनअगाडि यी दुवै दलले एकीकरणका लागि पहल अघि बढाएका थिए। तर त्यो अघि बढ्न सकेको छैन। शक्ति बाँडफाँटको बेलामा एकताबारे मौन रहने र बढीभन्दा बढी पद आफूहरुको पक्षमा पार्ने उनीहरुको दाउ छ। त्यसरी बढी पद पाउन सकिने र एकता भयो भने बढी उपलब्धि देखिने उनीहरुको बुझाइ छ।

एकीकृत समाजवादीले गठबन्धनमा कांग्रेस, माओवादी केन्द्रपछि आफू तेस्रो शक्ति भएकाले पदहरु बाँडफाँटमा पनि त्यही अनुसार हिस्सेदारी पाउनुपर्ने सन्देश दिइसकेको छ।

जनमत र लोसपा 
लोसपा निर्वाचनअघि सत्ता गठबन्धनमा जोडिएको थियो र गठबन्धनकै साथमा निर्वाचनमा होमिएको थियो। जनमत भने नवप्रवेशी हुनेछ। तर सरकार निर्माणमा जोडिएमा उनीहरुले केही थान मन्त्रीबाहेक अन्य पद पाउने सम्भावना न्युन छ। त्यसैले मधेस प्रदेश सरकारको नेतृत्व कांग्रेसले लिएमा त्यहाँको सभामुखसहित अन्य प्रमुख पदहरु यी दलले पाउन सक्नेछन्।

यी दुवै दलले संघीय सरकारदेखि प्रदेश सरकारसम्म जसपालाई प्रतिपक्षमा राख्ने रणनीति राखेको देखिन्छ।

एमाले 
एमालेका नेताहरुले औपचारिक रुपमा आफूहरुलाई प्रतिपक्षमा बस्ने जनमत आएको भन्दै नयाँ संसद्‌मा सोही अनुसार भूमिका निभाउने बताउन थालेका छन्। तर उसको मुख्य रणनीति सत्ता गठबन्धन भत्काउने देखिन्छ। त्यसो भएमा सत्ताको नेतृत्व आफ्नो हातमा आउने सम्भावना उसले देखेको छ।

निर्वाचनको परिणाम आउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई फोन गरेर कुराकानी गरेका थिए। त्यतिबेला आगामी गठबन्धनको सम्भावनाको विषयमा पनि छलफल भएको सार्वजनिक भएको थियो। सोमबार मात्रै एमाले सचिव रघुवीर महासेठले प्रचण्डसँग भेटेका थिए। त्यसलाई पनि अर्थपूर्ण हेरिएको छ।

जसपा 
प्रतिनिधि सभा र मधेस प्रदेशमा जसपाको उपस्थिति महत्त्वपूर्ण देखिन्छ। प्रतिनिधि सभामा प्रत्यक्षतर्फ सात सिट जितेको जसपाले समानुपातिकतर्फ ५ सिट पाएको छ। कुनै पनि दलको बहुमत नभएको र सत्ता गठबन्धनले पनि बहुमत पुर्‍याउन संघर्ष गरिरहेकाले जुनसुकै समयमा जसपाको सत्ता प्रवेश हुनसक्छ। 

यद्यपि जसपाले सत्ता गठबन्धनसँगै केन्द्रीय सरकार र मधेस प्रदेश सरकारमा उपस्थिति खोजेको छ। तर निर्वाचनको पूर्वसन्ध्यामा गठबन्धन छाडेर एमालेतिर गएकाले जसपाप्रति कांग्रेस खासै सकारात्मक छैन। आइतबार मात्रै जसपा अध्यक्ष उपेन्द्र यादवले निर्वाचनमा एमाललेसँग रहेको तालमेल अब सकिएको अर्थपूर्ण उद्घोष गरेका छन्। धेरैले त्यसलाई सत्ता गठबन्धनमा प्रवेशको पूर्वसंकेतको रुपमा लिएका छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  २१:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
कांग्रेस महामन्त्रीमा पौडेल, संग्रौला र राणा निर्वाचित नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन्। सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन्। सोमबार, असोज २६, २०८३
संसदीय सुनुवाइ समितिद्वारा भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको आज सुनुवाइ गरिँदै सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको आज संसदीय सुनुवाइ गर्दैछ । सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा पौडेल, संग्रौला र राणा निर्वाचित सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित सोमबार, असोज २६, २०८३
संसदीय सुनुवाइ समितिद्वारा भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको आज सुनुवाइ गरिँदै सोमबार, असोज २६, २०८३
कार्टुन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्