भारत– भारतको आम आद्मी पार्टी (आप)ले दिल्ली नगर निगममा बहुमत हासिल गरेको छ। जम्मा २५० सिटमा अरविन्द केजरीवाल नेतृत्वको आपले १३४ सिट जितेको छ। १५ वर्षदेखि सत्तामा रहेको भारतीय जनता पार्टी (बीजेपी)ले १०४ सिटमा चित्त बुझाउनु परेको छ।
भारतीय कंग्रेस भने ९ मा सीमित भएको छ। दिल्ली नगर एकीकरणपछि पहिलोपटक चुनाव भएको हो। यसअघि तीन भागमा विभाजित थियो।
यसैगरी केही दिनअघि चुनाव सम्पन्न गुजरात र हिमाञ्चल विधान सभाको मतगणना जारी छ। गुजरातमा फेरि बीजेपी स्पष्ट बहुमतसहित अघि बढेको छ।
बीजेपीले १८२ सिटमा १५५ सिटसहित अग्रता लिइरहेको भने कंग्रेस झन् खुम्चिएको छ। जम्मा कंग्रेस १८ सिटमा अघि छ। आपले गुजरातमा ७ सिटसहित इन्ट्री मारेको छ। गुजरात बीजेपीबाट प्रधानमन्त्री भएका नरेन्द्र मोदीको क्षेत्र हो।
हिमाञ्चल विधान सभामा भने कसैको स्पष्ट बहुमत देखिएको छैन। कंग्रेस ३४ सिटसहित अघि छ भने बीजेपीले ३० सिटमा अग्रता लिइरहेको छ। अन्य पार्टीले ५ सिटमा अग्रता लिइरहेका छन्। बहुमत पुग्न ३५ सिट जित्नुपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।