• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

चोलेन्द्रको पुनरागमन प्रयासले तरंगित सर्वोच्च अदालत

64x64
नेपाल लाइभ बुधबार, मंसिर २१, २०७९  २१:०२
1140x725

काठमाडौं- मंगलबार एकाएक संसद् सचिवालयमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले एउटा निवेदन दिए। राणाले आफ्नो महाभियोग निष्प्रभावी भएको भन्दै सम्बन्धित निकायलाई जानकारी गराइदिन संसद् सचिवालयमा निवेदन दिएका थिए।

मंसिर ४ गते नयाँ निर्वाचन भएर संसद् नै नयाँ आएको अवस्थामा आफूमाथि लागेको महाभियोग निष्प्रभावी भएकाले नियमित कार्य सम्पादन गर्नका लागि पत्र लेखिदिन उनले निवेदन दिएका थिए। राणाले दिएको निवेदनलाई आधार मान्दै संघीय संसद् सचिवालयका महासचिव भरत गौतमले महाभियोग निष्प्रभावी भएको भन्दै पत्र लेखेर जानकारी दिए। उनले राष्ट्रपति कार्यालय शीतल निवाससहित ६ निकायलाई सम्बोधन गर्दै यस्तो पत्र लेखेका थिए।

उक्त पत्र बुधबार सर्वोच्च अदालत पुग्यो। सर्वोच्च पुग्नुअघि नै निलम्बित प्रधानन्यायाधीश राणाले आफू सर्वोच्चमा हाजिर हुन लागेको कुरा सार्वजनिक सञ्चार माध्यमलाई जानकारी दिए। यसपछि सर्वोच्च अदालतमा तरंग पैदा भयो।

यो समाचारपछि मंगलबार सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रचण्डराज अनिलको अन्तिम संस्कार सकेर फुलकोर्ट बैठकमा सहभागी हुन पुगेका न्यायाधीशहरु नै आश्चर्यमा परे। चोलेन्द्रको महाभियोग निस्क्रिय भएको पत्र संसद् सचिवालयबाट आएको भन्दै उनीहरुले एक-अर्कालाई मुखामुख गरेका थिए। सर्वोच्च अदालतका पूर्वन्यायाधीशका लागि शोक प्रस्ताव पारित गर्न बसेको फुलकोर्ट बैठक एकाएक राणाको महाभियोग निस्क्रिय भए/नभएको बारेमा छलफल केन्द्रित भयो। 

दिनभर तनाव 
बिहान १२ बजेदेखि राणाको आगमनलाई लिएर सर्वोच्चमा भीड सुरु भएको थियो। सर्वोच्चका न्यायाधीश,कर्मचारी,कानुन व्यवसायी र सेवाग्राही पनि उक्त भीडमा रमिते भएका थिए। पूर्वन्यायाधीशको मृत्युका कारण नियमित पेसी तोकिए पनि इजलास सुरु भएर मुद्दा सुनुवाइ नहुने भएपछि सेवाग्राही तारेख लिन सर्वोच्च पुगेका थिए। तर सेवाग्राहीले हैरानी खेपिरहेको देखिन्थ्यो।

सर्वोच्चको गेटमा उनीहरुमाथि केरकार भइरहेको थियो। कानुन व्यवसायीहरुले गेटमा धर्ना दिने निर्णय गरेपछि स्थिति झन् तनावग्रस्त भएको थियो।

नेपाल बार र सर्वोच्च बारले धर्ना दिइरहँदा आफूलाई अभियन्ता भन्ने तारा बरालले मुल गेटमा उभिएर कानुन व्यवसायीमाथि गाली गर्नेदेखि जुत्ता प्रहारसम्म गरिन्। उनले कानुन व्यवसायीलाई विदेशीको पैसा खाएर आन्दोलन गरेको भन्दै चोलेन्द्रको सर्मथनमा नारा गर्दै लगाएर जुत्ता प्रहार गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।

फुलकोर्ट बैठकमा न्यायाधीशहरुको प्रश्न: किन एकाएक पत्र लेखियो, कानुनी आधार के हो? 
सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलको निधनका लागि भन्दै बोलाइएको फुलकोर्ट बैठकमा आकस्मिक रुपमा राणाको महाभियोग निष्क्रिय भएको पत्रको विषयले प्रवेश पायो। यही विषयमा धारणा राख्दै न्यायाधीशहरुले एकाएक किन पत्र लेखियो भनी प्रश्न उठाए।

nimb
nimb
Ncell 2
Ncell 2

फुलकोर्टमा सहभागी एक न्यायाधीशले उक्त बैठकमा सबै न्यायाधीशले संघीय संसदका महासचिवले कुन कानुनी आधारमा पत्र लेखे भन्ने प्रश्न उठाए। न्यायाधीशहरुले संसदले टुङ्गो लगाउने भनिएकोमा कसरी एक्कासि पत्र आयो र यसका आधार र कारण के हुन् भनी प्रश्न उठाए।

न्यायाधीशहरुले न्यायालयमाथि हुने प्रहारकै रुपमा यसलाई लिएर संसदसँग यसबारे जवाफ माग गर्दै पत्र लेख्नुपर्ने कुरा न्यायाधीशहरुले उठाए। अवकाश पाउनु एक साताअघि राणाले मंगलबार निवेदन दिनु अनि बुधबार नै पत्र लेखिनुमा न्यायालयमाथि नै प्रहार भएको रुपमा लिनुपर्ने न्यायाधीशहरुको राय थियो।

यही रायपछि फुलकोर्टले संसद् सचिवालयका महासचिवले लेखेको पत्रमाथि प्रतिप्रश्नको लागि पत्र लेख्ने निर्णय गर्यो। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा बसेको बैठकले पत्रमा धेरै कानुनी कुरा अस्पष्ट रहेकाले स्पष्ट हुनका लागि पत्र लेख्ने निर्णय गरेको छ। 

उक्त निर्णय अनुसार संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमलाई चार प्रश्न राख्दै सर्वोच्चका सहरजिष्ट्रार नारायणप्रसाद रेग्मीले पत्र लेखेका छन्।

आन्दोलनसँगै कानुनी लडाईंमा बार 
राणाले सक्रियता देखाएसँगै नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसन आन्दोलनमा उत्रेको छ। कानुन व्यवसायीहरुले आकस्मिक बैठक बोलाएर गेटमा धर्ना दिने निर्णय गरेर उनीहरु दिनभर राणाको प्रतीक्षामा गेटमा उभिए। तर राणा  ४ बजेसम्म सर्वोच्च छिरेनन्।

बार अध्यक्ष गोपालकृष्ण घिमिरेले राणाविरुद्ध बार फेरि आन्दोलनमा उत्रेको र कुनै पनि अवस्थामा भित्र प्रवेश गर्न नदिने बताए। उनले अब राणाले अवकाश नपाएसम्म बार आन्दोलन जारी राख्ने चेतावनी दिए। 

नेपाल बारले आन्दोलनको खाका तयार गरिरहेकै अवस्थामा सर्वोच्च बारले रिट समेत दायर गरेको छ। सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा बारका पदाधिकारीसहित निवेदक भएर रिट दर्ता भएको छ। उक्त रिटको शुक्रबार पेसी तोकिएको छ।

राणा विरुद्ध सडकसँगै कानुनी रुपमा बार अघि बढेको र अब यसलाई पार लगाएर मात्र आफूहरुले विश्राम लिने सर्वोच्च बारका अध्यक्ष शाक्यले बताए। बारले शुक्रबार हुने सुनुवाइबाट महासचिव गौतमले लेखेको पत्र बदर गराउने आदेश जारी गर्दै राणा सर्वोच्च आउने बाटो बन्द गर्ने तयारी गरेको छ। 

महासचिवलाई क्षेत्राधिकार छ त? 
सर्वोच्च अदालतको फुलकोर्टले महासचिवलाई क्षेत्राधिकार र पत्र लेख्ने आधार तथा कारण सोधेको छ। सर्वोच्च अदालतको फुलकोर्टसँगै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पनि उक्त प्रस्ताव संसदको अर्को बैठकमा पेस हुँदै निर्णयमा पुग्ने टिप्पणी गरे। 

उनले प्रतिनिधि सभामा छलफल भएर मात्रै महाभियोग प्रस्ताव एउटा निर्णयमा पुग्ने बताए। अर्को प्रतिनिधि सभामा छलफल हुने गरी महाभियोग सिफारिस समितिको प्रतिवेदन जीवितै रहेको उनले बताए।

‘यो महाभियोग सार्वभौम संसद्को सम्पत्ति हो। र, यसको छलफल अब आउने प्रतिनिधि सभामा छलफल भएर एउटा निर्णयमा पुग्छ,’ नेपाल सरकारको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा बुधबार उनले भने। 

त्यस्तै सत्ता गठबन्धन दल माओवादी केन्द्रका महासचिव देव गुरुङले सचिवालयका महासचिवले  संविधानको व्यवस्था मिचेको भन्दै पत्रमाथि प्रश्न उठाए।

सर्वोच्च बार एसोसियसनले उक्त पत्र बदरको माग गर्दै रिट नै दायर गरेको छ। योसँगै महासचिव गौतमको पत्र लेख्ने क्षेत्राधिकारमाथि प्रश्न उठेको छ।

तत्कालीन सभामुख अग्नी सापकोटाले प्रतिनिधि सभामा पेस गर्नु भनी गरेको तोक आदेश बेवास्था गर्दै गौतमले आफैं निष्क्रिय भएको पत्र लेख्नु गलत भएकाले त्यसमाथि धेरै प्रश्न देखिएको नेपाल बारका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता हरिहर दाहालको टिप्पणी छ। 

अब के हुन्छ?, राणा अदालत जाने मुडमै 
राणा अझै पनि सर्वोच्च फर्कने मुडमा देखिन्छन्। बुधबार सर्वोच्च जान उनी अन्तिम समयसम्म सरकारी सवारी साधन र सुरक्षाकर्मी पर्खेर बसेका थिए। बिहान नेपाल लाइभसँगको कुराकानीमा राणाले आफू अदालत जान तयारी अवस्थामा रहेको बताएका थिए। दिनभर अदालतमा आन्दोलनका लागि कानुन व्यवसायीले धर्ना दिएपछि राणा सरकारी निवास बालुवाटारमै थिए। 

बालुवाटार बसेर उनले सर्वोच्च प्रशासनले आफूलाई लिन आउने गाडीको प्रतीक्षा गरेका थिए। उनले निलम्बनको पत्र सर्वोच्च पुगेकाले प्रशासनले आफूलाई सुरक्षाकर्मीसहित सर्वोच्च हाजिर हुन दिनुपर्ने सन्देश पनि पठाएका थिए।

यता न्यायाधीशहरुको फुलकोर्ट बैठक चलिरहेका कारण कर्मचारीहरुले केही भन्न सकेका थिएनन्। दिनभर सर्वोच्चको गेटमा रहेका सुरक्षाकर्मी समेत अन्योलमा परेका थिए।

राणा निजी सवारी साधनमा आएर प्रवेश गर्न खोजे प्रवेश दिने कि नदिने र सरकारी गाडी लिन जाने कि नजाने भन्ने विषयमा कुनै जानकारी नपाउँदा उनीहरु अन्योलकै बीचमा गेटमा सुरक्षा दिएर बसेका थिए। 

कानुन व्यवसायीहरुले गेटमा धर्ना दिएकाले सम्भावित मुठभेडलाई समेत ख्याल गर्दै सुरक्षाकर्मीको संख्या वृद्धि गरिएको थियो।

राणाको कार्यकाल यही मंसिर २७ गतेसम्म रहेको छ। त्यसपछि उनी अनिवार्य अवकाशमा जाने छन्। त्यसअघि राणाले आउन चाहेमा २३,२५ र २६ गते समय रहेको छ। आउने दिनमा सर्वोच्च आउने कि नआउने भनी नेपाल लाइभले सोधेको प्रश्नमा उनले आउने प्रयास गर्ने संकेत गरेका छन्। राणाले यसमा सरकारको सद्बुद्धि आओस्। सरकारले सहयोग गरोस्। यही हो भन्ने टिप्पणी गरे।

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  २१:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ?
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो?
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन
सम्बन्धित सामग्री
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? ४३१.१ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको छ । त्रिशूली नदी बेसिनमा सञ्चालित प्राधिकरण, सहायक कम्पनी तथा निजी क्षेत्रका १२ वटा विद्... बुधबार, भदौ १०, २०८३
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान वैकल्पिक ऊर्जा प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आएका अर्घाखाँचीका इन्जिनियर रेशम नेपालीले धो तारापमा सोलार बत्ती जडान गर्ने क्रममा क... मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना सामान्य खोकीबाट सुरु भएको समस्या गम्भीर बन्दै गएपछि तीनवटा अस्पताल पुगेका ७ वर्षीय बालकको फोक्सोमा देखिएको समस्या अन्ततः श्वासनलीमा... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्