काठमाडाैं– ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिंगेदाउ’ बक्स अफिसमा हिट भयो।
फिल्मले राम्रो व्यापार गरेपछि निर्देशक देउजाले यसको सिक्वेल बनाउने भएका छन्। देउजाले अब झिंगेदाउ–२’ बनाउने घोषणा गरेका हुन्।
साहित्यकार भीमनीधि निवारीको कथामा आधारित फिल्म ‘झिंगेदाउ’ले सामाजिक मुद्दा उठाएको थियो।
फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखिरहेका छन्। ‘यो कथा जहाँबाट अन्त्य भएको छ। सिक्वेलमा त्यहाँबाट सुरु हुनेछ,’ निर्देशक देउजाले नेपाल लाइभसँग भने।
आगामी वैशाखबाट फ्लोरमा जाने उनले बताए।
फिल्ममा मुख्य कलाकार भने केकी अधिकारी, मुकुन भुषाल, आँचल शर्मा र कुशव विष्ट र हिउँवाला गौतम नै रहनेछन्।
बाँकी कलाकार भने स्क्रिप्टले तय गर्ने निर्देशक देउजाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।