काठमाडौं– सेगवे-नाइनबट इलेक्ट्रीक स्कुटरले काठमाडौं उपत्यकाका १० स्थानमा चार्जिङ स्टेशन स्थापना गर्ने भएको छ।
सेगवे–नाइनबटले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्न उपत्यकाभर १० वटा ईभी–चार्जिङ स्टेशनहरू जडान गर्ने योजना घोषणा गरेको हो।
यी चार्जिङ स्टेशनहरूमा छिटो चार्ज हुने फास्ट–चार्जरहरू उपलब्ध हुनेछन् र न्यूनतम समयमा धेरै राइडरहरूले चार्जिङ सेवा प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ। कम्पनीले सेगवे ई–स्कुटरका चालकहरुले कम चार्जको बारेमा चिन्ता र डर बिना लामो दूरीको यात्रा मज्जाले गर्न सक्ने बताएको छ।
सेगवे ब्राण्डको सवारी साधनको आधिकारिक वितरक आईहवले भक्तपुर, ललितपुर र काठमाडौंका सहज र पहुँचयोग्य स्थानमा चार्जिङ स्टेशन जडान गर्ने बताएको छ।
सेगवे–नाइनबटले विश्वव्यापी रूपमा प्रख्यात दुई पाङ्ग्रे सेल्फ–ब्यालेन्सिङ निजी सावारी साधनहरू हालै बजारमा ल्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।