• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सार्वजनिक यातायातमा सास्ती : न सिट पाइन्छ, न राम्रो व्यवहार

‘गन्तव्यमा पुग्नुअगावै भाडा तिरेर ढोकामा उभिनुपर्छ’
64x64
कल्पना घिमिरे सोमबार, मंसिर २६, २०७९  ०६:२०
1140x725
तस्बिरहरू : निमेषजंग राई/नेपाल लाइभ।

काठमाडौं– गत मंगलबार ७ बजेतिर बिजुलीबजारको पुलछेउ घर फर्किने यात्रुहरु गाडी कुरिरहेका थिए। बा ४ ख १२३० नम्बरको शुभकामना यातायातको बस कलंकीका लागि आयो। बसका सहचालक ‘..कालीमाटी, स्वयम्भु, कलंकी’ भन्दै यात्रु बोलाउन थाले। 

बस बानेश्वरतिरबाटै खचाखच भरिएर आएको थियो। तर, पनि बस कुरिरहेका यात्रुहरु त्यसमा चढ्नुको विकल्प थिएन। सिट पाउने सम्भावना पनि थिएन। जसरी तसरी खुट्टा टेक्ने ठाउँ खोजेर उनीहरु बसमा कोचिए।

‘छिटोछिटो गर’ भन्दै चालक सहचालकलाई झपार्दै थिए। सहचालकलाई भने मान्छे धेरै जना अटाउनु थियो। ‘अलि पछि सर्नुस् न। दुईतिर फर्केर मिलेर बस्नुस्’, सहचालक रुखो सुनिए, ‘कस्तो नटेरेको? पछाडी त्यत्रो ठाउँ छ।,’ 

एकैछिनपछि त्यहाँबाट बस गुड्यो। थापाथली क्याम्पस अगाडि पुगेपछि एक महिला ओर्लिनु पर्ने रहेछ। ‘भाइ यहाँ रोकिदिनुस् म यहाँ झर्ने हो’, उनले भनिन्। 

‘छिटो आउनुस् छिटो, कस्तो पछाडी नै बसेको? झर्ने ठाउँ आउन लागेपछि ढोकामा आएर भाडा दिँदै गर्नुपर्छ नि?’, सहचालक झन् रुखो सुनिए।

उनी एक सय रूपैयाँको नोट दिँदै झरिन्। उनी जडीबुटीदेखि चढेकी रहेछन्। सहचालकले २५ रुपैयाँ भाडा कटाएपछि ती यात्रु झोक्किइन् । आफू पटक पटक २० रुपैयाँमा ओहरदोहर गर्ने गरेको सुनाइन्। भाडाका विषयमा एकछिन गलफती चल्यो। खासमा जडीबुटीदेखि थापाथलीसम्मको राज्यले तोकेको भाडा १८ रुपैयाँ हो। तर, यात्रुहरुले २० रुपैयाँ चाहिँ सहजै तिर्ने गरेका छन्। 

‘म सँधै २० रूपैयाँ तिरेर हिँड्ने गरेकी छु। तिमीले चाहिँ बाठो बनेर बढी लिइहाल्नु पर्छ?’, उनले भनिन्, ‘कस्तो मनलाग्दी भनेको। अरुले २० कटाउँछ, तिमी २५ काट्ने। गाडी अनुसार फरक लिने गरेको छ भाडा पनि?,’ 

‘यस्ताले त आफ्नै गाडी किनेर चढ्नु नि, किन यो बस चढ्नु? सहचालक रुखो मात्र होइन गैरजिम्मेवार बने।

Ncell 2
Ncell 2
nimb
nimb

‘ए हल्ला नगर न अर्काे १७ नम्बर आइसक्यो छिटो आइज,’ चालकले गाडी अघि बढाए। महिला झोक्किँदै थिइन्। अन्ततः सहचाकले ५ रूपैयाँ फिर्ता गरे। एक जना झरेको थापाथलीबाट चार जना यात्रु थपिए। 

Yatayat_ktm (5)1670747750.jpg

गाडी केही मिनेटमा त्रिपुरेश्वर पुग्यो। सहचालक फेरि यात्रु बोलाउन थाले। त्यहाँ दुई जना यात्रु झर्ने रहेछन्। अन्तिम सिटमा बसेकाले उनीहरुलाई झर्न सकस परिरहेको थियो। ठेलमठेल गर्दै उनीहरु बसको ढोकातिर पुगे।

‘अघि नै ढोकामा आएर भाडा दिँदै गर्नु पर्छ नि?’, यहाँपनि सहचालकले पुरानै संवाद दोहोर्‍याए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दुई जना यात्रु झरेको त्रिपुरेश्वरबाट केही यात्रु थपिए। गाडी चालकलाई अर्को गाडी उछिन्ने हो कि भन्ने पीर थियो। किनकी उनलाई अगाडिको स्टेशनमा कुरिरहेका यात्रु आफ्नो गाडीमो ‘कोच्नु’ थियो।

‘टेकु हस्पिटल झर्ने र भन्सार झर्नेले अगाडि आएर भाडा दिँदै गर्नुस् है। फेरि ढिला गर्ने होइन’, सहचालकले फर्मान् जारी गरे।

पछिल्लो सिटमा रहेका एक अपाङ्गता भएका व्यक्ति खुट्टा खोच्याउँदै बल्लतल्ल ढोकासम्म पुगे। कोटेश्वरबाट बस चढेका उनी टेकु अस्पताल अगाडि ओर्लिने रहेछन्। सहचालकलाई भाडा बुझाएर ढोकानेर उभिए। उनलाई उभिन निकै कठिन भइरहेको थियो। खुट्टाको भरले भन्दा उनी हातको भरले उभिएका थिए।

अर्की युवती टेकु भन्सार नजिक झर्ने रहिछन्। अगाडि आएर सहचालकलाई भाडा दिइसकेकी थिइन्। तर, टेकुबाट यात्रु थपिएपछि उनी फेरि पछाडि धकेलिइन्। बस टेकु भन्सारको बिसौनीभन्दा थोरै अगाडि पुगेको थियो।

उनी ‘भन्सार झर्ने छ  है’ भन्दै थिइन्। 

‘यहाँ ट्राफिकले रोक्न दिँदैन। अघि नै भन्नु पर्छ नि? रोक्ने ठाउँ कटिसक्यो’, बसका चालकले पनि झर्कोलाग्ने जवाफ दिए। 

‘भन्सार झर्ने भनेर मैले अघि नै भाडा दिएको होइन? कस्तो हो? यहाँ रोक्नु पर्दैन?’, उनी रिसाइन्। तर, चालकको गाडीमा ब्रेक लगाएनन्। 

बसभित्रका अरु यात्रुले पनि ‘मिलाएर रोकिदिनुस् न थोरै अगाडि त छ नि’ भन्दै थिए। तर, चालकले टेर्ने कुरै भएन। गाडि अघि बढाइरहे।

बस केहीबेरमा कालीमाटी पुग्यो। कालीमाटीमा सँधैजसो बस रोक्ने ठाउँमा ट्राफिक प्रहरीले रोक्न दिएन। झण्डै सोल्टीमोड पुगेपछि चालकले बस रोकेर ती युवतीलाई झर्न भने। 

‘भाडा फिर्ता देऊ अब। मलाई हिँडेर आधा घण्टा लाग्छ भन्सार पुग्न’, ती युवतीले सहचालकलाई झपारिन्। 

‘जाउँ जाउँ गुरु’ भन्दै सहचालक ढोका ढ्यापढ्याप पार्न थाले।

त्यही बसको महिला सिटमा बसेका थिए कलंकी बस्ने अञ्जली मगर र रोनिता थापा। उनीहरु कोटेश्वरको एक सपिङ सेन्टरमा सँगै काम गर्छन्। पाँच वर्षदेखि दैनिक यसरी नै कोटेश्वर आउ–जाउ गरिरहेको उनीहरुले सुनाए।

‘बसले मान्छे चढाउन जहाँ पनि रोक्छ। अटाइ–नअटाइ मान्छे कोचेर लान्छ। तर, ओराल्ने बेलामा हतारो छ। झर्नुपर्ने ठाउँभन्दा अन्यत्रै पुयाइदिन्छन्’, अञ्जलीले भनिन्।

रोनिताले थपिन् ‘त्यतिमात्रै हो र? पुग्ने ठाउँ आउन आधी बाटो हँुदा नै सिटबाट उठेर भाडा ठीक पार्दै बस्नुपर्छ। गाडी चढ्ने बित्तिकै कसरी झर्ने भन्ने टेन्सन हुन्छ।’

०००
काठमाडौं महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७५ को परिच्छेद ५ को दफा १३ परिचालकको कर्तव्यको उपदफा (१) अनुसार सार्वजनिक यातायात सेवा सञ्चालनमा संलग्न परिचालकले यात्री, चालक तथा अन्य व्यक्तिसँग शिष्ट, शालीन र सभ्य व्यवहार गर्नुपर्ने व्यवस्था छ।

उक्त ऐनमा थप भनिएको छः
उपदफा (१) बमोजिम सार्वजनिक यातायात सेवा सञ्चालनमा संलग्न परिचालकले देहायका कार्य गर्नु हुँदैन 
(क) यात्रीसँग निर्धारितभन्दा बढी रकम असुल गर्ने,
(ख) टिकट दिन इन्कार गर्ने,
(ग) रकम फिर्ता गर्न आलटाल गर्ने,
(घ) यात्रीसँग अशिष्ट भाषामा कुरा गर्ने,
(ङ) निर्धारित पोशाक नलगाई सार्वजनिक यातायातको साधनमा परिचालकको काम गर्ने,
(च) सवारी साधनमा मदिराजन्य र सुर्तीजन्य पदार्थको सेवन गर्ने,
(छ) यौनजन्य दुव्र्यवहार गर्ने,
(ज) कानुनले निषेध गरेका अन्य कार्यहरु गर्ने।
यस्ता कार्य गरेको पाइएमा दफा १३ को उपदफा (२) को खण्ड (क) देखि (घ) सम्मको कसूर गर्ने परिचालकलाई पहिलो पटकको लागि एक हजार र दोश्रो पटकदेखि दुई हजार जरिवाना हुने व्यवस्था रहेको छ।

Yatayat_ktm (2)1670747746.jpg

तर, काठमाडौं महानगरभित्रका सवारी साधनमा त्यस्तो ऐन तथा नियम लागू भएको देखिँदैन। धेरैजसो यात्रुहरु यात्रा गर्ने क्रममा सकस भोग्नुपरेको बताउँछन्।

बानेश्वरकी  सरिता लामिछाने दैनिकजसो सार्वजनिक यातायातमा यात्रा गर्छिन्। उनी सार्वजनिक यातायातमा यात्रा गर्दा चढ्नेबित्तिकैदेखि कसरी झर्ने, कहाँ पो लगेर ओराल्छ? झर्ने भन्दा परै पो पुयार्‍उने हो कि भन्ने तनाब हुने बताउँछिन्। 

‘गाडीको गति उस्तै हुन्छ। गन्तव्यमा पुग्नुभन्दा अघिदेखि उभिनु पर्ने हामीलाई त कति गाह्रो हुन्छ? अपाङ्गता भएका र वृद्धावस्थाका व्यक्तिलाई कति सकस पर्ला?’ उनले भनिन्।

कलंकीकी सपना तामाङ पनि सार्वजनिक यातायातका चालक र सहचालकले गर्ने व्यवहारदेखि दिक्दारी लाग्ने बताउँछिन्।

‘अर्काे गाडीले उछिनेर सबै मान्छे हाल्छ, आफूले पो यात्रु नभेटिने हो कि भन्ने चिन्ताले हामीलाई दुःख दिइरहेका हुन्छन्। मान्छे चढाउनु छ भने जहाँबाट पनि चढाउँछन्। झार्ने बेलामा अघिदेखि रेडि हुनु पर्ने रे। कम्ता गाह्रो छ’, सार्वजनिक यातायातमा दैनिक भोग्ने सास्तीलाई उनले संक्षेपमा सुनाइन्।

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  ०६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्