काठमाडौं– युट्युबमा रिलिज भएपछि फिल्म ‘हरि’ले चर्चा कमाएको छ। सफल केसी र प्रतीक गुरुङले निर्देशन गरेका फिल्मलाई सामाजिक सञ्जालमा प्रशंसा गरिएको छ।
४ वर्षअघि २०७५ साल जेठमा यो फील्म रिलिज भएको थियो। त्यतिबेला फिल्म नबुझेर कतिपय दर्शकहरूले हलबाट गाली गर्दै निस्किएका थिए।
रिलिज भएको केही दिनमै हलबाट उत्रिएको यो फिल्म बक्स अफिसमा फ्लप भएको थियो। तर समीक्षकहरूले फिल्ममाथि राम्रो समीक्षा गरेका थिए।
स्वेरकल्पनामा आधारित फिल्ममा निर्देशकले फरक प्रयोग गरेका छन्। २८ नोभेम्बरमा युट्युवमार्फत् रिलिज भएको फिल्ममा हालसम्म ४ लाख ९३ हजार ५ सय ६७ भ्युज पुगेको छ।
कतिपय दर्शकले नेपालको यस्तो किसिमको फिल्म बन्नु फिल्म उद्योगको लागि सुखद् कुरा भएको बताएका छन्।
फिल्ममा लिड क्यारेक्टर रहेका विपीन कार्कीको अभिनयलाई लिएर समेत चर्चा गरिएको छ। फिल्ममा विपीनसँगै सुनिता श्रेष्ठ ठाकुर, कमलमणि नेपाल, लक्ष्मी बर्देवा, प्रकाश गन्धर्व, रामभजन कामत लगायतका कलाकारको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।